Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, बैशाख ०३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

विपन्न विद्यार्थीलाई लक्षित गर्दै समाजसेवी भट्टको न्यानो कपडा सहयोग



  •   शुक्रबार, फागुन ०९, २०८१
  • A
  • A+
  • A++

फागुन ९, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १६ का समाजसेवी नन्दप्रसाद भट्टले विपन्न एवं पिछडिएका समुदायका विद्यार्थीलाई ट्रयाकसुट वितरण गर्नुभएको छ । सोही वडामा रहेको श्री आधारभुत विद्यालय ब्रम्हपुरका ८७ विद्यार्थीलाई ट्रयाकसुट दिनुभएको हो । आज स्कुल परिषरमा आयोजिक एक कार्यक्रमका बीच उहांँले त्यहांँ अध्ययनरत विद्यार्थीलाई ट्याकसुट वितरण गर्नुभएको थियो ।

वितरणपछि बोल्दै समाजसेवी भट्टले आफ्ना वडामा रहेका विद्यालयका विपन्न विद्यार्थीहरुको अध्ययन अध्यापनमा सहयोग पुगोस भन्ने हेतुले ट्रयाकसुट वितरण गरिएको बताउनुभयो । ‘यो वडाका कुनैपनि विद्यार्थीले आर्थिक अभावमा शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नपरोस भन्ने हेतुले सहयोग गरेको हुंँ, भट्टले भन्नुभयो, यसअघि पनि मैले वडाका अन्य विद्यालयहरुमा पनि शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको छु । ’ उहांँले आगामी दिनमा पनि विद्यालयलाई सहयोग निरन्तर दिने बताउंँदै अक्षयकोषको लागि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजसेवी भट्ट विगत २० बर्षदेखि विभिन्न संस्था तथा कमजोर आर्थिक अवस्था भएका समुदायलाई सहयोग गर्दै आउनु भएको छ । उहांँ सेतीदवी सामुदायिक वन तथा सानोगढी खानेपानी उपभोक्ता समितिको समेत अध्यक्ष हुनुहुन्छ ।

सो अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक सन्दीप सुवेदीले यो सहयोगले विद्यार्थीलाई विद्यालयमा नियमित आउन सहयोग पुगेको बताउनु भयो । ‘विद्यालयमा सबैजसो विद्यार्थीहरु न्यून आर्थिक अवस्थाका रहेको भन्दै उहांले भन्नुभयो, यहांँ हुंँदा खाने विद्यार्थीहरुको ९० प्रतिशत बाहुल्यता छ , यो न्यानो कपडा सहयोगले विद्यार्थीलाई हौसला मिल्छ भन्ने ठानेको छु ।

’उहांँले भट्टको मनकारी मनको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । उहांँले विद्यालयमा खेलकुद मैदानको अभावका साथै आधुनिक फर्निचर, खेलकुद सामाग्री कम्युटर, प्रोजेक्टर , डिजीटल बोर्ड लगायतको प्रविधिको अभाव रहेको उहांँले जानकारी दिनुभयो । सिमिति श्रोतसाधनबाट विद्यालय सञ्चालन गर्दै आएको भन्दै प्रअ सुबेदीले अन्य दाताबाट पनि सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा सहयोगको कदर गर्दै विद्यालयले भट्टलाई सम्मान गरेको थियो ।

चारकठ्ठा क्षेत्रफलमा मात्र रहेको यस विद्यालयमा दलित, आदिवासी, सिमान्तकृत समुदायले अध्ययन अध्यापन गर्दछन । कक्षा १ देखि ८ सम्म अध्ययन हुंँदै आएको यस विद्यालयमा २७० जना विद्यार्थी अध्ययनरत छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बहादुर अधिकारीका अध्यक्षतामा सम्पन्न वितरण कार्यक्रममा समितिका सदस्य, अभिभावक , शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.