• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
सोमबार, जेठ ०२, २०७९
☰
सोमबार, जेठ ०२, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

ग्लोबल आइएमई बैंक, अब देशकै ठुलो बैंक बन्दै


  •   बिहिबार, मङि्सर १२, २०७६
  • A
  • A+
  • A++

काठमाडौँ — राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र जनता बैंकलाई अनुमित दिएसँगै मर्जर प्रकिया पुरा भएको छ । बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले ती बैंकलाई एकिकृत कारोबारका लागि अनुमति दिने निर्णय गरेको थियो । यो निर्णयसँगै यी बैंकको मर्जर पूरा भएको छ । बैंकले आज नै राष्ट्र बैंकबाट अनुमति पत्र बुझिसकेको छ ।

मर्जरपछि बन्ने नयाँ बैंकको चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ हुनेछ। यो हाल सञ्चालनमा रहेको सबै बैंकको पुँजी भन्दा धेरै हो। यस्तै, निक्षेप करिब २ खर्ब १० अर्ब र कर्जा करिब २ खर्ब पुग्ने बैंकले स्रोतले जनाएको छ।

यो बैंकले गत असारमा मर्जरका लागि सहमतिपत्रमा हस्ताक्षर (एमओयू) गरेका थिए। मर्जरपछि बैंकको नाम ग्लोबल आइएमई नै रहने छ। सञ्चालक समितिको अध्यक्षमा हाल ग्लोबल आइएमईका अध्यक्ष ढकालले नै रहनेछन्। सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र दुई जना जनता बैंकबाट रहनेछन्।

नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी परशुराम कुँवर क्षेत्रीले लिने छन्। कुँवर जनता बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। यस्तै, वरिष्ठ डेपुटी सीईओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमति यसअघि नै भएसकेको छ।

राष्ट्र बैंकबाट अनुमति पाए पछि पनि बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयबाट पनि सिफारिस लिनुपर्नेछ। बैंकले अर्को साता एकिकृत कारोबारको घोषणा गर्ने बताएको छ।
Source : kantipur

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.