भरतपुर -२६, ज्योतिनगरमा रहेको मस्तिष्क पक्षाघातको लागि अभिभावक स्वावलम्बन समूहद्वारा संचालन गरिएको “दिवा स्याहार केन्द्र”ले २९औ विश्व अपाङ्गता दिवस २०२० मनाएको छ ।
‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नाराकासाथ सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि रोमहर्ष पाैडेलले आफ्नो मन्तब्य राख्नुभएको छ।
अपाङ्गता भएका व्यक्तिका घरपरिवारले राम्रो व्यवहार देखाएपनि समाजमा अपाङ्गता ब्यक्तिहरुलाई हेरिने दृष्टिकोण तथा हामी मानवले निर्माण गरेका मानवीय अवरोधका कारण अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा निकै चुनौती रहेको कुरा कार्यक्रमका वक्तारुको भनाई थियो ।
यसै कार्यक्रमका बिच स्याहार केन्द्रका वालबालिकाहरुलाई नरेश कुमार प्रधानले “तिमी सँग अन्विका” नामक सहयोगी संस्थाद्वारा २-२ थान न्यानो पोषाक वितरणमा सहयोग गर्नु भयो। यस्का साथैमा लियो क्लव अफ बालकुमारी कलेजका छात्राहरुले ‘ अ मुमेन्ट अफ डिफ्रेन्टलि यवल्ड चिलड्रेन ‘ कार्यक्रम पनि संचालन गर्नु भयो ।
उक्त कार्यक्रममा कृष्ण प्रसाद घिमिरे, टुकमान गुरुङ, राम कुमार दराई ,आत्माराम पाैडेल लगायत जस्मिना भण्डारीले दिवा स्याहार केन्द्रले समाजमा एक सर्हानिय कार्य गरिरहेकोमा धन्यवाद व्यक्त गर्नु भएको कुरा यस संस्थाको अध्यक्ष लक्ष्मिकान्त घिमिरेले जानकारी गराउनु भयो ।