• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असार ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

पुस्तक ब्यबसायी संघको सिन्डिकेट , १२ रूपैयाँ छूट दिएको कारण १० हजार जरिवाना



  •   बुधबार, बैशाख ३१, २०७७
  • A
  • A+
  • A++

रत्ननगर । रत्ननगर–२, हाइस्कुलरोडमा रहेको न्यू गोर्खाली पुस्तक पसलले कलम बिक्री गर्दा १२ रूपैयाँ छूट दिएको कारण पसललाई १० हजार जरिवाना तोकिएको छ । नेपाल माविमा अध्ययनरत एक जना विद्यार्थीले एक प्याकेट कलम किन्दा पसलका सञ्चालक नारायण रेग्मीले १२ रूपैयाँ छूट दिएका थिए । तोकिएको मूल्यभन्दा कम मूल्यमा कलम बिक्री गरेको भन्दै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा चितवनले रेग्मीलाई १० हजार जरिवाना तोकेको हो ।

४९० को किताब किनेका ती विद्यार्थीसँग ५०० रूपैयाँ लिएर रेग्मीले २२ रूपैयाँ पर्ने एक प्याकेट कलम दिएका थिए । ‘विद्यार्थीको आर्थिक अवस्था कमजोर देखेर १२ रूपैयाँ छूट दिएको हुँ’, रेग्मीले भने, ‘दयामाया लागेर २–४ रूपैयाँ छूट दिएका कारण यति ठूलो जरिवाना तिर्नुपर्ने यो कस्तो नियम हो !’ पुस्तक पसलका सञ्चालक रेग्मी महासंघ चितवनले पटकपटक अत्याचार गरेको आरोप लगाउँदै त्यसको विरूद्ध उत्रिएका छन् ।

गत वर्ष पुस्तकमा उल्लेख गरिएको मूल्यभन्दा केही घटाएर विद्यार्थीलाई पुस्तक बेचेको भन्दै जिल्लाका १७ वटा पुस्तक पसललाई जरिवाना गर्दा गोर्खाली पुस्तक पसलले पनि १० हजार जरिवाना तिरेको थियो । एक प्याकेट कलम बिक्री गर्दा दिएको १२ रूपैयाँ छूटका कारण रेग्मीलाई महासंघले १० हजार जरिवाना तोकेपछि रेग्मीले त्यसको विरोध गरेका हुन् । १० हजार नतिरेका कारण रेग्मीलाई चितवनका डिलरहरुले पुस्तक दिएका छैनन् ।

महासंघअन्तर्गतको पूर्वी चितवन समिति र अंकित मूल्य व्यवस्थापन समितिले डिलरहरुलाई गोर्खाली पुस्तक पसललाई किताब नदिनू भनेपछि चितवनका पुस्तक डिलरहरुले सो पुस्तक पसललाई किताब दिएका छैनन् । विगत ६ महिनादेखि चितवनका डिलरहरुले सो पुस्तक पसललाई किताब दिएका छैनन् । ‘मेरो पनि व्यवसाय हो’, सञ्चालक रेग्मीले भने, ‘यस्तो सिजनको बेलामा पनि मैले किताब नपाउने, यो कतिसम्मको अत्याचार हो ।’

तोकिएको जरिवाना नतिरी किताब नपाइने भएपछि रेग्मीले चेकमार्फत रकम तिर्छु भन्दा पनि सुख पाएनन् । महासंघअन्तर्गतको पूर्वी चितवन समितिले चेक नभएर नगद दिनुपर्छ भनेपछि रेग्मीको मनमा शंका उब्जियो र उनले जरिवाना नबुझाई महासंघ चितवनले गरेको अत्याचार जनमानसमा ल्याउने निणर्य गरे । ‘चेक लिन नमान्नु यो कस्तो व्यवहार हो’, रेग्मीले भने, ‘त्यसपछि पैसा नदिई मिडियामा आएको हुँ ।’

पटकपटक आग्रह गर्दा पनि किताब नपाएपछि रेग्मीले जिल्ला प्रशासन कार्यालय चितवनमा महासंघ चितवनको कार्यशैलीविरूद्ध उजुरी दिएका छन् । तर, अहिलेसम्म जिल्ला प्रशासन कार्यालयले उचित कदम चालेको छैन । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा चितवनले पुस्तकमा अंकित मूल्यभन्दा कम मूल्यमा किताब बेचेको थाहा पाए पुस्तक पसलहरुलाई १० हजार जरिवाना गर्ने गरेको छ ।

रेग्मीले पुस्तक बिक्री गर्दा विद्यार्थीलाई छूट दिने गरेका कारण महासंघ चितवनले रेग्मीलगायतका पुस्तक पसल सञ्चालकलाई जरिवाना गरेको बुझिएको छ । आफूले लगानी गरेर किनेको किताब विद्यार्थीलाई छूट गरेर दिन्छु भन्दा कारबाही व्यहोर्नु परेको उनले बताए ।

महासंघ चितवनअन्तर्गतको पूर्वी चितवन समितिका संयोजक डिलेन्द्र पौडेलले संस्थागतरुपमा आग्रह गर्दा पनि गोर्खाली पुस्तक पसलका सञ्चालक रेग्मीले अंकित मूल्यभन्दा कम मूल्यमा किताब बिक्री गर्ने गरेको बताए । महासंघ चितवनका अध्यक्ष राजेन्द्र तिवारीले महासंघले कसैलाई विभेद नगर्ने बताए ।

‘गोर्खाली पुस्तक पसललाई किताब रोकेका छैनौँ’, उनले भने, ‘उहाँको पसलमा अहिले पनि किताब छन् ।’ अध्यक्ष तिवारीले यति भनिरहँदा सोमबार पनि टाँडीमै रहेको एउटा पुस्तक डिलरले जरिवाना नतिरेका कारण रेग्मीलाई किताब दिएन ।

सामग्री सहयोग : होमनाथ सापकोटा / चितवन पोस्ट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.