• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, भदौ ०३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ४. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

  • ६. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ७. कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै



  •   बुधबार, भदौ ०३, २०८३
  • A
  • A+
  • A++

भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ । परिसरको पुनर्निर्माण परम्परागत वास्तुशैलीमा भइरहेको छ ।भद्रकाली काठमाडौँको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पुरानो मन्दिर हो । निर्माणमा नेवारी परम्परागत शैली अपनाइएको छ ।विसं २०७२ को भूकम्पबाट मन्दिर परिसरका संरचनामा क्षति पुगेको थियो । विसं २०८१ असारदेखि परिसरको पुनर्निर्माण सुरु गरिएको हो । हाल मन्दिरसँगै आसपासका पाटी तथा सत्तलको पुनर्निर्माण तथा जीर्णोद्धार भइरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

पुनर्निर्माणका क्रममा मन्दिर परिसरमा रहेका पुराना संरचना, शिल्प तथा वास्तुशैलीको अभिलेखन गर्ने जिम्मेवारी पुरातत्त्व विभागले लिएको छ ।

मन्दिर परिसरको निर्माण तुल्सी–अम्बुजा जेभीले गर्दैछ । रु ३४ करोड ८० लाख ७१ हजारको लागतमा पुनर्निर्माणको जिम्मेवारी पाएको हो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजनाअन्तर्गत मुख्य मन्दिरका साथै पश्चिम, उत्तर र दक्षिणतर्फ रहेका पाटी तथा सत्तललगायत संरचनाको पुनर्निर्माण भइरहेको छ ।

काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका सिभिल इन्जिनियर रवीन्द्र रिजालका अनुसार पुनर्निर्माणमा कुँदिएका बुट्टेदार ढोका, झ्याल तथा थाम प्रयोग गरिनेछ भने छानोमा परम्परागत झिँगटी राखिनेछ । उत्तरतर्फ भृकुटीमण्डप क्षेत्रमा दुईवटा ब्लक आपसमा जोडिने तथा दक्षिणतर्फ तीनवटा ब्लक निर्माण हुनेछन् । निर्माण हुने सबै भवनको कुल क्षेत्रफल करिब ३९ हजार वर्गफिट रहने जनाइएको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गङ्गोलले भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण महानगरपालिकाको पूर्वाधार विकासको काम मात्र नभई सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र निरन्तरतासँग जोडिएको महत्त्वपूर्ण कार्य भएको बताउनुभयो ।

पुनर्निर्माणलाई व्यवस्थित र सहजीकरण गर्न सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतको संयोजकत्वमा मन्दिर पुनर्निर्माण सहजीकरण समिति गठन गरिएको छ ।

समितिमा वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी विकास आयोजनाका सदस्य बाबुराम भट्टराई, लुमधी भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, समितिका पूर्वअध्यक्ष गौतम डङ्गोल तथा पुरातत्त्व विभाग र गुठी संस्थानका प्रतिनिधि सदस्य रहेका छन् ।

समितिको सदस्यसचिवमा सम्पदा तथा पर्यटन विभागकी विभागीय प्रमुख कुमारी राई रहनुभएको महानगरपालिकाले जनाएको छ ।

परम्परागत नेवारी वास्तुकला, काठमा कुँदिएका बुट्टा तथा मौलिक निर्माण शैलीलाई संरक्षण गर्दै पुनर्निर्माण भइरहेको भद्रकाली मन्दिर परिसरको काम सम्पन्न भएपछि काठमाडौँको महत्त्वपूर्ण ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

ट्रेन्डिङ

सबै

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.