• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार

  • १. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • २. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ३. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ४. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ८. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

नेपाली गाउ-घरको पुजा : सुरेश बादल



  •   बिहिबार, असार २६, २०७६
  • A
  • A+
  • A++

सुरेश बादल/नारायणी दैनिक/ एउटा घरमा पुजा हुन्छ। त्यस घरमा आउने पाहुना र त्यहि घरका सदस्यहरुको चरित्र लगभग हामी सबैले देखिआएका छौँ। जून यस प्रकार छ।

पुजा गरिएको स्थानको छेउमा बसेर पण्डितलाई चेक गर्ने, केहि बिधि बिगारे भने सजग गराउने एकजना बुढा बा’ हुन्छन्। त्यसै घरमा एकजना हट्टाकट्टा छोरो हुन्छ जो पुजा गर्ने ठाउँमाथी त्रिपाल कस्नेदेखि लिएर भान्छामा केके चाहिन्छ ठुला भाँडाकुँडा बोक्ने कामसमेत गर्दछ। त्यस घरकी बुहारी हुन्छे जो त्यसदिन सरसामान जुटाउने बाहेक केहि काम गर्दिन। बरु बर्षभरि पाइन्ट लगाए पनि त्यसदिन सरक्क सारी लर्काएर यताउता नाचिरहन्छे। भान्छामा त्यहि बुहारीकि नाता पर्ने जेठानी आइपुगेकी हुन्छे जो असाध्यै मिठो अचार बनाउँछे। अर्की बिहे नभएकी नन्द पर्ने पनि त्यहि भान्छामा पसेर भाउजुहरुसँग नानाभाँती कुरा र आलु काट्छे। त्यस घरकी सासुआमा हुन्छिन् जो पुजाका सर्दाम ठिक पार्छिन्। उनी बिना काममा झर्किरहन्छिन्। उनलाई आफुले गरेको काम असाध्यै जटिल र ठूलो लागेको हुन्छ तर जाबो टपरीमा चामल राख्ने कामलाई कसैले ठूलो मानेको हुँदैन।

एकछिन पछि त्यस घरमा आउना पाहुनाको आगमन हुन्छ। छोरीचेली र भान्जाभान्जी आइपुग्छन्। आफु आएको बाटो अप्ठ्यारो भएको, गाडी नपाएको, बल्लतल्ल बाँचेर आइपुगेको जस्तो नानाभाँती गफ सुनाएर पुजाको अन्तिममा पाइने खाम अलि बाक्लो होस् भन्ने मानोवैज्ञानिक उपचार गरिदिन्छन्। त्यो भिडमा एकजना बुढा फुपाजु हुन्छन्। फुपाजु नयाँ चेलीबेटी र नयाँ ज्वाईहरुको बिचमा आफु पुरानो बुढोले भाउ नपाएको महशुस गरेर धुम्म पर्छन्। त्यस्ता बुढालाई चाहिँ अलि पर दुर्गमबाट आइपुगेकी त्यस घरकी बुहारी पर्ने महिला जसको काम केवल भाँडा मस्काउनु मात्र हुन्छ, उसले ‘दर्शन भिनाजु’ भनेर भन्दिन्छे। बुढालाई त्यो दर्शन पनि खासै जम्दैन।

हलक्क बढेका भान्जाहरुलाई उस्तै उमेरका एकजना दाईले आँखा सन्काउँछन्। त्यसपछि केटाहरुको त्यो टोलि घरछेउको कुनै आफ्नो गोप्य गल्लीमा गएर चुरोट तान्न थाल्दछन्। भान्जाहरु कता गए भन्ने हल्लाखल्ला हुन्छ। त्यसपछि घाँटी चिसो पार्ने चकलेट मुखमा खेलाउँदै भान्जाहरुको डफ्फा आइपुग्छ। ‘यसो मावली गाउँ घुम्देको नि मामा’ भनेर एउटा चलाख भान्जाले भनिदिन्छ।

उता बल्लतल्ल भेट भाका ज्वाईहरुलाई आफु बिशेष देखाउने लहड चल्छ। कोहि बिजनेसका, कोहि शेयरका त कोहि राजनीतिका कुरा गर्छन्। राजनीतिका कुरा गर्ने ज्वाईसाबको आवाज ठूलो हुँदै जान्छ। उसकी श्रीमती ‘बाबा यता आइस्यो त’ भन्न आइपुग्छे। उसलाई स्वास्नीको पनि मतलब हुँदैन। छेउमा बसेका फुपाजुलाई चुरोटको तलतल लाग्छ। उनी त्यहि घरको आठ दश बर्षको फुच्चेलाई ईशारा गर्छन्। दश रुपियाँको चुरोट किन्न बिस रुपियाँ ज्याला दिएर पसल पठाउँछन्।

सबै आइपुग्दा पनि को आएन को आएन भन्ने हुन्छ। त्यसपछि सबै थर्कमान हुन्छन्। माइली फुपु आइनन्। बीचबजारको चोकैमा घर भएकी फुपुको रवाफ बेग्लै हुन्छ। फोन डायल हुन्छ। ‘ग्यास्टि बढेर सुतिराछु’ भन्ने बिरक्तलाग्दो आवाज आउँछ फुपुबाट। घरकाले बुझ्छन्। फुपुलाई लोकल बस चढेर आउन गाह्रो लाग्यो। हत्तपत्त हट्टाकट्टा छोरो एकजना भिनाजुसँग बाइकको चाबी मागेर फुपुलाई लिन निस्किन्छ।

साँझ पुजा सकिन्छ। सबैले खान्छन्। त्यसपछि लाखापाखा लाग्ने सुरसार हुन्छ। पहेँलो टिका लगाएको देखेर छक्क पर्छ अन्तरजातीय बिहे गरेकी छोरीको दुलाहा। ‘सराद्धेमा पहेँलो टिका लगाउँछन् क्या बुद्धु।’ उसकी दुलही सम्झाउँछे। ऊ बुझेजसरी मुन्टो हल्लाउँछ। अनि सोच्छ, ‘बाहुन भन्या साँच्ची नै लोभी हुँदारैछन्। यत्रो सराद्धे भोजमा जाबो एउटा चिकेन आइटम पनि राखेनन्!’

एकजना झण्डै छुटेको! त्यहि पुजामा एकजना छिमेकी हजुरामा पनि आएकी हुन्छिन् जसलाई आउँदा आउँदै चप्पल कता फुकालुँ, कता लुकाउँ हुन्छ। बिचरालाई नयाँ चप्पल अर्काले साट्देलान् भन्ने पीर हुन्छ। घरमा नुन पिरो बार्ने हजुरामा छिमेकमा चिल्लो पिरो सब सिनित्तै पारेर खान्छिन्। साँझमा, त्यसमाथी बृद्ध आँखा, ठम्याउन गाह्रो पर्छ। बुढिमाउ आफ्नो नयाँ चप्पल छोडेर त्यो घरमा भकारो सोहोर्दा लगाउने थोत्रो चप्पल उनेर घर फर्किन्छिन्!

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

ट्रेन्डिङ

सबै

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.