• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ३. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • ४. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

चितवन–३ मा रास्वपाका युवा नेता विशाल कोइराला सशक्त दावेदार



  •   बिहिबार, माघ ०१, २०८२
  • A
  • A+
  • A++

चितवन क्षेत्र नम्बर ३ बाट रास्वपाका नेता विशाल कोइरालाको चर्चा
चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन नजिकिँदै जाँदा देशभर राजनीतिक सरगर्मी चुलिएको छ। परिवर्तनको अपेक्षामा रहेका आम मतदाताको ध्यान पुनः एकपटक चितवनतर्फ केन्द्रित भएको छ। गत निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना र स्थापित राजनीतिक शक्तिहरूलाई पराजित गर्दै जनताको नयाँ विश्वास जितेपछि यसपटक चितवन क्षेत्र नम्बर ३ पनि परिवर्तनको अर्को ऐतिहासिक केन्द्र बन्ने सम्भावना बोकेको क्षेत्रका रूपमा हेरिएको छ।

चितवन–३ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीजस्ता परम्परागत दलका उम्मेदवारहरू मैदानमा उत्रिँदै गर्दा चुनावी प्रतिस्पर्धा थप तीव्र बन्दै गएको छ। माओवादी केन्द्रबाट रेनु दाहाल र राप्रपाबाट विक्रम पाण्डेले उम्मेदवारी घोषणा गरेसँगै क्षेत्र नम्बर ३ को राजनीतिक तापक्रम ह्वात्तै बढेको छ। यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा, शिक्षित र संगठनात्मक रूपमा खारिएका नेता विशाल कोइरालाको उम्मेदवारी सम्भावनाले आम मतदाता र पार्टी कार्यकर्तामाझ विशेष उत्साह र चासो सिर्जना गरेको छ।

रास्वपाबाट क्षेत्र नम्बर ३ मा उम्मेदवारीका लागि पाँच जनाले आकाङ्क्षा प्रस्तुत गरेका छन्। सचिवालय सदस्य शोभिता गौतमको नाम पनि चर्चामा रहे पनि पार्टीभित्र र बाहिर जिल्ला सचिव विशाल कोइरालालाई व्यवहारिक, भरोसायोग्य र जित्ने सम्भावना बोकेको उम्मेदवारका रूपमा हेरिएको छ। कोइरालाले आफूले पनि औपचारिक रूपमा उम्मेदवारीका लागि आवेदन दिएको पुष्टि गर्दै पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रिया र मापदण्डअनुसार निर्णय हुने स्पष्ट पारेका छन्। शोभिता गौतमप्रति सम्मान प्रकट गर्दै उनले पार्टी हितलाई पहिलो प्राथमिकतामा राखेको धारणा सार्वजनिक गरेका छन्, जसले उनको राजनीतिक संस्कार र अनुशासन झल्काउँछ।“शोभिता गौतमज्यू मेरो पहिलो प्राथमिकतामा हुनुहुन्छ। उहाँले उम्मेदवारी दिनु भएन भने पार्टीका लागि जिम्मेवारी लिन म पूर्ण रूपमा तयार छु,” उनी भन्छन्।

पढाइ, राजनीति र उद्यमशीलताको संगम

उमेरले भर्खर ३१ वर्ष टेकेका विशाल कोइराला चितवनका लागि नयाँ नाम होइनन्। भरतपुर महानगरपालिका वडा नम्बर १४, शिवनगरका स्थायी बासिन्दा उनी शिक्षक बाबुको संस्कारमा हुर्किएका मध्यमवर्गीय परिवारका सन्तान हुन्। सानैदेखि मेधावी, अनुशासित र नेतृत्व क्षमतायुक्त विद्यार्थीका रूपमा चिनिएका कोइरालाको प्रारम्भिक शिक्षा भरतपुरकै सनराइज स्कुलबाट भएको हो। २०६६ सालमा एसएलसी परीक्षा उत्कृष्ट श्रेणीमा उत्तीर्ण गरेपछि उनले उच्च शिक्षा पनि चितवनमै निरन्तरता दिएका छन्। प्रेसिडेन्सी कलेज, भरतपुरबाट व्यवस्थापन विषयमा स्नातकोत्तर र वीरेंद्र क्याम्पसबाट समाजशास्त्रमा अर्को स्नातकोत्तर डिग्री हासिल गरेका उनी शैक्षिक, बौद्धिक र विश्लेषणात्मक क्षमता दुवै दृष्टिले सक्षम युवा नेताका रूपमा स्थापित छन्। “मास्टर पढ्दादेखि नै विभिन्न व्यवसायमा संलग्न छु। बिहानको समय अध्यापन पनि गर्छु,”भन्दै उनी आफ्नो जीवनशैली सुनाउँछन्।

राजनीतिमा प्रवेश गर्नु अघि नै विशाल कोइराला उद्यमशीलताको यात्रामा सक्रिय थिए। मास्टर अध्ययनकै क्रममा विभिन्न व्यवसायमा संलग्न भएका उनी हाल पनि बिहानको समय अध्यापनमा बिताउँछन्। व्यक्तिगत जीवनमा सफल र सन्तुष्ट हुँदाहुँदै पनि देशको राजनीतिक अस्थिरता, बेरोजगारी, युवाको विदेश पलायन, किसानको पीडा र राज्यप्रतिको नागरिकको निराशाले उनलाई सधैं बेचैन बनाइरह्यो। राजनीतिलाई पद र सुविधाको माध्यम होइन, समाज परिवर्तनको साधनका रूपमा बुझ्ने सोचले उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ आकर्षित ग¥यो।

पार्टीमा सक्रियताको अग्रपंक्तिमा

चितवन–२ को उपनिर्वाचनका क्रममा रास्वपाको सचिवालयमा रहेर काम गर्ने अवसर पाएपछि उनी पार्टीको संगठन, कार्यशैली र विचारधारासँग गहिरो रूपमा जोडिए। कार्यक्षमता, इमानदारी र नतिजामुखी कामकै आधारमा उनलाई चितवन जिल्ला सचिवको महत्वपूर्ण जिम्मेवारी दिइयो। जिल्ला सचिवको जिम्मेवारी सम्हालेपछि उनले चितवनका ९४ वटै वडामा नगर अधिवेशन सफलतापूर्वक सम्पन्न गराएर संगठनलाई जरा–जमिनसम्म विस्तार गर्न महत्वपूर्ण योगदान दिएका छन्। रवि लामिछानेको चुनावी अभियानदेखि नारायणगढ–बुटवल सडकखण्डको १२० किलोमिटर पदयात्रासम्म उनी अग्रपङ्क्तिमा रहेर पार्टीका अभियानमा सक्रिय देखिएका छन्। पार्टीको डिजिटल प्रणाली, अभिलेख व्यवस्थापन र कार्यक्रम सञ्चालनमा देखाएको दक्षताले उनलाई पार्टी नेतृत्वको विश्वासपात्र बनाएको छ।

उमेद्वारीले जगाउने आशा

चितवन क्षेत्र नम्बर ३ का मतदाताले आज नयाँ सोच, इमानदार नेतृत्व र परिणाम दिने प्रतिनिधिको खोजी गरिरहेका छन्। यही सन्दर्भमा विशाल कोइरालाको उम्मेदवारी अर्थपूर्ण देखिन्छ। करिब छ दशकदेखि चितवनको माटोसँग जोडिएको परिवार, स्थानीय समस्या र सम्भावनालाई नजिकबाट बुझेको अनुभव, शिक्षित र उद्यमी पृष्ठभूमि तथा राजनीतिलाई पेशा होइन सेवाका रूपमा बुझ्ने दृष्टिकोणले उनलाई बलियो उम्मेदवार बनाएको छ। युवालाई स्वदेशमै रोजगारी, कृषि उत्पादनको आधुनिकीकरण, ब्रान्डिङ र बजारिकरण तथा पारदर्शी र जवाफदेही शासन उनका प्रमुख एजेन्डा हुन्। चितवनमा उत्पादन हुने तरकारी, दूध, अण्डा लगायतका कृषिजन्य वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने स्पष्ट सोच उनले सार्वजनिक रूपमा राख्दै आएका छन्।पुराना दलका स्थापित अनुहारहरूको बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी र विशाल कोइरालाजस्ता युवा, शिक्षित र इमानदार नेतृत्वले जनतामाझ नयाँ आशा र विश्वासको सञ्चार गरिरहेका छन्। चितवन–३ आज एउटा निर्णायक मोडमा उभिएको छ, जहाँ मतदाताले पुरानो अभ्यास र नयाँ सम्भावनाबीच छनोट गर्नुपर्ने अवस्था आएको छ। चितवन–३ ले अब प्रश्न गरिरहेको छ— पुरानै अनुहार कि नयाँ सोच? राजनीति पेशा क

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

ट्रेन्डिङ

सबै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आज विश्व लामखुट्टे दिवस”

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.