Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

४१ जिल्लामा ‘लकडाउन’ स् नौ जिल्ला रेडजोनमा, पाँच जिल्लामा शून्य संक्रमित



  •   सोमबार, भदौ ०१, २०७७
  • A
  • A+
  • A++

काठमाडौं । लकडाउन खुलेसँगै कोरोना बढ्न थालेपछि अधिकांश जिल्ला फेरि लकडाउनतर्फ नै फर्किएका छन् । कतै निषेधाज्ञामार्फत सिडिओले त कतै स्थानीय तहले निर्णय गरेर अत्यावश्यकबाहेकका व्यवसायमा रोक लगाएका छन् । त्यसको स्वरूप भने लकडाउनकै जस्तो छ ।

आइतबारसम्म ४१ जिल्लामा आंशिक तथा पूर्ण लकडाउन गरिएको छ । गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार २८ जिल्लामा स्थानीय प्रशासनले ग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी गरेका छन् । अन्य जिल्लामा स्थानीय तहले लकडाउन लागू गरेका छन् ।

पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा लागू गरिएको छ । ग्रामीण क्षेत्रमा केही खुकुलो भए पनि ती जिल्लाका सहरी क्षेत्र भने बन्द रहेको मन्त्रालयले जनाएको छ । नुवाकोटमा ६ स्थानीय तहमा निषेधाज्ञा छ भने जिल्लाभरि नै अत्यावश्यकबाहेकका सेवामा रोक लगाइएको छ ।

त्यस्तै, चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, रुकमु पश्चिम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकमा आंशिक लकडाउन छ ।

‘रेडजोन’मा भए पनि उपत्यकामा भने निषेधाज्ञा जारी गरिएको छैन । तर, विभिन्न सेवा बन्द गरिएका छन् । मध्यपुर ठिमी नगरपालिकाले लकडाउन नै लागू गरेको छ । कागेश्वरी मनहराले पनि अत्यावश्यकबाहेकको व्यवसाय बन्द गराएको छ । उपत्यकामा सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । त्यस्तै रेस्टुरेन्ट, सैलुन र जिमखाना पूर्ण रूपमा बन्द गरिएका छन् । अटेर गर्नेहरूलाई प्रहरीले पक्राउसमेत गरेको छ ।

सरकारले लकडाउन हटाएपछि धेरै देखिएका जिल्लामा निषेधाज्ञामार्फत लकडाउन लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । कतिपय स्थानीय तहले जिल्ला प्रशासनसँग समन्वय गरी आफ्नो क्षेत्रमा लकडाउन लागू गरेका छन् ।

नौ जिल्ला रेडजोनमा, पाँच जिल्लामा शून्य संक्रमित

सरकारले दुई सयभन्दा धेरै संक्रमित भएको जिल्लालाई ‘रेडजोन’मा राखेको छ । हाल काठमाडौं, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके ‘रेडजोन’मा छन् । यीमध्ये सबैभन्दा धेरै काठमाडौंमा एक हजार चार सय २९ र पर्सामा एक हजार ८४ सक्रिय संक्रमित छन् ।

हाल ७२ जिल्लामा संक्रमण देखिएको छ । संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा भने संक्रमितको संख्या शून्य छ ।

वृद्धवृद्धा धेरै संक्रमित भएका जिल्ला

काठमाडौं र संक्रमित – १,५६७ ९१९६७० र वृद्धवृद्धा – २२२ (१४ प्रतिशत)र ललितपुर र संक्रमित – २६८ र वृद्धवृद्धा – ४८ (१७ प्रतिशत) र भक्तपुर र संक्रमित – १३२ वृद्धवृद्धा – १० (सात प्रतिशत) पर्सा र संक्रमित – १,३८४ वृद्धवृद्धा – २४० (१७ प्रतिशत) र महोत्तरी र संक्रमित – ९९९ र वृद्धवृद्धा – १४३ (१४ प्रतिशत)

उपत्यकामा देखिएका कोरोना संक्रमितमध्ये १४ प्रतिशत वृद्धवृद्धा

नेपालमा कोरोना पुष्टि भएको दिन ९ माघदेखि नै सरकारले ५० वर्षभन्दा माथिका वृद्धवृद्धासम्म पुग्न रोक्नुपर्ने बताउँदै आएको छ । तर, काठमाडौं उपत्यकामै कोरोना देखिएकामध्ये १४ प्रतिशत वृद्धवृद्धा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म काठमाडौं उपत्यकमा एक हजार नौ सय ६७ जनामा कोरोना देखिएको छ । त्यसमध्ये दुई सय ८० अर्थात् १४ प्रतिशत वृद्धवृद्धा रहेका छन् । देशका अन्य जिल्लाको तुलनामा यो धेरै हो । पछिल्लो एक महिनामा ठूलो संख्यामा उपत्यकामा वृद्धवृद्धा संक्रमित हुनुले घरघरमा कोरोना पुगेको चिकित्सकहरूको अनुमान छ ।

स्वास्थ्य मन्त्रालयमातहतको महामारी नियन्त्रण गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डे उपत्यकाका वृद्धवृद्धामा बढी देखिनु अध्ययनको विषय भएको बताउँछन् । ‘विभिन्न स्वास्थ्य समस्याका कारण उनीहरू अस्पताल पुगेका छन्,’ डा। पाण्डे भन्छन्, ‘वृद्धवृद्धालाई त्यहीँबाट भएको हुनुपर्छ ।’

तर, कोरोनाका कारण अस्पतालहरूले बिरामी लिने गरेका छैनन् । वृद्धवृद्धा त झन् अस्पताल जाने गरेका छैनन् । देशभर पनि २६ हजार ६ सय ६० संक्रमितमध्ये दुई हजार एक सय ६९ जना अर्थात् आठ प्रतिशत वृद्धवृद्धा छन् । देशभर एक सय चारजनाको र उपत्यकामा नौजनाको मृत्यु भएको छ । उपत्यकामा निधन भएका अधिकांश ५० वर्षभन्दा माथिका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार तराई–मधेसका पर्सा, महोत्तरीमा पनि वृद्धवृद्धामा केही बढी देखिएको छ । ती जिल्लामा लामो समयदेखि देखिएकाले चिकित्सकहरूले त्यसलाई ठूलो विषय मानेका छैनन् । तर, उपत्यकामा एक महिनायता बढेको संक्रमण सात प्रतिशत वृद्धवृद्धामा फैलिनुलाई स्वास्थ्य संकटका रूपमा चिकित्सकले हेरेका छन् ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवारोगविज्ञ डा। शेरबहादुर पुनका अनुसार वृद्धवृद्धामा कोरोना बढ्नुले ढोकाढोकामापुगिसकेको संकेत गर्छ । उपत्यकामा लकडाउन अन्त्य भएपछि बढी संक्रमण फैलिएको उनी बताउँछन् । ‘वृद्धवृद्धाको चहलपहल घरभन्दा बाहिर हुँदैन । यस्तो वेला उनीहरूमा कोरोना बढी देखिनु भनेको गम्भीर विषय हो । काठमाडौंको जनसंख्या बढी भएकाले पनि कुनै न कुनै कारणले केस फैलिएको छ,’ डा। पुनले भने, ‘वृद्धवृद्धामा बढी देखिनु भनेको क्रमशः समुदायमा संक्रमण फैलिरहेको छ भन्ने बुझिन्छ ।’

उपत्यकामा २० प्रतिशत लक्षण भएका संक्रमित

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा पुष्टि भएका कोरोना संक्रमितमा धमाधम लक्षण लेखिन थालेको छ । इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा पुष्टि भएका एक हजार नौ सय ६७ संक्रमितमध्ये २० प्रतिशतलाई कडा खालको लक्षण देखिएको छ । लक्षण भएपछि बेड अभावले गर्दा झन्डै नौ सयभन्दा बढी संक्रमित घरमा बसेका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा मात्रै एक सय ७२ जना संक्रमित थपिएका छन् । त्यस्तै, देशभर ६ सय ४१ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ भने १७ हजार तीन सय ३५ जना निको भएका छन् ।

त्यस्तै, कोरोनाबाट दुईजनाको निधन भएको छ । योसँगैनिधन हुनेको संख्या एक सय चार पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । निधन हुनेहरू पर्साका एक पुरुष र मोरङकी एक महिला छन् । नयाँ पत्रिका दैनिकबाट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.