Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, बैशाख १८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

अन्तर्राष्ट्रिय कृषि प्रर्दशनीमा देशभरबाट २० भन्दा बढी पालिकाका कृषक सहभागी


आज सबै स्टलहरुमा परामर्श लिने कृषकहरुको घुँईचो लागेको छ । आज देशभरका २० भन्दा बढी स्थानीय तहका कृषकहरुले प्रदर्शनीको अवलोकन गरेको मिडिया स्पेस प्रालिका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले बताए । चितवनसहित मकवानपुर, नवलपुर, नवलपरासी, तनहुँ रुपन्देही, पूर्वको मोरङसम्मका स्थानीय तहबाट कृषकहरु सहभागी भएका दिए ।


  •   शनिबार, फागुन १४, २०७८
  • A
  • A+
  • A++

चितवन – चितवनमा जारी चौथो संस्करणको कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनीको दोस्रो दिन हजारौंले अवलोकन गरेका छन् ।

आज (शनिबार) कृषकहरुसँगै, कृषि अध्ययनरत विद्यार्थीहरु प्रदर्शनीको अवलोकन गरेका थिए । सहभागीहरुले प्रदर्शनीमा रहेका कृषि सहज र किफायती बनाउन मद्दत पु¥याउने स-साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठू-ठूला उपकरणहरु बारे परामर्श लिएका छन् ।

आज सबै स्टलहरुमा परामर्श लिने कृषकहरुको घुँईचो लागेको छ । आज देशभरका २० भन्दा बढी स्थानीय तहका कृषकहरुले प्रदर्शनीको अवलोकन गरेको मिडिया स्पेस प्रालिका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले बताए । आज चितवनसहित मकवानपुर, नवलपुर, नवलपरासी, तनहुँ रुपन्देही, पूर्वको मोरङसम्मका स्थानीय तहबाट कृषकहरु सहभागी भएको उनले जानकारी दिए ।

यस्तै बिभिन्न कृषि सहकारी संस्थाहरुबाट पनि सहभागी भएको उनले बताए । विदेशी कम्पनीहरुले नेपालमा भित्राएको नयाँ-नयाँ अटोमेटिक मेसिनका कारण कृषकहरुको सहभागीता बढेको उनले बताए ।

प्रदर्शनीको हल ‘ए’ स्थित क्लाइमेट्रोलको अधिकारिक बिक्रेता पिनाकल कम्पनीका प्रतिनिधि ज्ञानेन्द्र गिरीले आज कृषकहरुको उल्लेखिय सहभागीता रहेको बताए । क्लाइमेट्रोलले चिस्यान केन्द्र सम्बन्धी काम गर्दै आएको छ ।

आज चिस्यान केन्द्र बारे परामर्श लिन कृषकहरु उत्साहित रहेको गिरीले बताए । कृषकले व्यक्तिगत रुपमा भन्दा पनि कृषक समूहले चिस्यान केन्द्र बारे परामर्श लिएको उनले बताए । परामर्श लिने ग्राहकहरुबाट पनि राम्रो प्रतिक्रिया पाएको उनले बताए ।

अहिले स्थानीय सरकारहरुले पनि चिस्यान केन्द्रको योजना अघि सारेकोले कृषकहरुले यसमा चासो देखाएको उनको भनाइ छ । यो प्राविधिक बिषय भएकोले पनि किसानहरु यस बारे परामर्श लिन इच्छुक देखिएको उनको भनाइ छ । क्लाइमेट्रोल भारतीय कम्पनी हो ।

यस्तै हल ‘बी’ मा अवस्थित एरोम्याक्स पोल्ट्री उपकरणका प्रोपाइटर अभिषेक गुप्ताले आज पोल्ट्रीसँग सम्बन्धित किसानहरुको राम्रो सहभागीता रहेको बताए । चल्ला हुर्काउने इलेक्ट्रिक मेसिन बारे परामर्श लिने किसानहरु बढी पाईएको उनले बताए ।

यसलाई इलेक्ट्रिक ब्रुडिङ सिस्टम भनिन्छ । यो मेसिन नेपाली बजारमा नयाँ हो । यस कारण पनि किसानहरु यस बारे परामर्श लिन बढी उत्साहित भएको उनको बुझाई छ । पहिला चल्ला उत्पादनका लागि ग्यास प्रयोग गर्ने गरिन्थ्यो भने अब इलेट्रिक मेसिन प्रयोग गरेर कम लागतमा चल्ला हुर्साउन सकिने उनले जानकारी दिए ।

यसले प्रदुषण पनि कम गर्ने उनको भनाइ छ । यसले अटोमेटिक रुपमा चल्लालाई आवश्यकता अनुसार तापक्रम दिन्छ । यस्तै अण्डाबाट चल्ला उत्पादन गर्ने मेसिन बारे पनि कृषकहरुले परामर्श लिएको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.