• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, असोज १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

लोकप्रिय समाचार

  • १. रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • २. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ३. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ४. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ५. बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

  • ६. जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ९. राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

  • १०. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

  •   शनिबार, असोज १०, २०८३
  • A
  • A+
  • A++

चितवन,असोज १०-मानव बेचबिखन, घरेलु हिंसा तथा विभिन्न कारणले जोखिममा परेका महिला तथा बालबालिकाको संरक्षण, उद्धार, पुनर्स्थापना र आत्मनिर्भरता निर्माणमा सक्रिय थ्री एन्जल नेपाल, पूर्वी चितवनले राप्ती नगरपालिका र मकवानपुरको मनहरी गाउँपालिकामा शिक्षा, आयआर्जन तथा कृषि क्षेत्रमा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
पूर्वी चितवनको लोथरमा लामो समयदेखि कार्यालय सञ्चालन गर्दै आएको संस्थाले एक दशकभन्दा लामो समयदेखि महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाकी पूर्वी चितवन प्रमुख सुनिता सिल्वालले बताउनुभयो।
संस्थाले हिंसामा परेका महिला तथा बालबालिकाको उद्धार तथा पुनर्स्थापना, मानव बेचबिखनमा परेकाको उद्धार, परिवारसँग पुनर्मिलन, सीप विकास तथा आत्मनिर्भर बनाउने कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको सिल्वालले बताउनुभयो।

२५१ छात्रालाई तीन वर्षसम्म शैक्षिक सहयोग:
आर्थिक अभावका कारण विद्यालय जान तथा नियमित पठनपाठन गर्न कठिनाइ भइरहेका राप्ती नगरपालिका तथा मनहरी गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत २५१ जना छात्रालाई तीन वर्षसम्म आवश्यक शैक्षिक सहयोग उपलब्ध गराउने कार्यक्रम संस्थाले अघि बढाएको छ।
संस्थाका अनुसार छात्राहरूलाई पठनपाठनका लागि आवश्यक स्टेसनरी सामग्री, लत्ताकपडा तथा खाजा उपलब्ध गराउनुका साथै आवासको समस्या भएका विद्यार्थीका लागि आवास व्यवस्थापनमा समेत सहयोग गरिएको छ।
सिल्वालका अनुसार तीन वर्षको अवधिमा अध्ययनमा राम्रो प्रगति गर्ने तथा संस्थाको उद्देश्यअनुसार अगाडि बढ्ने विद्यार्थीलाई आवश्यकता र प्रगतिका आधारमा सहयोगको अवधि थप गर्दै कक्षा १२ सम्मको शिक्षामा समेत सहयोग गर्ने योजना रहेको छ।

विद्यालयगत विवरणअनुसार सिम्पानी माध्यमिक विद्यालय, मनहरी–८ का ६४, सुनाचुरी माध्यमिक विद्यालय, मनहरी–६ का ६०, हाङ्लाङ माध्यमिक विद्यालय, मनहरी–६ का २०, काशीरुमा निम्न माध्यमिक विद्यालय, राप्ती–४ का ४९, आपपानी माध्यमिक विद्यालय, राप्ती–११ का ३८ र स्वमिटार माध्यमिक विद्यालय, राप्ती–१० का ६० जना छात्रा गरी २५१ जना यस कार्यक्रमबाट लाभान्वित हुनेछन्।
यसका अतिरिक्त राप्ती र मनहरीका क्याम्पसमा अध्ययनरत करिब २५० जना छात्रालाई समेत सहयोग गरिएको संस्थाले जनाएको छ।

३०० परिवारलाई बिना धितो ऋण:
शिक्षासँगै आर्थिक रूपमा कमजोर परिवारलाई आत्मनिर्भर बनाउने उद्देश्यले थ्री एन्जल नेपालले राप्ती र मनहरीका करिब ३०० घरपरिवारलाई आयआर्जनका लागि अत्यन्त न्यून ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराएको सिल्वालले बताउनुभयो।
सानो व्यवसाय सञ्चालन, कृषि तथा अन्य आयआर्जनका काम गर्न चाहने तर लगानीको अभावमा रहेका परिवारलाई लक्षित गरी यस्तो सहयोग गरिएको हो।
संस्थाको उद्देश्य तत्कालीन राहत उपलब्ध गराउने मात्र नभई परिवारलाई दीर्घकालीन रूपमा आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु रहेको सिल्वालको भनाइ छ।
हाङ्लाङका ५० परिवारलाई १० क्विन्टल अदुवाको बीउ
यसै क्रममा थ्री एन्जल नेपालले मनहरी गाउँपालिका–६ हाङ्लाङका ५० घरपरिवारलाई १० क्विन्टल अदुवाको बीउ वितरण गरेको छ।
हाङ्लाङ क्षेत्र अदुवा उत्पादनका लागि उपयुक्त भएकाले स्थानीय किसानलाई उत्पादनसँग जोड्दै आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले अदुवाको बीउ वितरण गरिएको संस्थाले जनाएको छ।
स्थानीयस्तरमा उपलब्ध स्रोत, सीप र सम्भावनाको उपयोग गर्दै परिवारको आयस्तर वृद्धि गर्ने उद्देश्यले कृषि तथा अन्य आयमूलक कार्यक्रमलाई समेत संस्थाले प्राथमिकतामा राखेको छ।

संरक्षणदेखि आत्मनिर्भरतासम्म:
महिला तथा बालबालिकामाथि हुने हिंसा, मानव बेचबिखन तथा आर्थिक र सामाजिक जोखिम न्यूनीकरणका लागि उद्धार मात्र पर्याप्त नहुने भन्दै संस्थाले उद्धार, पुनर्स्थापना, शिक्षा, सीप विकास र आयआर्जनलाई एकीकृत रूपमा अघि बढाउँदै आएको जनाएको छ।
थ्री एन्जल नेपाल मानव बेचबिखनविरुद्ध काम गर्ने गैरनाफामूलक सामाजिक संस्था हो। मुख्य कार्यालय पोखरामा रहेको संस्थाले चितवनसहित आसपासका क्षेत्रमा सामाजिक तथा उद्धारका गतिविधि सञ्चालन गर्दै आएको छ।
मानव बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकाको संरक्षण तथा उद्धारसँगै लामो समयदेखि बेपत्ता भएका वा बेचबिखनमा परेका किशोरीको उद्धार गरी परिवारसँग पुनर्मिलन गराउने कार्यसमेत संस्थाले गर्दै आएको जनाएको छ।
त्यस्तै, चितवनका ग्रामीण तथा पिछडिएका क्षेत्रमा विपन्न परिवार, चेपाङ समुदाय तथा विद्यालयका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोगलगायतका राहत तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले बताएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

ट्रेन्डिङ

सबै

  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.