काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले कानुनी तथा सडक—दुवै मोर्चाबाट संघर्ष गर्ने घोषणा गरेका छन्। मंगलबार बसेको विघटित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारका कदमहरू पूर्ण रूपमा असंवैधानिक भएको दाबी गर्दै त्यसविरुद्ध निर्णायक प्रतिरोध आवश्यक रहेको बताए।
ओलीले पार्टीले पहिले अदालतमार्फत संवैधानिक उपचार खोज्ने र त्यससँगै देशभर शान्तिपूर्ण जनसङ्गठित आन्दोलन सञ्चालन गर्ने स्पष्ट संकेत दिए।
उनले भने, “एउटा कानुनी लडाई लड्छौँ, दोस्रो सडक सङ्घर्ष गर्छौँ। हामीले गर्ने आन्दोलन आगजनी, तोडफोड वा हिंसात्मक होइन, संविधान र लोकतन्त्रको रक्षा गर्ने हो।




