अभिनेत्री ऋचा शर्मा वैवाहिक जीवनमा बाँधिएकी छन् । शनिवार प्रेमी दिपेक्ष विक्रम राणासँग उनले लगनगाँठो कसेकी हुन् । दुई वर्ष लामो प्रेम सम्बन्धलाई ऋचा र दिपेक्षले विवाहमा परिणत गरेका हुन् । विवाह समारोहमा दुवै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो ।
दुलहीको भेषमा सजिएकी ऋचाले श्रीमानको हात समातेको तस्बिर फेसबुकमा साझेदार गर्दै, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरूको अथाह माया अनि आर्शिवाद सदैव यसरी नै मिलोस् ।’ लेखेकी छिन् । मङ्सिर २६ गतेको लागि ऋचाले विवाह भोज आयोजना गरेकी छिन् । अब, उनी एक महिना पारिवारिक भेटघाट र घुमघामका लागि श्रीमानसँग विदेश जाने बताइएको छ ।
दुई वर्ष यता प्रेममा रहेका प्रेमी दिपेक्ष क्युएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लबिम मलका जनरल म्यानेजर हुन् । नायिका ऋचा शर्माले विवाह गरेकी हुन। उनले केहीसमय अघि मंसिर २१ गते विवाह गर्न लागेको जानकारी दिएकी थिइन् । हिजो उनले आफ्ना प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी छिन् ।
ऋचाले ट्वीटरमा आफूले विवाह गरेको तस्बिर सेयर गर्दै सबैलाई आर्शीवाद दिन अनुरोध गरेकी छिन् । उनले ट्वीटरमा लेखेकी छिन् ‘जीन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आर्शीवाद सदैव यसरी नै मिलोस्’ । ऋचाको बिहेको बिषयमा नेपालि चर्चित नायिकाहरुले भित्रि रहश्य खोलेका छन। हेर्नुहोस यो भिडियो।