• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, असोज १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

लोकप्रिय समाचार

  • १. रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • २. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ३. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ४. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ५. बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

  • ६. जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ९. राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

  • १०. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

  •   आइतबार, असार २८, २०८३
  • A
  • A+
  • A++

चितवन, २८ असारः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रलाई व्यवस्थित गरी उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

वार्षिक करिब दुई लाख पर्यटक केन्द्रको भ्रमणमा आउने गरेकाले यसलाई अझ व्यवस्थित गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।

केन्द्रको निरीक्षणपछि मन्त्री चौधरीले धेरैभन्दा धेरै पर्यटकलाई आकर्षित गर्न केन्द्रलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । त्यसका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने उहाँको भनाइ थियो ।

मन्त्री चौधरीले केन्द्रमा कार्यरत कर्मचारीका सेवासुविधा तथा स्थायी नियुक्तिसम्बन्धी समस्याबारे पनि जानकारी लिनुभयो ।

उहाँले प्रजनन केन्द्र तथा निकुञ्ज क्षेत्रमा रहेका हात्तीको पालनपोषण र व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिनुभयो । हाल केन्द्रमा नौ वटा ढोई र सात वटा छावा छन् । यहाँका छावालाई हुर्काएर तालिम दिई विभिन्न कार्यमा परिचालन गर्ने गरिएको छ । निकुञ्जमा एउटा हात्तीको स्याहारका लागि तीन जनाको दरबन्दी छ ।

त्यसअघि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनले केन्द्रको अवस्था तथा समस्याबारे मन्त्री चौधरीलाई जानकारी दिनुभएको थियो ।

यसैगरी, मन्त्री चौधरीले असार २० गते भरतपुर महानगरपालिका–२३ मा जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएका २१ वर्षीया आशिका बोटे र उहाँका चार वर्षीय छोरा भरत बोटेका अभिभावकसँग भेट गर्नुभयो ।

मन्त्री चौधरीले माडी नगरपालिका–१ सेरुवाका बाघको आक्रमणबाट घाइते भई अपाङ्ग हुनुभएका सूर्य महतो तथा सोही वडाका गैँडाको आक्रमणबाट घाइते हुनुभएका मङ्गले बोटेसँग पनि भेट गर्नुभयो ।

उहाँहरूलाई जीविकोपार्जनका लागि प्रतिव्यक्ति रु पाँच लाखका दरले आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिँदै मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
–––रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

ट्रेन्डिङ

सबै

  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.