नारायणगढ जेसीजको आयोजनामा जेसीज सप्ताह २०२० भब्यतापुर्बक सम्पन्न भएको छ । जेसीजहरुको महानचाड भनेर मानिने सप्ताह साताब्यापि भर्चुअल जुम एप्लिकेशनको माध्यमबाट संचालन गरिएको थियो।
भाद्र १८ गते बाट सुरु भएको कार्यक्रममा अन्तर जेसीज बक्तृत्वकला प्रतियोगिता,भाद्र १९ गते जेसीज भिलेज कुरिनटारमा छात्रवृति तथा खाद्यान्न वितरण कार्यक्रम ,भाद्र २० गते व्यावसायीसंग बैंक अन्तर्कृया, भाद्र २२ गते कृषिको युबाहरुमा सम्भावना ,भाद्र २३ गते अनलाइन कक्षा अबसर र चुनौती ,जेसीज अन्तर्राष्ट्रिय एक गन्तब्य लगाएतका कार्यक्रमहरु आयोजना गरिएको शाखा अध्यक्ष जेसी अनोज जोशीले जानकारी दिनुभयो।
भाद्र २४ गते भएको समापन समारोहमा आध्यात्मिक प्रबचन कार्यक्रम सहित साता ब्यापी कार्यक्रम सम्पन्न भएको कार्यक्रम मूल संयोजक जेसी सुर्य भक्त अधिकारीले जानकारी दिनु भयो । फेसबुक लाइभ र जुम मार्फत कार्यक्रमलाइ १०००० बढि ब्यक्तिहरुले अबलोकन गरेका थिए ।
समापन कार्यक्रममा इस्कोन नेपालका रिजन सह सेक्रेटरी ,अन्तर्राष्ट्रिय गुरु ,मोटिभेसनल स्पिकर ,पुर्ब शोभियत आर्मि कमान्डर प्रा.डा.इगर ओभलोन्कोभ प्रमुख प्रवचक रहनुभएको थियो । समापन कार्यक्रमको सन्चालक तालिम आयुक्त जेसी शोभाखर अधिकारीले गर्नु भएको थियो ।