• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, कार्तिक १४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता, हाँस पेट्रोल प्रथम

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार

  • १. जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता, हाँस पेट्रोल प्रथम

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता, हाँस पेट्रोल प्रथम



  •   शनिबार, कार्तिक १४, २०८३
  • A
  • A+
  • A++

चितवन । कालिका नगरपालिका–१, सूर्यपुरस्थित जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा हाँस पेट्रोल प्रथम, परेवा पेट्रोल द्वितीय र सुगा पेट्रोल तृतीय भएका छन्। सोही अवसरमा ४० जना विद्यार्थीलाई स्काउट दीक्षा प्रदान गरिएको छ।
विद्यालयका प्राचार्य कमलप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक सन्तोष बस्ताकोटी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा विद्यालयका स्काउट शिक्षक जीवन बस्नेत,विद्यालयकी निम्न माध्यमिक तह इन्चार्ज अस्ना भण्डारी बस्नेत, माध्यमिक तह प्रमुख नारायण सापकोटालगायतको उपस्थिति थियो।
पाककला प्रतियोगितामा हाँस पेट्रोलका स्वीकृति चौधरी, चाँदनी विक, प्रमिशा गुरुङ, कृषा लोप्चन, आकाङ्क्षा थिङ र एलिसा श्रेष्ठ प्रथम भएका छन्। त्यसैगरी परेवा पेट्रोलका अर्विना पाख्रिन, सपना पुन मगर, नेना श्रेष्ठ, आरोही घलान, जेनि गुरुङ र दुर्गा थिङ द्वितीय तथा सुगा पेट्रोलका टेन्जु श्रेष्ठ, दिपशिखा थापा, दीक्षा लामा, सलमी स्याङ्बो, गुराँस परियार र कृष्टिना सुनुवार तृतीय भएका छन्।
कार्यक्रममा विकास राना मगर (टाइगर) उत्कृष्ट ब्वाइज स्काउट तथा स्वीकृति चौधरी उत्कृष्ट गर्ल्स स्काउटका रूपमा सम्मानित भएका छन्।
कार्यक्रममा प्रमुख अतिथि बस्ताकोटीले ४० जना विद्यार्थीलाई स्काउट दीक्षा प्रदान गरेका थिए। दीक्षाका क्रममा स्काउटको प्रतिज्ञा, नियम, अनुशासन, सेवाभाव र जिम्मेवारीबोधलाई आत्मसात् गर्न विद्यार्थीलाई प्रेरित गरिएको थियो।
वि.सं. २०५९ मा स्थापना भएको जुटपानी एकेडेमीमा हाल करिब ५०० विद्यार्थी, २२ शिक्षक र तीन कर्मचारी कार्यरत छन्। विद्यालयले पठनपाठनसँगै रेडक्रस, स्काउट तथा तेक्वान्दो जस्ता अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ।
विद्यालयमा स्काउट गतिविधिले विद्यार्थीमा नेतृत्व क्षमता, आत्मनिर्भरता, सहकार्य, अनुशासन र सामाजिक सेवाको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

ट्रेन्डिङ

सबै

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता, हाँस पेट्रोल प्रथम

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता, हाँस पेट्रोल प्रथम

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता, हाँस पेट्रोल प्रथम

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.