• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

लोकप्रिय समाचार

  • १. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • २. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • ३. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ४. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ५. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ६. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  •   शुक्रबार, असोज ०२, २०८३
  • A
  • A+
  • A++

सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे( ख्योङले उनको कार्यकक्षमा आज शिष्टाचार भेटवार्ता गरेका छन्। त्यस अवसरमा उनीहरूको नेपाल(कोरिया सम्बन्ध, भोटेकोशी बाढी प्रभावितको उद्धार, पुनः स्थापना तथा सहायताबारे छलफल हुनाका साथै सूचना प्रविधि, ‘डिजिटल’ अर्थतन्त्र र कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य गर्नेबारे कुराकानी भएको थियो।सञ्चारमन्त्री डा। तिमिल्सिनाले भोटेकोशीको बाढीबाट सिर्जित विपद्को कठिन समयमा नेपाललाई कोरियाबाट प्राप्त सहयोग र सहानुभूतिका लागि आभार व्यक्त गरेका थिए।उद्धार तथा खोजीमा कोरियाले विपद् व्यवस्थापन टोली परिचालन गरेकामा आभार व्यक्त गर्दै उनले बाढी प्रभावितका लागि सहयोग तथा पुनर्निर्माण र पुनः स्थापनामा सहयोग गर्ने कोरियाली सरकारको प्रतिबद्धताका लागि कृतज्ञता ज्ञापन गरेका थिए।

सञ्चारमन्त्री डा। तिमिल्सिनाले नेपाल र कोरियाबीच पारस्परिक सम्मान, समझदारी र सहकार्यमा आधारित मैत्रीपूर्ण सम्बन्ध आउँदो दिनमा अझ विस्तार गर्नुपर्नेमा जोड दिए।

राजदूत पार्कले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनः स्थापनाका लागि कोरियाको सहयोग निरन्तर रहने बताए। उनले बाढीमा परेका कोरियाली नागरिकको अवस्थाबारे चासो व्यक्त गरेका थिए।

राजदूत पार्कका अनुसार कोरियाली सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका कोरियाली १० नागरिकको उद्धार गरेको छ भने माथिल्लो त्रिशूली–१ आयोजना क्षेत्रमा रहेका कोरियाली नौ नागरिक अझै सम्पर्कविहीन छन्।

राजदूत पार्कले यही असोज १४ गतेदेखि दक्षिण कोरियामा आयोजना हुने ‘बाह्रौं ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा नेपाल र अन्य देशका तर्फबाट हुने सहभागिताबारे सञ्चारमन्त्रीलाई जानकारी दिए।

दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा तथा नेसनल इन्फर्मेसन सोसाइटी एजेन्सीको संयोजनमा हुने उक्त फोरममा नेपाल लगायत विभिन्न देशका प्रतिनिधिबीच सूचना प्रविधि तथा कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य एवं आगामी रणनीतिबारे उच्चस्तरीय छलफल हुनेछ। रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

ट्रेन्डिङ

सबै

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

आज विश्व लामखुट्टे दिवस”

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.