चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा केही नेपाली मौलिक परिकार खुवाइने छ ।
मेन्यूअनुसार सुरुमा राष्ट्रपति सीलाई बारा, म:मसँगै लुक्लाको सिमी र साँधेको भटमास दिइनेछ । त्यसपछि कुरिलो र क्वाटीको रस दिइनेछ । त्यसपछि युरोपियन र चाइनिज परिकार पस्किइने छ ।
मेन्यू अनुसार अन्तिममा इलामको चिया वा गुल्मीको कफी खाएपछि रात्रीभोज सकिनेछ ।