• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, साउन २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

  • ३. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ४. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

  • ५. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

फेसबुकदेखि टिकटकसम्म: युवा संलग्नता र साइबर अपराधको बढ्दो प्रवृत्ति



  •   आइतबार, मङि्सर २८, २०८२
  • A
  • A+
  • A++

धनगढी – हातहातमा पुगेको इन्टरनेट र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सुदूरपश्चिम प्रदेशमा साइबर अपराध बढ्दो चिन्ता उत्पन्न भएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताको असावधानी र सुरक्षा सतर्कताको कमीका कारण धेरै युवा सजिलै अपराधको सिकार बन्दैछन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८०/०८१ मा ३६४ वटा साइबर अपराध उजुरी दर्ता भए, जसमध्ये केवल १६ वटा मुद्दा दर्ता भए। २०८१/०८२ मा उजुरी ३९७ पुगे पनि मुद्दा दर्ता मात्र १२ मा सीमित रह्यो। चालु आर्थिक वर्ष मंसिरसम्ममा १३५ उजुरी दर्ता भए, तर मुद्दा दर्ता मात्र ६। कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार, फेसबुक, टिकटक, ई–सेवा र अन्य बैंकिङ एपमार्फत भएका अपराधको संख्या निरन्तर बढिरहेको छ। आर्थिक वर्ष २०८१/०८२ मा कैलालीमा २३७ उजुरी दर्ता भए।

साइबर अपराधमा सबैभन्दा बढी १४ देखि २६ वर्ष उमेर समूहको युवा संलग्न देखिन्छ। किशोरकिशोरीहरू साथीभाइको देखासिकी, प्रेम सम्बन्ध र अनलाइन गतिविधिबाट अनभिज्ञताका कारण सजिलै अपराधमा फस्ने गरेका छन्।प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार, सामाजिक सञ्जालको गलत प्रयोगले नक्कली प्रेम, ब्ल्याकमेल, चरित्रहत्या जस्ता घटनाहरू बढाएको छ। यसले पीडितको मानसिक स्वास्थ्यमा गहिरो असर पार्ने र कतिपय अवस्थामा आत्महत्या जस्ता घटनासम्म निम्त्याउने गरेको छ।

साइबर अपराध रोक्न प्रहरी, परिवार र समुदायको साझा प्रयास आवश्यक रहेको प्रहरीले बताएको छ। विष्टका अनुसार, अभिभावकहरूले आफ्ना छोराछोरीको अनलाइन गतिविधिमा निगरानी बढाउने र खुला संवाद गर्ने हो भने धेरै हदसम्म समस्या समाधान गर्न सकिन्छ। साथै, विद्यालयको पाठ्यक्रममा साइबर सुरक्षा अनिवार्य विषयका रूपमा समावेश गर्नु र सामाजिक संघसंस्थाहरूको सचेतना अभियानले समेत योगदान दिन सक्ने देखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.