चितवनको भरतपुरमा एकैदिन दुई नयाँ रेस्टुरेन्ट सञ्चालनमा आएका छन्। २०८२ /०८/ १३ गते आइतबार आयोजित एक समारोहमार्फत सिजी ल्याण्डमार्कस्थित ‘फुड डायरी’ र शहीदचोकमा रहेको ‘लप्सीको झोल मःम’ रेस्टुरेन्ट औपचारिक रूपमा उद्घाटन गरिएको हो।
सिजी ल्याण्डमार्क स्थित सञ्चालनमा आएको ‘फुड डायरी’ आधुनिक इन्टेरियर, स्वच्छ वातावरण र बहु–परिकार समेटिएको मेनुको कारण उद्घाटनको पहिलो दिनदेखि नै ग्राहक आकर्षणको केन्द्र बनेको छ। विशेषगरी परिवार तथा युवालाई लक्षित गर्दै सुरु गरिएको यो रेस्टुरेन्टले स्थानीय स्वादलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। साथै, ग्राहकले सस्तो–सुलभ मूल्यमै विभिन्न परिकारको स्वाद लिन सक्ने व्यवस्था गरिएको सञ्चालकहरूले बताएका छन्।
शहीदचोकमा खुलेको ‘लप्सीको झोल मःम’ रेस्टुरेन्टले भने परम्परागत मःमलाई लप्सीको खट्टा–मसिनो झोलसँग संयोजन गर्दै नयाँ पहिचान बनाउने प्रयास गरेको छ। अनौठो स्वादका कारण छोटो समयमै लोकप्रिय बन्ने अपेक्षा गरिएको यो रेस्टुरेन्टमा पनि उचित मूल्यमा मनपर्ने परिकार पाउने व्यवस्था गरिएको छ।
दुवै रेस्टुरेन्ट सञ्चालनमा आएसँगै भरतपुरमा खानाका विकल्प थपिनुका साथै सस्तो मूल्यमा स्वादिष्ट परिकार खोज्ने ग्राहकका लागि सहज वातावरण बनेको व्यवसायीहरूको भनाइ छ।



