• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

  • ३. पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

  • ४. चार लाख भारतीय रकमसहित पक्राउ

  • ५. जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

  • ६. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ७. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ८. ढोरपाटन आवातजावतमा सास्ती

  • ९. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • १०. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान



  •   आइतबार, साउन १०, २०८३
  • A
  • A+
  • A++

नारायण अधिकारी,

चितवन, साउन १०-

केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका बुबाआमाको समूह, मन्दिरको शान्त वातावरण र सीमित सहभागिताको चित्र आउँथ्यो । तर चितवनमा भने त्यो धारणा बदलिँदै गएको छ । अहिले हरेक शनिबार साँझ मन्दिर परिसरमा सयौँ युवा भेला हुन्छन् । मादल, झ्याली र हार्मोनियमको तालसँगै उनीहरू भजनमा रमाउँछन्, नाच्छन् र आधा घण्टा होइन, डेढ घण्टासम्म भजनकीर्तनको लयमा डुब्छन् ।
यसका कारण हो, सामाजिक सञ्जालबाट जन्मिएको ‘एमआरआर’ (मेन्स रुम रिलोडेड) अभियान । गत वर्ष साउनमा भरतपुरस्थित महाकालेश्वर शिवालय मन्दिरबाट २० जना सहभागी भएर सुरु भएको यो अभियान अहिले चितवनका विभिन्न मन्दिरमा विस्तार भएको छ । अहिले हरेक शनिबार साँझ ५ः०० बजेदेखि ६ः३० बजेसम्म हुने भजनमा एक हजारभन्दा बढी सहभागी हुने गरेका छन् ।

अभियानका संयोजकमध्येका एक फणिन्द्र न्यौपानेका अनुसार सुरुमा केही युवाको प्रयासमा सुरु गरिएको भजन अहिले समुदायको साझा अभियान बनेको छ । “सुरुसुरुमा २०–२५ जना मात्रै हुन्थ्यौँ”, उहाँ भन्नुहुन्छ, “अहिले त सहभागीको सङ्ख्या थामिनसक्नु भएको छ ।”

एमआरआरको विशेषता एउटै स्थानमा सीमित नहुनु हो । हरेक शनिबार फरकफरक मन्दिरमा भजन आयोजना गरिन्छ । मन्दिर व्यवस्थापन समितिले समूहलाई निमन्त्रणा गर्ने गर्छ । त्यसपछि संयोजक न्यौपाने, एकान्त प्रेमी र रवि खरेलले कुन मन्दिरमा जाने भन्ने निर्णय गर्छन् । सामाजिक सञ्जालमार्फत स्थान र समय सार्वजनिक गरिन्छ र त्यसपछि स्थानीयवासी स्वतः भजनमा सहभागी हुन पुग्छन् ।

भजनका लागि करिब ४०–५० जना युवा वाद्यवादन सामग्रीसहित मन्दिर पुग्ने गर्छन् भने मन्दिरले बस्ने व्यवस्था र ‘साउण्ड सिस्टम’ उपलब्ध गराउँछ । सामान्यतया २५ देखि ४० वर्ष उमेर समूहका युवाको सहभागिता बढी हुने गरेको छ ।

एमआरआरमा सहभागी युवाले भजनका लागि कुनै शुल्क लिँदैनन् । अभियान पूर्ण रूपमा स्वःस्फूर्त र सेवामूलक रहेको न्यौपाने बताउनुहुन्छ । प्राथमिकता चितवनभित्रका मन्दिरलाई दिइए पनि आवश्यकताअनुसार अन्य जिल्लामा पनि भजन गर्न जाने गरिएको छ ।

भजन आरतीसँगै सुरु हुन्छ । त्यसपछि युवाले पालैपालो टुक्का निकालेर भजन गाउँछन् । मन्दिर परिसरमा उपस्थित स्थानीय पनि गीत, भजन र नृत्यमार्फत सहभागी बन्छन् । भजनस्थलमा स्वास्थ्य सेवाको व्यवस्था गर्न थालिएको छ ।

संयोजक न्यौपानेका अनुसार यो अभियानको उद्देश्य केबल धार्मिक कार्यक्रम आयोजना गर्नुमात्र होइन । युवालाई मानसिक तनावबाट मुक्त गराउने, ध्यान केन्द्रित गर्न सहयोग गर्ने र सकारात्मक सोच विकास गर्ने अभियानका रूपमा यसलाई अघि बढाइएको छ । “पहिला बुबाआमाले मात्रै गाउने भजनप्रति अहिले युवाको आकर्षण बढेको छ”, उहाँ भन्नुहुन्छ, “यसले युवालाई सकारात्मक ऊर्जा दिएको छ ।”

एमआरआर अभियान विस्तारसँगै यसमा जोडिएका युवालाई सामाजिक उत्तरदायित्वका काममा पनि परिचालन गर्न थालिएको छ । विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, स्वास्थ्य सचेतना लगायतका अभियानमा उनीहरूलाई सहभागी गराइँदै आएको छ ।

संयोजकहरूका अनुसार अभियान कुनै राजनीतिक दलसँग आबद्ध छैन। यसमा सहभागी सबै युवा स्वतन्त्र र स्वःस्फूर्त रूपमा जोडिएका छन् ।

एमआरआर भजन अभियानको सुरुआत पोखराका युवाले गरेका थिए । त्यसपछि विस्तार हुँदै अहिले काठमाडौँ, चितवन, बुटवल, हेटौँडासहित करिब २० जिल्लामा यो अभियान सञ्चालन भइरहेको छ ।

सामाजिक सञ्जालबाट सुरु भएको एउटा सानो पहल आज हजारौँ युवालाई मन्दिर, सङ्गीत, आध्यात्मिकता र समाजसेवामा जोड्ने अभियान बनेको छ । परम्परागत रूपमा ज्येष्ठ पुस्ताको सहभागितामा सीमित मानिएको भजन संस्कृतिमा युवाको बढ्दो उपस्थितिले धार्मिक गतिविधिलाई नयाँ पुस्तासँग जोड्ने एउटा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ ।रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.