• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

लोकप्रिय समाचार

  • १. बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

  • २. रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ५. जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  • ६. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ७. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ८. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ९. राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

  • १०. चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  •   शुक्रबार, साउन २९, २०८३
  • A
  • A+
  • A++

भरतपुर–२९, चितवन । भरतपुर महानगरपालिका–२९ स्थित चौकी डाँडा, काबिलास गढी नजिकै नेपाल टेलिकमको नयाँ टावर निर्माण कार्य अघि बढेको छ।

टावर निर्माण स्थलमा अहिले फाउन्डेसन तथा जग निर्माणको काम भइरहेको छ। निर्माणस्थलमा आवश्यक संरचना तयार गर्ने र टावरका लागि फाउन्डेसनको जग ढलान गर्ने कार्य जारी रहेको छ।

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण हुन थालेसँगै यस क्षेत्रमा मोबाइल नेटवर्क तथा सञ्चार पहुँच थप सहज हुने अपेक्षा गरिएको छ। सञ्चार पूर्वाधारको विस्तारले स्थानीय बासिन्दाका साथै चौकी डाँडा भ्रमण गर्ने पर्यटकलाई समेत प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।

प्राकृतिक सौन्दर्य र पर्यटनको प्रचुर सम्भावना बोकेको चौकी डाँडा पछिल्लो समय काबिलास गढी, स्टार फल क्रेटर, भ्यु टावर, शिखरको मन्दिर, आकर्षक सिँढी, प्याराग्लाइडिङको सम्भावना तथा चितवन र गैंडाकोटको मनोरम दृश्य**का कारण पर्यटकीय गन्तव्यका रूपमा अघि बढिरहेको छ।

सडक तथा सञ्चार पूर्वाधार विस्तारसँगै चौकी डाँडाको पर्यटन विकासमा समेत थप गति आउने अपेक्षा गरिएको छ। विशेषगरी इको रिसोर्ट, होमस्टे, फार्मस्टे, क्याम्पिङ, ग्ल्याम्पिङ, क्याफे तथा साहसिक पर्यटनका क्षेत्रमा निजी लगानीको सम्भावना बढ्दै गएको छ।

स्थानीय पूर्वाधार क्रमशः विकास हुँदै जाँदा चौकी डाँडा भरतपुरबाट नजिकै पुग्न सकिने शीतल पहाडी पर्यटन गन्तव्यका रूपमा स्थापित हुने सम्भावना थप बलियो बनेको छ।

भरतपुर महानगरपालिकाले आफ्नो पर्यटकीय गन्तव्यहरू मध्ये चौकी डाँडालाई पनि समेटेको छ। प्राकृतिक सौन्दर्य, शीतल हावापानी, ऐतिहासिक तथा धार्मिक सम्पदा, साहसिक पर्यटन र वरपरका मनोरम दृश्यका कारण चौकी डाँडा पछिल्लो समय भरतपुरको महत्वपूर्ण सम्भावनायुक्त Hill Tourism Destination का रूपमा अगाडि बढिरहेको छ।

आँपटारीबाट मुग्लिन नारायणगढ बाटो अन्तर्गत भोर्ले  हुँदै चौकी डाँडा करिब २६ किलोमिटर दूरीमा रहेको छ।  यससँगै अर्को महत्वपूर्ण सडक सम्पर्क पनि छ। काबिलास रिसोर्ट हुँदै पात्लेबासबाट चौकी डाँडा जोड्ने सडक। हाल पहिरोका कारण यो सडक अवरुद्ध रहेको भए पनि उक्त सडक पुनः सञ्चालनमा आउन सकेमा आँपटारीबाट करिब १६ किलोमिटरमै चौकी डाँडाको शीतल पहाडी वातावरणमा पुग्न सकिने सम्भावना छ।

कल्पना गर्नुहोस्—भरतपुरको गर्मीबाट छोटो यात्रामै यस्तो ठाउँ, जहाँ मौसम चिसो छ, बिहान–साँझ शीतल हावा चल्छ, राति सिरक ओढेर सुत्नुपर्ने वातावरण हुन्छ र खुला आकाशमुनि Campfire गर्दै रात बिताउन सकिन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

ट्रेन्डिङ

सबै

  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.