• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ५. जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

  • ६. पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

  • ७. नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

  • ८. जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

  • ९. ढोरपाटन आवातजावतमा सास्ती

  • १०. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

एक महिना पछि खुल्यो काँकडभिट्टा नाका



  •   शनिबार, बैशाख २७, २०७७
  • A
  • A+
  • A++

२७ बैशाख, झापा । देशको पूर्वी नाका काँकडभिट्टा एक महिना पछि आज शनिबार खुलेको छ । भारतमा कोरोनाको प्रकोप बढेपछि पश्चिम बङ्गाल सरकारले चैत २६ गतेदेखि एकतर्फी रुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेको थियो । त्यसयता काँकरभिट्टा नाकाबाट आयात निर्यात ठप्प थियो । शनिवार पश्चिम बङ्गाल सरकारले नै भारतीय नाका खुला गरेको हो । नाका खुलेपछिको पहिलो खेपमै कोइला बोकेको २५ वटा गाडी सहित ३० वटा भारतीय मालवाहक गाडी नेपाल भित्रिएका छन् ।
मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले भारतबाट पहिलो खेपमा ३० वटा गाडी नेपाल भित्रिएको जानकारी दिएका छन् । सीमावर्ती पानीटङ्कीस्थित भारतीय भन्सार कार्यालयले मेची भन्सार कार्यालयलाई नाका खुलेको मौखिक जानकारी गराएको थियो । सो जानकारी गराएको केहीबेर पछि पानीटङ्कीबाट गाडीका लस्कर नेपाल पसेका थिए । नेपाल इन्टर मोडल यातायात विकास समिति काँकरभिट्टा सुख्खा बन्दरगाहकी प्रमुख अम्बिका सुबेदीले शनिवार नेपाल आइपुगेका ३० वटा गाडीमध्ये २५ वटामा कोइला रहेको बताएकी छन् । सिल खोल्न बाँकी रहेका कारण अरु ५ वटा गाडीमा के छ भन्ने जानकारी भइसकेको छैन । पहिलेदेखि नै मेची भन्सार परिसरमा २५ वटा गाडी पार्किङमा रहेका छन् ।

पश्चिम बङ्गाल सरकारले एकतर्फी रुपमा भन्सार बन्द गरेपछि भारतीय मार्ग हुँदै नेपाल आउने अत्यावश्यक मालसामानको आयात रोकिएको थियो । औषधि, मास्क, तरकारी, खाद्यान्न लगायतका अत्यावश्यक वस्तु समेत पानीटंकी नाकाबाट नेपाल छिर्न दिइएको थिएन ।

एक महिनासम्म कोलकाता बन्दरगाह र सिलगढीमा नेपाली सामान रोकिएका थिए । पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करहरु समेत विराटनगरको सीमापारि जोगवनी नाकाबाट भित्रिएर झापा आउने गरेका थिए । जसका कारण इन्धनको ढुवानी महँगो भएको थियो ।

नेपाल सरकारले बोर्डर सिल गरे तापनि भन्सारबाट अत्यावश्यक वस्तुको कारोवार रोक्न चाहेको थिएन । तर नेपालमा संकट परेको बेला भारतले औषधि, खाद्यान्न लगायतका अति आवश्यक वस्तुको कारोवार नाकामा रोकेको थियो । शनिवार ३० वटा मालवाहक गाडी नेपाल जान दिए पनि भारतीय भन्सार कार्यालयले नेपालबाट खाली गाडी फर्किन नदिने मौखिक जानकारी दिएको मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्माले बताएका छन् । त्यो हो भने सामान अनलोड गरेपछि ती गाडी कसरी फर्काउने भन्ने विषयमा अन्योल उत्पन्न भएको छ । खाली गाडीलाई पानीटङ्की नाकाबाट जान नदिने हो भने नेपालबाट पेट्रोलियम पदार्थ लिन जाने खाली ट्याङ्करमा समेत अवरोध पुग्ने अवस्था छ । ट्याङ्करहरु भारतमा इन्धन ओसार्न जाँदा नेपालबाट खाली जानु पर्ने हुन्छ । खाली गाडी अरु नाकाबाट जानुपर्ने भारतीय भन्सारको भनाई अव्यावहारिक छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

ट्रेन्डिङ

सबै

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.