• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, कार्तिक २९, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

जेनजी चितवन,भरतपुर-४ले निर्वाचन लक्षित जनचेतना कार्यक्रम सञ्चालन गर्ने

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको ऐतिहासिक निर्णय: उत्कृष्ट विद्यार्थीलाई सम्मान

चोरी र लुटपाट रोक्न छहारी टोलको सकृयता,लाठी र भाटा सहित रातभर गस्ती

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

लोकप्रिय समाचार

  • १. गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

  • २. मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

नेपाल टेलिकम पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी छुट योजना



  •   शनिबार, असार २८, २०७६
  • A
  • A+
  • A++

काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी छुट योजना ल्याएको छ । यसैगरी कम्पनीले एफटिटिएच सेवामा पनि यस्तै छुटको योजना आगामी साउन ५ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको छ ।

कम्पनीले समर अफर अन्तर्गत पोष्टपेड मोबाइल, संस्थागत ग्राहक र एफटिटिएच सेवामा अत्यधिक छुटमा कुराकानी, इन्टरनेट र सन्देश प्रयोग गर्नसक्ने अवसर प्रदान गरेको जनाएको छ ।

यस अन्तर्गत पोष्टपेड मोबाइलमा मासिक ५ सय रुपैयाँको प्याकेजमा ३ सय ९० मिनेट कम्पनीका मोबाइल तथा टेलिफोनमा कुरा गर्न सकिने छ । यसैगरी सोही रकममै एकसय मिनेटसम्म कम्पनी बाहिरका अन्य राष्ट्रिय सेवा प्रदायक कम्पनीका मोबाइल वा टेलिफोनमा पनि कुरा गर्न सकिने छ । यही छुटमा एक महिनासम्म ५ सय एमबी डाटा प्रयोग गर्न पाउनुको साथै १ सयवटा सन्देश समेत पठाउन सकिने सेवा उपलब्ध गराएको एनटीसीले जनाएको छ ।

त्यस्तै पोष्टपेड मोबाइल प्रयोगकर्ताले मासिक ८ सय रुपैयाँ प्याकेजको छुट योजनामा सामेल भई ६ सय ५० मिनेट कम्पनीकै मोबाइल तथा फोनमा कुरा गर्न सक्नेछन् भने १ सय मिनेट अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न पाउने छन् । यसमा १ जिबी बराबरको इन्टरनेट प्रयोगमा ल्याउन र २ सयवटा सन्देश पठाउन सकिने छ ।

यसैगरी १२ सय रुपैयाँको मासिक छुटमा सामेल हुँदा १ हजार मिनेट कम्पनीका मोबाइल वा टेलिफोनमा र १ सय ५० मिनेट कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल तथा फोनमा कुराकानी गर्न पाइने छ । यस छुट योजनामा २ जिबी ५ सय एमबी डाटा प्रयोग गर्नुका साथै ३ सयवटा सन्देश आदानप्रदान गर्न सकिने छ ।

यसैगरी संस्थागत ग्राहक समूह (Corporate User Group–CUG) छुट योजनामा पनि भारी छुटको व्यवस्था कम्पनीले गरेको छ । यस समूहमा आबद्ध हुने ग्राहकले समूहभित्र असीमित (जति पनि) कुराकानी गर्न पाउने सुविधा छ । मासिक २ सय रुपैयाँको सेवा लिने प्रिपेड मोबाइल प्रयोगकर्ताले १ सय मिनेट CUG समूह बाहिरका टेलिकमकै मोबाइल तथा टेलिफोनमा कुरा गर्न सक्नेछन् । यसअघि जम्मा ६५ मिनेट मात्र कुराकानी गर्न सकिने सुविधा थियो । यसपटक कम्पनीले २ सय रुपैयाँबाटै कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा पनि १० मिनेट कुरा गर्न सकिने सुविधा थप गरेको छ । यसैगरी यही सेवा अन्तर्गत मासिक १ सय ४० एमबीको इन्टरनेट चलाउन र ५० वटा सन्देश पनि पठाउन सकिने छ ।

त्यस्तै प्रिपेड वा पोष्टपेड दुवै मोबाइलमा ४ सय रुपैयाँको संस्थागत प्याकेज लिंदा समूह बाहिरका कम्पनीकै मोबाइल वा टेलिफोनमा २ सय ३० मिनेट कुराकानी, ३ सय एमबिको इन्टरनेट र १ सय वटा सन्देश न्यूनतम शुल्कमै प्रयोगमा ल्याउन सकिन्छ । साथै २० मिनेट कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न पनि सकिने छ ।

त्यस्तै ७ सय रुपैयाँको संस्थागत प्याकेज लिएमा कम्पनीकै समूह बाहिरका फोन तथा मोबाइलमा ३ सय ७० मिनेट कुराकानी, ८ सय एमबि इन्टरनेट र सयवटा सन्देश तथा कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ३० मिनेट कुरा गर्न पाइने सुविधा प्रदान गरिएको छ । १ हजार रुपैयाँमा ५ सय ५० मिनेट कुराकानी, १ हजार एमबी डाटा तथा डेढसय वटा सन्देश पठाउन र कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ४० मिनेट कुरा गर्न सकिन्छ ।

यसैगरी १३ सयको संस्थागत प्याकेजमा समूह बाहिरका कम्पनीकै अन्य फोनमा ६ सय मिनेट कुराकानी, २१ सय एमबी डाटा र २ सयवटा सन्देश तथा कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाइने सुविधा उपलब्ध गराइएको छ ।

१६ सय रुपैयाँको संस्थागत प्याकेजमा ७ सय ५० मिनेटसम्म समूहमा आबद्ध नभएका कम्पनीकै अरु फोन वा मोबाइलमा कुराकानी, २७ सय एमबी डाटा र अढाईसय सन्देशको सुविधा र कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाइने सुविधा प्राप्त हुनेछ । उपरोक्त सबै संस्थागत प्याकेजहरुमा आफ्नो समूहभित्र असीमित कुराकानी गर्ने सुविधा सो सेवाका ग्राहकहरुलाई उपलब्ध हुनेछ ।

यसैगरी कम्पनीको भ्वाइस सेवा सहितको उच्च गतिको एफटिटिएच इन्टरनेट सेवामा नयाँ कम्बो प्याकेज ल्याइएको छ । यी प्याकेजहरु १५ एमबिपिएस, २५ एमबिपिएस, ४० एमबिपिएस र ६० एमबिपिएसमा उपलब्ध छन् । १५ एमबिपिएसको एक महिनाको १ हजार २ सय रुपैयाँ, ३ महिनाको ३ हजार ४ सय रुपैयाँ, ६ महिनाको ६ हजार ४ सय रुपैयाँ र एक वर्षको १२ हजार ३ सय रुपैयाँमा प्राप्त गर्न सकिने छ ।

त्यसैगरी २५ एमबिपिएसको १ महिनाको १ हजार ९ सय, ३ महिनाको ५ हजार ४ सय ५०, ६ महिनाको ९ हजार ७ सय र एक वर्षको १७ हजार २ सय रुपैयाँमै उपलब्ध गराइएको छ । ४० एमबिपिएसको प्याकेजका लागि मासिक, त्रैमासिक, अर्ध वार्षिक र वार्षिक शुल्क क्रमशः २ हजार २ सय ५०, ६ हजार ४ सय ५०, १० हजार ७ सय र १९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यता ६० एमबिपिएसको सोही प्याकेजको मूल्य क्रमश २ हजार ४ सय ५०, ७ हजार ५०, ११ हजार ८ सय र २१ हजार ४ सय रुपैयाँ रहेको छ ।

यी सबै प्याकेजमा उल्लेखित इन्टरनेट व्याण्डविथको अलावा १ महिना, ३ महिना, ६ महिना र वर्षको लागि क्रमश २ सय ५० मिनेट, ७ सय ५० मिनेट, १५ सय मिनेट र ३ हजार मिनेट भ्वाइस टेलिफोन सेवा पनि निशुल्क उपलब्ध गराइएको छ । एफटिटिएच सेवामा विगतको स्प्रिङ अफर अन्तर्गत प्रदान गरिएका ८ एमबिपिएस, १८ एमबिपिएस, ३५ एमबिपिएस र ५५ एमबिपिएसका उपलब्ध प्याकेजहरु यथावत कायम गरिएको छ । यद्यपि ती सेवामा निशुल्क प्राप्त भइरहेका भ्वाइस सेवाहरु केही समयका लागि बन्द गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

सरकार पछि हट्यो, निजामती विधेयकको गाँठो फुक्यो

शुक्रबार भूमि विधेयक पारित गर्दै प्रतिनिधिसभा

ट्रेन्डिङ

सबै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.