• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ५. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • १०. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

कोरोना बाट बच्न गुर्जो प्रमुख जडिबुटी भएपछि, कर अधिकृतले नै निःशुल्क बाँड्न थाले गुर्जोको बिरुवा



  •   सोमबार, भदौ ०१, २०७७
  • A
  • A+
  • A++

कोरोना बाट बच्न गुर्जो प्रमुख जडिबुटी भएपछि, कर अधिकृतले नै निःशुल्क बाँड्न थाले गुर्जोको बिरुवा

काठमाडौ । कुनैबेला बिहान र बेलुकाको समय घुमफिरमा बिताउँदै आउनुभएका लहानस्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कमलबहादुर राजलवटलाई अहिले भने गुर्जोको बेर्ना लगाउन र कलमी बनाउन भ्याइनभ्याइ हुन्छ ।

मिर्मिरे बिहानीमा होस वा झिसमिसे साँझको समयमा आफ्नो सरकारी निवासमा खाली जग्गामा गुर्जोको बेर्ना लगाउने र कलमी बनाउन अचेल उहाँ दैनिक व्यस्त हुनुहुन्छ । कार्यालय समय सकिएपछि कर्मचारीलाई घर फर्किन हतारो हुन्छ, तर प्रमुख राजलवटलाई बेलुका कतिबेला निवास पुगेर बेर्ना लगाउने र कलमी बनाउने हतारो हुन्छ ।

बिहान सबेरै उठेर गुर्जोको बेर्ना लगाउने र कार्यालयबाट बेलुका फर्किएपछि कमली बनाउने दैनिकी बनाउनुभएका प्रमुख राजलवटले तयार पारेको गुर्जोको कलमी र बेर्ना चिनजानका व्यक्तिदेखि सङ्घसंस्थालाई निःशुल्क तिवरण गर्दै आउनुभएको छ ।

लहानस्थित गणेश चोकमा रहेको आन्तरिक राजस्व कार्यालयदेखि करिब ४०० मिटरको दूरीमा सरकारी निवासको खाली जग्गामा उहाँले लगाउनुभएको गुर्जोको बेर्ना लिन आउनेको दैनिक भीडसमेत लाग्ने गरेको छ । गुर्जोको लहरालाई टु’क्रा(टु’क्रा पारेर प्रमुख राजलवटले कलमी बनाएको देखेपछि स्थानीय अचम्ममा परेका थिए ।

“कार्यालयदेखि निवाससम्म आउँदा बाटो छेउमै लहरा र झाडी बुट्यान पर्छ”, प्रमुख राजलवटले भन्नुभयो, “त्यसमा गुर्जो लत्रिएको भए पनि पहिला गुर्जोको उपयोगिताबारे थाहा नभएर त्यसलाई स्थानीयवासीले खासै महत्व दिएका थिएन् ।” तर त्यही गुर्जोलाई का’टेर टु’क्रा पारेर कलमी बनाई त्यसको महत्वबारे बुझाएपछि धेरैजसो व्यक्ति यसलाई अहिले नियमित सेवन गर्न थालेको उहाँको भनाइ छ ।

अहिले आन्तरिक राजस्व कार्यालय लहानका अधिकांश कर्मचारीसँगै त्यहाँ धेरैजसो स्थानीयले दैनिक गुर्जोको सेवन गर्न थालेका छन् । “शुरुमा स्थानीयवासीलाई गुर्जो के हो, यसको फाइदा के हुन्छ थाहैै थिएन्”, उहाँले भन्नुभयो, “तर अहिले सबै जनाले गुर्जोबारे थाहा पाइसक्नु भएको छ, दैनिकजसो बिहान बेलुका उहाँहरु गुर्जो सेवन गर्नुहुन्छ ।” कतिपयले गुर्जोको चिया बनाएर सेवन गर्नुहुन्छ भने कतिपयले गुर्जोलाई रातभरी पानी भिजाएर बिहान सेवन गर्ने गरेका छन्, त्यसैले यसबाट आफू उत्साहित भएको प्रमुख राजलवटको भनाइ छ ।

 

“गुर्जोको बेर्ना र कलमी बनाउने चाहना आफूलाई लहान आएदेखि नै थियो”, उहाँले भन्नुभयो, “कार्यालयमा कामको चापका कारण त्यसो गर्न सकेको थिएन, तर गत चैत ११ गतेदेखि शुरु भएको बन्दाबन्दीले गुर्जोको बेर्ना लगाउने र कलमी बनाउने अवसर जुराएको हो ।” करिब चार महिनाको बन्दाबन्दीकै समयमा गुर्जोको ३० हजार कलमी तयार पारेको उहाँको भनाइ छ ।

बन्दाबन्दीका बेला कार्यालयका अधिकांश कर्मचारी घर पुगे पनि प्रमुख राजलवट सरकारी निवासमै बसेर तयार पारेको ३० हजार गुर्जोको कलमीमध्ये बन्दाबन्दी खुकुल्लो भएसँगै हालसम्म १५ हजारभन्दा बढी कलमी काठमाडौँ पठाइसक्नुभएको छ । “आफ्ना इष्टमित्र र आफ्न्त तथा चिनजान भएकालाई कलमी पठाइसके”, उहाँले भन्नुभयो, “गुर्जोको बहुउपयोगी बुझेकाबाट पनि दैनिकजसो गुर्जोको कलमी माग हुँदै आएको छ, भ्याएसम्म पठाइरहेको छु, गाडी नचलेर पठाउन कठिनाइ भइरहेको छ ।” अहिलेसम्म अर्थमन्त्रालयको विभिन्न विभाग तथा निकायमा पनि कमली पु¥याइसकेको र आफूले पठाएको गुर्जोको कलमी सिंहदरबार र अर्थमन्त्रालय तथा विभागको कुनाकुनामा छ्याप्छ्याप्ती हुर्किसकेको उहाँले बताउनुभयो ।

असन्तुलित खानपान, जीवनशैलीलगायतका कारण दिनप्रति दिन रोगीको सङ्ख्या बढ्दै गएका बेला गुर्जोको उपयोगिता बढ्न थालेको छ । समान्य रुघाखोकीदेखि मधुमेह, उच्च र’क्तचाप, मुटु रोगीलगायत रोगीका लागि गुर्जो सञ्जिवनी बुटी मानिने गरिन्छ । “गुर्जोको बहुउपयोगिता भए पनि यसको कलमी उत्पादनमा खासै खर्च लाग्दैन”, प्रमुख राजलवटले भन्नुभयो, “यहाँका झाडी बट्यानमा प्रशस्त गुर्जोको लहरा पाइन्छ, त्यसलाई का’टेर टुक्रा पारी बेर्ना बनाउँछु र त्यसलाई कलमीका रुपमा तयारी पार्ने गरेको छु ।” त्यही गुर्जोको कलमी माग्न आउनेलाई मागअनुसार क्यारेटसहित निःशुल्क दिइने गरेको उहाँका कथन छ । कारोना कहरबाट जोगिन रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जोको उपयोगिता अझै बढेको उहाँले बताउनुभयो ।

कोभिड–१९ सङक्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जो अहिले धेरैले प्रयोग गर्न थालेका छन् । यसको प्रयोग बढ्न थालेपछि सिरहामा यसको माग ह्वातै बढेको छ । कसैले दिनमा एक पटक त कसैले सांँझ बिहान दुई पटक खाने गरेका छन् । गुर्जो, मरीच, बेसार र अदुवा मिसाएर पकाइएको झोल खाने गरेको स्थानीयवासीको भनाइ छ ।

“कोरोना भाइरस सङ्क्रमणबाट बच्न गुर्जो प्रमुख जडिबुटी हो भन्ने सुनेपछि हाम्रो टोलमा अधिकांशले गुर्जो खान थालेका छन्”, स्थानीयवासी राजकिसोर यादवले भन्नुभयो, “पहिले सजिलै पाइने गुर्जो यतिखेर पाउन गाह्रो भएको छ ।” “यो लहरा जस्तै हुन्छ । गुर्जो जुनसुकै रुखमा लहराको रुपमा फैलिएको हुन्छ”, उहाँले भन्नुभयो, “यसको टुक्रा माटामा गाडिदिए सजिलै उम्रन सक्छ ।”

आयुर्वेदिक चिकित्सकका अनुसार गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च र’क्तचाप, थाइराईड भएका बिरामीलाई निकै फाइदा गर्छन् । रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले धेरैले यसको सेवन गर्न थालेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

ट्रेन्डिङ

सबै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.