• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • २. प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

  • ३. पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

  • ४. कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

  • ५. आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

  • ६. भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

  • ७. बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

  •   सोमबार, भदौ १५, २०८३
  • A
  • A+
  • A++

बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न सुरु गर्ने उमेर केही ढिला गराउँदा उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ।अस्ट्रेलियाको न्यु साउथ वेल्स विश्वविद्यालयले गरेको अध्ययनअनुसार कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्न सुरु गर्ने किशोरकिशोरीमा चिन्ता र अवसादका लक्षण बढी देखिने गरेका छन्। यद्यपि, सामाजिक सञ्जालको खाता मात्र हुनु र मानसिक स्वास्थ्यसम्बन्धी समस्याबीचको सम्बन्ध तुलनात्मक रूपमा कमजोर रहेको पाइएको छ। अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने व्यवस्था लागू हुनुअघि गरिएको उक्त अध्ययनमा १० देखि १५ वर्ष उमेर समूहका किशोरकिशोरी र उनीहरूका एक–एक जना अभिभावक सहभागी थिए।

अध्ययनमा सहभागीमध्ये करिब ७० प्रतिशतले आफूले सामाजिक सञ्जाल प्रयोग गरिसकेको बताएका थिए भने झन्डै आधासँग सामाजिक सञ्जालको खाता रहेको थियो। उनीहरूले औसतमा ११ वर्षको उमेरमा पहिलोपटक सामाजिक सञ्जाल प्रयोग गर्न थालेको पाइएको थियो।

अध्ययनकी प्रमुख अनुसन्धानकर्ता तथा न्यु साउथ वेल्स विश्वविद्यालयकी सहप्राध्यापक सुजेन स्वाइजरले बालबालिकाको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालको खाता हुनु मात्रभन्दा उनीहरूले पहिलोपटक सामाजिक सञ्जाल प्रयोग गर्न थालेको उमेर बढी महत्वपूर्ण देखिएको बताए। उनका अनुसार अध्ययनको यो निष्कर्ष केही हदसम्म अपेक्षाभन्दा फरक रहेको थियो।

अध्ययनमा सहभागी १० देखि १५ वर्ष उमेर समूहका करिब एक चौथाइ बालबालिकाले प्रतिबन्ध लागू भएपछि सामाजिक सञ्जाल प्रयोग गर्न पूर्ण रूपमा बन्द गर्ने योजना बनाएको बताएका थिए। त्यस्तै, ३४ प्रतिशतले खाता नखोली सामाजिक सञ्जाल प्रयोग गर्ने र ३५ प्रतिशतले प्रतिबन्धलाई छल्दै आफ्नो खाता प्रयोगलाई निरन्तरता दिने उपाय खोज्ने बताएका थिए।

अनुसन्धानकर्ताहरूका अनुसार बालबालिकालाई सामाजिक सञ्जालमा प्रवेश गर्न केही समय ढिलाइ गराउनु मानसिक स्वास्थ्य संरक्षणका लागि उपयोगी नीतिगत उपाय हुन सक्छ। यससँगै बालबालिकालाई सुरक्षित तथा स्वस्थ डिजिटल बानी विकास गर्न आवश्यक शिक्षा र मार्गदर्शन प्रदान गर्नु पनि उत्तिकै महत्वपूर्ण हुने अध्ययनले सुझाव दिएको छ।

रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

ट्रेन्डिङ

सबै

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.