• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, साउन २३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

सरकारले चितवनका ७ पालिकालाई दियो ५ अर्ब १ करोड अनुदान, भरतपुरले पायो २ अर्ब ३६ लाख



  •   सोमबार, जेठ १९, २०८२
  • A
  • A+
  • A++

चितवन, जेठ १९- संघीय सरकारले आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि चितवनका ७ वटा स्थानीय तहलाई ५ अर्ब एक करोड १८ लाख रुपैयाँ अनुदान दिएको छ ।

अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत प्रदेश र स्थानीय सरकारलाई दिने अनुदान रकम बाँडफाड गरेको छ । जस अनुसार चितवनका स्थानीय तहले ५ अर्ब बजेट पाउँदा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाले २ अर्ब ३६ लाख अनुदान पाएको छ । महानगरका उपनिर्देशक जगन्नाथ पौडेलले समानीकरण, सशर्त, विशेष र समपुरक गरी २ अर्ब ३६ लाख रुपैयाँ अनुदान पाएको जानकारी दिए ।

भरतपुर महानगरले समानीकरण अनुदानतर्फ ४० करोड ८३ लाख, सशर्त अनुदानतर्फ एक अर्ब ५७ करोड ४५ लाख, विशेष अनुदानतर्फ १ करोड ४३ लाख र समपुरक अनुदानतर्फ ६५ लाख रुपैयाँ अनुदान पाएको छ ।

यसैगरि रत्ननगर नगरपालिकाले कुल ५८ करोड ८२ लाख रुपैयाँ अनुदान पाएको छ । रत्ननगरले समानीकरण अनुदानतर्फ १७ करोड ८९ लाख, सशर्त अनुदानतर्फ ३९ करोड ७० लाख, विशेष अनुदानतर्फ ६८ लाख र समपुरक अनुदानतर्फ ५५ लाख रुपैयाँ अनुदान पाएको छ ।

त्यस्तै राप्ती नगरपालिकाले ५४ करोड अनुदान पाएको छ । राप्तीले समानीकरण अनुदानतर्फ १६ करोड ५० लाख, सशर्त अनुदानतर्फ ३४ करोड ७८ लाख, विशेष अनुदानतर्फ २ करोड १५ लाख र समपुरक अनुदानतर्फ ८७ लाख रुपैयाँ अनुदान पाएको छ ।

यस्तै पूर्वीचितवनकै खैरहनी नगरपालिकाले ५० करोड ३२ लाख अनुदान पाएको छ । खैरहनीले समानीकरण अनुदानतर्फ १५ करोड ५४ लाख, सशर्त अनुदानतर्फ २६ करोड ४४ लाख, विशेष अनुदानतर्फ ५ करोड १० लाख र समपुरक अनुदानतर्फ ३ करोड २४ लाख रुपैयाँ अनुदान पाएको छ ।

त्यस्तै माडी नगरपालिकाले ४७ करोड ७४ लाख रुपैयाँ अनुदान पाएको छ । माडीले समानीकरण अनुदानतर्फ १२ करोड ८३ लाख, सशर्त अनुदानतर्फ ३२ करोड ११ लाख, विशेष अनुदानतर्फ १ करोड ९० लाख र समपुरक अनुदानतर्फ ९० लाख रुपैयाँ अनुदान पाएको छ ।
नगरपालिका मध्ये सबैभन्दा कम कालिका नगरपालिकाले ४३ करोड एक लाख रुपैयाँ अनुदान पाएको छ । कालिकाले समानीकरण अनुदानतर्फ १३ करोड ८५ लाख, सशर्त अनुदानतर्फ २५ करोड ५८ लाख, विशेष अनुदानतर्फ २ करोड ८५ लाख र समपुरक अनुदानतर्फ ७३ लाख रुपैयाँ अनुदान पाएको छ ।

चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले ४६ करोड ६३ लाख रुपैयाँ अनुदान पाएको छ । इच्छाकामनाले समानीकरण अनुदानतर्फ १० करोड १८ लाख, सशर्त अनुदानतर्फ ३४ करोड ९७ लाख, विशेष अनुदानतर्फ ६८ र समपुरक अनुदानतर्फ ८० लाख रुपैयाँ अनुदान पाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.