• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, साउन २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

  • ३. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ४. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

नेपाली फिल्ममा कलाकारको रोग, नातावाद र हेपाहप्रवृती की ग्रुपिजम ?



  •   बुधबार, असार ०३, २०७७
  • A
  • A+
  • A++

बलिउडमा केही दिनदेखि परिवारवाद र नातावादको कुरा चल्यो । कलाकारहरुमा नातावाद बढ्दै जाँदा अन्य कलाकारहरु डिप्रेशनमा जानु परेको चर्चा चल्यो । त्यो सेलाउन नपाउँदै नेपालमा त्यसको कपि भईहाल्यो ।

अहिले केही कलाकारहरु यसैको पछाडी लागेका छन् । के नेपालमा साँचै परिवारवाद र नातावाद छ त ? के यसरी आएका कलाकारहरुले आफ्नो दायरा फराकिलो बनाएका छन् त ? सबैभन्दा पहिले यहि प्रश्नको उत्तरमा थाहा हुन्छ की नेपालमा परिवारवाद कतिको छ भनेर ।

भुवन केसी पुत्र अनमोल केसी नेपाली फिल्मका स्टारडम प्रस्तुत गर्ने नायक मध्येका एक हुन् । उनी प्राय होम प्रोडक्शनको फिल्म र बाहिरि ब्यानरमा पनि छन् । भुवन केसीले लगातार फिल्म बनाउँदा अन्य कलाकार लिने कुरै हुदैन । किनकी घरमै स्टारडम बोक्ने कलाकार छन् अनमोल केसी ।

अनमोल आफ्नै मेहनतले चर्चामा छन् । तर, कतिको सफल छन् त्यो हिसाब किताब होला ? जे होस् उनको चर्चामा परिवारवाद हैन अनमोल स्वयंम जिम्मेवार छन् । अभिनेता शिव श्रेष्ठका छोराले फिल्म डेब्यु गर्ने भनिएको धेरै भो । फिल्मको छायाँकन पुरा हुन सकेको छैन । यसमा परिवारवादको कुरा पछि गरौंला ।

अभिनेता टिका पहारीका छोरा गौरव पहारीले परिवारवादलाई सफल पार्न सकेका छैनन् । निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेतले पनि परिवारवादका कुरालाई सफल बनाउन सकेका छैनन् । निर्देशक नारायण पुरीका छोरा संयम पुरी एउटै फिल्मबाट पलायन भईसके ।

नायिका करिश्मा मानन्धरकी छोरी कबिता मानन्धरले फिल्म डेब्यु गर्ने भनिएता पनि छायाँकन रोकिएको छ । निर्माता सुनिल कुमार थापा र नायिका झरना थापाकी छोरी सुहाना थापा होम प्रोडक्शनकै फिल्ममा व्यस्त छन् । भर्खरै शुरु भएको उनको करिअरको चर्चा हेर्ने हो भने सुहानामा पनि परिवारवाद महत्व देखिदैन ।

उनको काम र चर्चामा उनी स्वयंम जिम्मेवार छन् । यी त उदाहरणहरु मात्र हो । यस्तै कैयौं फिल्मकर्मीका छोरा छोरी फिल्ममा छन् । तर त्यसमा परिवारवादले काम गरेको छैन । जति चर्चामा छन् उनीहरु आफ्नो मेहनतले चर्चामा छन् । जति छैनन्, उनीहरु सबैमा पनि परिवारवाद छन् तर हिट छैनन् ।

त्यसैले नेपालमा परिवारवाद र नातावाद खासै बलियो रुपमा स्थापित भएको देखिदैन । यसमा कलाकारहरुले उठाएको सवाल गलत साबित हुन्छ । तर केही रुपमा ग्रुपिजम भन्ने छ । यसले कहिँ न कहिँ काम गरेको पनि छ । फिल्ममा ग्रुपिजम आवश्यक छ तर सकरात्मक रुपमा ।

हाल नकरात्मक रुपमा बढि ग्रुपिजम भईरहेको नायिका बर्षा शिवाकोटीले दावी गरेकी छन् । उनले विकृती मौलाउँदै गएकोले गु्रपिजमबाट केही कलाकारले मात्र काम पाईरहने र अन्य कलाकार डिप्रेशनको शिकार हुने समेत दावी गरेकी छन् ।

उनले प्रेम सम्बन्ध, युट्युवको भ्युज र इन्स्टाका फलोअर्सको अधारमा समेत काम पाउने नपाउने भनेर बर्गिकरण गरिएको दावी गरेकी छन् । अभिनय राम्रो भएको खण्डमा जसरी पनि सफलता पाउनेमा अझै पनि उनी विश्वस्त छन् ।

उनले आफु डिप्रेसनको शिकार भएको र यसको पछाडी यहि ग्रुपिजम कारण भएको समेत बताएकी छन् । सानो फिल्म क्षेत्र भए पनि काम पाउन धेरै मापदण्ड पार गर्नु पर्ने र निर्माता, निर्देशक, पत्रकार लगायतको नजिक हुनु पर्ने उनको गुनासो छ।

अभिनेता नाजिर हुसेनले भने नेपोटिजम अर्थात परिवारवाद र नातावाद नै मौलाएको दावी गर्छन् । उनले ग्रुपिजम पनि परिवारवादको उपज भएको दावी गरेका हुन् । नेपाली चलचित्र उद्योगको कुरा गर्ने हो भने केही यस्ता फिल्मकर्मी र फिल्म ब्यानरहरु छन,

जसको फिल्म उद्घोष भइरहदा कलाकारहरु को को हुनुहुन्छ हामी सहजै अनुमान लगाउन सक्छौ। यहि कारणले पनि नेपाली चलचित्र जगतबाट थुप्रै होनहार कलाकारहरु पलायन हुनुभएको इतिहास छर्लङ्ग छ, नाजिरले भनेका छन् ।

उनले यतिमात्र हैन, कलाकारिता बाहेक पत्रकारितामा पनि गु्रपिजम शुरु भएको दावी गरेका छन् । गु्रपिजमबाट जुन कालकार व्यस्त छन्, उनीहरुकै मात्र समाचार बन्ने र अरु कलाकारलाई होच्याएर समाचार बनाउने गरेको दावी समेत उनले गरेका छन् ।

यस्तै नायिका नम्रता सापकोटाले पनि नेपाली फिल्ममा कला भन्दा नातावाद नै हावी भएको दावी गरेकी छन् । ‘यहाँ कलाकारितालाई भन्दा पनि आफ्नोलाई धेरै सहयोग हुन्छ’, नम्रता सापकोटाले एक भिडियोमा भनेकी छन् ।

‘यहाँ कलाकार चाहियो भनेर फिल्म घोषणा गरिन्छ । अन्त्यमा उहाँकै छोरा भतिजा, भाइ बहिनी हुन्छ । यहाँ धेरै पारिश्रमिक लियो भनेर छ्यापछ्याप समाचार आउँछ । जुन चिज सुन्दा पनि हामीलाई अचम्म आग्छ ।’ – नम्रताले भनिन् ।

नायिका नम्रता सापकोटाले प्रत्यक्ष वा अप्रत्यक्ष नातावाद र परिवारवाद नेपाली फिल्ममा हावी हुदै गएको बताएकी हुन् । उनले कला हेरेर हैन सम्बन्ध हेरेर नेपाली फिल्ममा काम पाउने गरेको पनि दावी गरेकी छन् ।

यस्तै हाँस्य कलाकार, अभिनेता तथा निर्माता दीपकराज गरिीले भने हाँस्य तरिकाले ‘नेपोटिजम होइन नेप्टोइजम र चेप्टोइजमको समस्या छ’ भन्दै आफ्नो धारणा राखेका छन् । दीपकले परिवारवाद र नातावाद नेपाली फिल्ममा नरहेको धारणा राखेका हुन् । यहाँ केही विकृती छन् तर त्यस्तो परिवारवाद र नातावाद नै हाबी नभएको उनले बताएका छन् । तर उनले भनेका जस्तै नेप्टोइजम र चेप्टोइजम चाहीँ के हो ? उनले कसलाई इंगित गरेका हुन् ? त्यो भने दीपकलाई नै थाहा होला ।

यतिखेर कलाकारहरु परिवारवाद, नातावाद र ग्रुपिजमको पछि लाग्नुभन्दा कोरोना पछिको अवस्थालाई सोचेर आफ्नो पारश्रमिकमा केही छुट र निर्मातासँगको सहकार्यमा अघि बढ्न जरुरी देखिएको छ । यस वारेमा बहस हुन जरुरी छ । लाखौं पारश्रमिक लिने कलाकारहरुले केही प्रतिशत छुट गर्ने साथै आफु पनि केही प्रतिशत निर्माणको सेयरमा रहने गरि काम गर्न सके फिल्म क्षेत्रले चाँडै गति लिने विश्वास छ ।

कलाकारहरुले भने जस्तै परिवारवाद, नातावाद र ग्रुपिजम केही मात्रामा होला पनि । तर निर्माण समूहसँग सहकार्यमा काम गर्दै अघि बढ्न सके त्यसलाई पनि निमूल पार्न सकिने अवस्था छ । यस वारे कलाकारहरुले सोच्ने बेला भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

ट्रेन्डिङ

सबै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.