तिम्रो कवाडीवालाको आयोजनामा चितवनमा दोश्रो युवा उद्दमी सम्मेलन आयोजना हुने भएको छ । मिति २०७७ आश्विन २ र ३ गते हुने युवा सम्मेलनमा २ प्रमुख बक्ता सहित ८ जना बक्ताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक सौगात तिवारीले जानकारी दिनु भयो ।
अघिल्लो वर्षबाट सुरुवात गरिएको युवा उद्धमी सम्मेलनलाई निरन्तरता दिदै र चितवनमा उद्धमी इको सिस्टम बनाउन मद्दत होस् र नयाँ सोचलाई ब्यबसायिकतामा परिणत गर्न प्रोत्साहन होस् भन्ने उदेस्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुरज घिमिरेले बताउनु भयो।
२०७६ सालको कार्यक्रम रेड कार्पेटमा आयोजना गरिएको थियो भने यस पटक कोरोनाको महामारीले गर्दा जुम मार्फत आयोजना गर्न लागिएको संयोजक श्रेया पौडेलले बताउनु भयो।
यस सम्मेलनको पहिलो दिनको प्रमुक बक्ताको रुपमा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष , सफल ब्यबसायी तथा समाजसेवी जीवा लामिछानेको उपस्थिति रहने आयोजकले जनाएका छन्। साथै डिला खरेल , युरल मास्के , भावना श्रेष्ठ बक्ताको रुपमा रहनु हुने छ।
यो कार्यक्रम आश्विन २ र ३ गते दिउसो १२ बजे देखि ३ बजे सम्म जुम मार्फत संचालन हुने छ यस कार्यक्रममा जो कोहि पनि निसुल्क सहभागी हुन सक्ने छन्। सहभागिताको लागि जूम आइडी ४२२ ६०२ ५७८६ र पसवोर्ड entrepreneur रहेको छ।