लण्डन – सन् १९१२ को टाइटानिक दुर्घटनामा मृत्यु भएका एक यात्रुको सुनको पकेट घडी शनिबार लिलामीमा १.७८ मिलियन पाउन्डमा (नेपाली रुपैयाँ सवा ३३ करोड) बिक्री भएको छ। घडी हेनरी एल्ड्रिज एन्ड सन अक्सनियर्स, विल्टसायरको डेभाइजेसमा लिलामी गरिएको थियो।
घडी टाइटानिक दुर्घटनामा मृत्यु भएका अमेरिकी व्यापारी र राजनीतिज्ञ इसिडोर स्ट्राससँग सम्बन्धित थियो। स्ट्रास न्यूयोर्कमा मेसी डिपार्टमेन्ट स्टोरका सह-मालिक पनि थिए। उनका अनुसार, स्ट्रासको शव एट्लान्टिक महासागरबाट निकाल्दा उनलाई साथमा १८ क्यारेट सुनको जुल्स जुर्गेनसेन पकेट घडी भेटिएको थियो।
टाइटानिक १४ अप्रिल १९१२ मा साउथह्याम्प्टनबाट न्यूयोर्कतर्फ यात्रा गर्दै गर्दा हिमखण्डसँग ठोकिँदा १,५०० भन्दा बढी यात्रु मारिए। स्ट्रासकी पत्नी इडा स्ट्रासको शव भने अहिलेसम्म भेटिएको छैन।घडीको लिलामी इतिहास र दुर्लभताका कारण उच्च मूल्यमा बेचिएको हो। यसले इतिहास र लगानी दुबैका दृष्टिले महत्वपूर्ण वस्तुको रूपमा गौरव प्राप्त गरेको विशेषज्ञहरूले बताएका छन्।



