• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन १५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

  • १. सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

  • २. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

  • ३. भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

छिमेकी र आफन्त मलामी नगएपछि मुस्लिमले गरे हिन्दू संस्कारअनुसार अन्त्येष्टि



  •   सोमबार, भदौ ०१, २०७७
  • A
  • A+
  • A++

पर्सा – वीरगञ्ज महानगरपालिकाको वडा नं। १३ राधेमाई टोलको उत्तरतर्फ रहेको करवोला । जोगीको कुटी छ । त्यही कुटीभन्दा थोरै उत्तरपश्चिम हुँदै श्रीसिया नदी बगेको छ । त्यही नदीको किनारमा वडा नं। १३ ,१४ का हिन्दूको अन्त्येष्टि गर्ने घाट रहेको छ । आइतबार दिउँसो १ बजेको टण्टलापुर घाममा नदी किनारमा केही मान्छेहरु काठको मचान मिलाउँदै छन् । शव जलाउनको लागि काठको चाङ मिलाउनेहरु मुस्लिम समुदायका देखिन्छन् । मुस्लिम समुदायमा शव गाड्ने चलन छ । तर उनीहरु शव जलाउनका लागि दाउराको बन्दोबस्त गर्दै थिए । त्यति नै बेला वडा नं १३ का वडाध्यक्ष तुफान अन्सारी पनि घाट पुग्नुभयो।

लालबाबु साहको शव अस्पतालमै थियो । केही मुस्लिमहरु घाटमा पुगेर आवश्यक तयारी गर्दै थिए । हिन्दूहरुको शव अन्त्येष्टि गर्ने विधिका बारेमा मुस्लिमहरु कोही जानकार थिएनन् । वडाध्यक्षले जुक्ति निकाल्नु भयो । नजिकैको करवोला मठमा जानु भयो । उहाँले हिन्दू व्यक्तिको शव जलाउनु परेको र आफूहरुलाई अप्ठेरो भएको भन्दै सहयोग गर्न आग्रह गर्नु भयो । वडाध्यक्ष अन्सारीको आग्रह मानेर केही व्यक्ति घाटसम्म गए । त्यसपछि एम्बुलेन्समा लालबाबु साहको पार्थिव शरीर पनि ल्याइयो ।

 

दिउँसोको २ बज्नै लाग्दा साहका आफन्तमध्ये एक जना ज्वाईं र एक जना सम्धी आइपुगे । मुस्लिम समुदायका व्यक्तिहरुको सहयोगमै अन्त्येष्टिको काम अगाडि बढ्यो । लालबाबु साहको ठूलो छोरो आइसोलेशनमा भएकाले कान्छो छोरा १७ वर्षका राजबाबु मात्र किरियापुत्रीको रुपमा थिए । उनलाई सदगदको विधि थाहा थिएन । मृतकका ज्वाईं र सम्धीलाई पनि थाहा थिएन ।

घाटमा किरिया बस्ने र अरुको कपाल काट्नका लागि हजाम पनि लैजानु पर्छ । तर हजाम पनि नपाएको वडाध्यक्ष अन्सारीले बताउनु भयो । मृतकका सम्धीले किरियापुत्रीको कपाल काट्ने प्रयास गरे । तर जानेनन् । ‘म मुस्लिम हुँ मैले काट्दा पनि हुन्छ भने म काटिदिन्छु’ भनेर एम्बुलेन्सका चालकले प्रस्ताव गरेपछि त्यहाँ पुगेका हिन्दू सबैले हुन्छ भनेपछि हिन्दू किरियापुत्रीको केशको मुण्डन एक मुस्लिमले गरे । ९उज्यालो अनलाइनका लागि केसी लामिछानेले लेखेक्यो सामग्री हामीले साभार गरेका हौ०

मोरङको विराटनगर महानगरपालिका(३ मा शनिबार राति ९ बजे एक ८७ वर्षीया वृद्धाको मृत्यु भयो। उनी कोरोना भाइरस संक्रमित नभए पनि संक्रमणमा पर्ने डरका कारण कोही मलामी भएनन्। घरबाट शव उठ्ने अवस्था भएन। तब छिमेकी र प्रशासनको समन्वयमा नेपाली सेनाले संक्रमितजस्तो गरी आइतबार साँझ उनको शव व्यवस्थापन गरेको छ।

कोरोना पोजिटिभ देखिएकाको शव मात्रै सेनाले व्यवस्थापन गर्छ। नेगेटिभ देखिए शव आफन्तलाई जिम्मा लगाइन्छ।ती वृद्धाको परिवारका सदस्य भने संक्रमित छन्। उनका ५६ वर्षीय छोरा गत मंगलबारदेखि मारवाडी सेवा सदनको आइसोलेसनमा छन्। ५० वर्षीया बुहारी र २८ वर्षीय नातिको रिपोर्ट पनि पोजिटिभ आएको छ। वृद्धाको भने रिपोर्ट नेगेटिभ देखिएको छ।

स्याहारसुसार गर्ने बुहारी र त्यही घरमा बस्ने नातिमा कोरोना देखिएपछि वृद्धाको रिपोर्ट नेगेटिभ आए पनि छरछिमेकी घरमा पसेर शव उठाउन डराएको स्थानीय कुमार धमलाले बताए। ती वृद्धामा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण भने देखिएको थियो। उनको मृत्युपछि बुहारी र नाति भने शव रुँघेर बसेका थिए।

उनका छोरामा कोरोना देखिएपछि पारिवारिक नाता सम्बन्धका सदस्यको परीक्षण गर्न बुधबार स्वाब संकलन गरिएको थियो। प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाबाट वृद्धासहित उनकी बुहारी र नातिको रिपोर्ट आइतबार बिहान मात्रै आयो। प्रयोगशालाले पटक(पटक परीक्षण गर्दा पनि वृद्धाको रिपोर्ट भने नेगेटिभ आएको जनाएपछि दाहसंस्कार गर्न परिवारका सदस्य र आफन्तलाई अनुमति दिइयो। यो खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.