काठमाडौ । जवान छोरा एक वर्ष देखि वेपत्ता छन् । छोराकै पिरले ६ महिना अघि बुवाको पनि निधन भयो । माया लामा नाम गरेको आइडीवाट हराएका युवकको फोटो अपलोड भएको देखिन्छ तर उनी न घर आउँछन् न फोन गर्छन । आमा भन्छिन्, उतै विवाह गरेको छ भनेपनि हामीलाई भने हुन्थ्यो । हाम्रो माया लाग्दैन हेर्दैन भनेपनि केही छैन तर हामीलाई एक पटक तिमीहरुलाई हेर्दिन भने पनि हुन्छ तर किन यसरी सम्पर्क विहिन भयो आमाले रुँदै भनिन् ।
झापाको शिवसतासीका एक युवक हराएका हुन् । उनी एक वर्ष देखि हराएका हुन् । आमा पार्वती थापा अहिले रुँदै छोराको खोजिमा हिँडेकी छन् । आमाबुवा भारतमा बसेका थिए । छोरालाई भारतमै पढाए ठूलो बनाए । छोराले अब म विदेश जान्छु भन्न थाल्यो उनीहरुले ऋण धन गरेर विदेश पठाए । उनी एक दुई पटक विदेशवाट घर आएका थिए । तर एक वर्ष अघि फेरी विदेश जान भनेर काठमाडौ हिँडेको छोरा त्यसपछि सम्पर्क विहिन भए ।
छोराले एक युवतीसंग विवाह गरेको र त्यसपछि सम्पर्क विहिन भएको बताएकी छन् । विवाह पछि परिवारका सदस्यलाई सामाजिक सञ्जालमा ब् लक गरेका छन् । टिकटक र फेसवुकमा फोटो देख्छन् तर परिवारसंग सम्पर्कमा आउँदैनन् । आफुहरुले आफुले मन परेको केटी छ भने विवाह गर भनेका थियौं, पहिलाको केटीसंग व्रेकअप भयो अब केही वर्ष विवाह गर्दिन भनेको थियो, आमाले भनिन् । दिदीसंग भने विदेश वस्दा आफ्नो प्रेम बसेको सुनाएका थिए । दिदीले पनि माया बसेको छ भने उनैलाई विवाह गरेर ल्याउ भनेर आफुले पनि भनेको दिदीले बताइन् ।