हेमाको उजुरीसँगै छवी–शिल्पा जेल जाँदै, कानुनी प्रक्रिया यस्तो छ ( भिडियो सहित )
काठमाडौं– निर्माता छवीराज ओझा र नायिका शिल्पा पोखरेलबीचको घटनाले नयाँ मोड लिएको छ । आइतबार निर्माता ओझाकी जेठी श्रीमती हेमा ओझाले प्रहरी कार्यालयमा छवी र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएपछि घटनाले नयाँ मोड दिएको हो । हेमाले कानूनविद स्वागत नेपालको सहयोगमा काठमाडौंको गौशालास्थित प्रहरी कार्यालयमा उनीहरुविरुद्ध बहुविवाहको उजुरी दिएको हुन् ।
यसैबीच कानुनविद् नेपालले अव हेमाको उजुरीसँगै छवी र शिल्पा जेल जाने बताए । त्यति मात्रै होइन हेमाले दिएको जाहेरीसँगै छवी र शिल्पाको विहे बदर हुने उनले खुलासा समेत कानूनविद् नेपालले प्रष्ट पारे ।
यो पनि:
यससँगै निकै लामो समयदेखि अन्याय भोगिरहेकी छवीकी जेठी श्रीमती हेमाले न्याय पाउने उनको भनाइ छ । उनले यदि हेमाले प्रहरी कार्यालयबाट न्याय नपाए उच्च अदालतसम्म जाने र त्यसका लागि आफ्नो सहयोग रहने प्रष्ट पारे ।
उनले छवी र शिल्पाको विहे दर्ता नै हेमाका लागि बलियो प्रमाण रहेको उनको भनाइ छ । उनले शिल्पाले अघि बढाएको डिभोर्सको फइलको समेत औचित्य सकिएको बताए ।
हेर्नुस भिडियो
पछिल्लो केही दिन यता नेपाली सिनेमा क्षेत्रमा नायिका शिल्पा पोखरेल र निर्माता छबिराज ओझाबीचको घर झगडाले बजार नै तताएको छ । कुनै समय बिवाह गरेको कुरा समेत लुकाएर राखेका उनीहरुको घर झगडा प्रहरीसम्म पुगेपछि छबि र शिल्पाबीच बिवाह भएको पुष्टी भयो । शिल्पाले आफुलाई छबिले घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी दिईन् । प्रहरी कार्यालयमा मिलापत्र नै भईसके पनि शिल्पा छबिको घर गईनन् बरु उनले डिभोर्सका लागि निवेदन दिईसकेकीछिन् । यता छबिले शिल्पालाई भने घर फर्कन आग्रह गरिरहे । यतिबेला यस घटनाले थप रोचक मोड लिएको छ । छबिराज ओझाको पहिलो श्रीमतीले भने छबि र शिल्पाबिरुद्ध बहुबिवाहको उजुरी दिएकीछिन् । ५३ बर्षीया श्रीमती हेमा ओझाले उनीहरुबिरुद्ध बहुबिवाहको उजुरी दिएकी हुन् ।