Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

सिमामा बढ्यो भारतीय तस्करको दादागिरी, तस्करले घिसार्दै लगे प्रहरी, नेपालीद्वारा उद्घार



  •   बिहिबार, असार ०४, २०७७
  • A
  • A+
  • A++

झापा ।
पछिल्लो समय झापाका सीमा क्षेत्रमा भारतीय तस्करको दादागिरी बढ्न थालेको छ । भारतीय तस्करहरुका कारण सिमानामा खटिएका प्रहरी नै असुरक्षित हुन थालेका हुन । सिमामा खटिएका प्रहरीले आत्मरक्षाको लागि गोली समेत चलाउन परेको घटना सेलाउन नपाउदै दक्षिणी झापाको झापा गाउँपालिका १ लसुनामा तस्करहरुले शसस्त्र प्रहरीमाथी आक्रमण गरेका छन । भारतीय तस्करले सशस्त्र प्रहरीलाई घिसार्दै भारत छिराएको अवस्थामा सोमबार राती नेपाली नागरिकले सशस्त्र प्रहरीलाई तस्करको हातबाट बचाएका छन् ।

लसु्नाबासीका अनुसार नेपालभारत सीमामा गस्ती गरिरहेका दुई जना सशस्त्र प्रहरीमध्ये १ जनालाई ४० जनाको समूहमा आएका भारतीयले घिसार्दै १ सय मिटरभित्र पुर्र्यासकेका थिए । सशस्त्र प्रहरीले बचाऊ बचाऊ भन्दै गुहार मागेपछि स्थानीयबासीले भारतीयको हातबाट बचाएको स्थानीय अगुवाले जानकारी दिए ।

सोहि समयमा हार्डवेयरका सामग्री नेपाल छिराउने योजना सहित भारतीयहरु आएको बुझिएको छ । गस्तिमा बस्ने सशस्त्रले सामान छिराउन नदिए उनीहरु माथि नै हमला गर्ने गरी योजनाको साथ भारतीय तस्कर आएको स्थानीयको भनाई छ ।

केहि व्यक्तिले सामान नेपाल तर्फ छिराउन थालेपछि अन्यले सशस्त्रलाई घिसार्दै भारत छिराएको उद्धारमा सहभागी एक नेपालीले जानकारी दिए । उनी भन्छन्, एकछिन ढिलो भएको थियो भने ठुलो दुर्घटना हुने थियो ।

सशस्त्र प्रहरीका एसपी रेशम थक्सुले सो स्थानबाट ठुलो परिमाणमा मोटरपार्टस र सुर्ति बरामद गरिएको जानकारी दिए । उनका अनुसार तस्करले नेपाली भूभागमा तस्करी गरेर ल्याएका सामान छरेका थिए । खेतबारी र बाटो छेउछाउमा सामान छर्नेहरुलाई सुरक्षाले तस्करी गर्न नदिएको जानकारी दिए । तस्करबाट सामान खोस्दा घम्साघम्सीसम्म भएको उनको भनाई छ ।

टाघनडुब्बा बिओपीका प्रमुख सचिन प्रधानले नियन्त्रणको प्रयासमा तानातान भएको जानकारी दिए । उनले तत्कालै फोन आएपछि आफुहरु पुगेको र ठुलो दुर्घटना हुन नपाएको बताए ।

५० जनाभन्दा बढि नेपाली घटनास्थल पुगेर सशस्त्र प्रहरीको उद्धार गरिएको थियो । जिल्लामै धेरै तस्करी हुने सीमाको रुपमा परिचित लसुना क्षेत्र मा भारतीयको दादागिरी नियन्त्रणमा अझै समस्या भइरहेको देखिएको छ । नेपालीसँगै मिलेर तस्करी गरेपछि सुरक्षा संवेदनशीलता झनै बढेको छ । सो क्षेत्रबाट तस्करीक गर्न विगतमा सुरक्षाबाटै सहयोग मिल्ने गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

पिठुवा खानेपानीको आठौं बार्षिक साधारण सभा: २६ लाख ८७ हजार रुपैया मुनाफा

मधेसमा बढ्दो बुहारी हत्या र आत्महत्या, अंशुको घटनामा अनुसन्धान अवरुद्ध

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.