• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

नेपाली गाउ-घरको पुजा : सुरेश बादल


  •   बिहिबार, असार २६, २०७६
  • A
  • A+
  • A++

सुरेश बादल/नारायणी दैनिक/ एउटा घरमा पुजा हुन्छ। त्यस घरमा आउने पाहुना र त्यहि घरका सदस्यहरुको चरित्र लगभग हामी सबैले देखिआएका छौँ। जून यस प्रकार छ।

पुजा गरिएको स्थानको छेउमा बसेर पण्डितलाई चेक गर्ने, केहि बिधि बिगारे भने सजग गराउने एकजना बुढा बा’ हुन्छन्। त्यसै घरमा एकजना हट्टाकट्टा छोरो हुन्छ जो पुजा गर्ने ठाउँमाथी त्रिपाल कस्नेदेखि लिएर भान्छामा केके चाहिन्छ ठुला भाँडाकुँडा बोक्ने कामसमेत गर्दछ। त्यस घरकी बुहारी हुन्छे जो त्यसदिन सरसामान जुटाउने बाहेक केहि काम गर्दिन। बरु बर्षभरि पाइन्ट लगाए पनि त्यसदिन सरक्क सारी लर्काएर यताउता नाचिरहन्छे। भान्छामा त्यहि बुहारीकि नाता पर्ने जेठानी आइपुगेकी हुन्छे जो असाध्यै मिठो अचार बनाउँछे। अर्की बिहे नभएकी नन्द पर्ने पनि त्यहि भान्छामा पसेर भाउजुहरुसँग नानाभाँती कुरा र आलु काट्छे। त्यस घरकी सासुआमा हुन्छिन् जो पुजाका सर्दाम ठिक पार्छिन्। उनी बिना काममा झर्किरहन्छिन्। उनलाई आफुले गरेको काम असाध्यै जटिल र ठूलो लागेको हुन्छ तर जाबो टपरीमा चामल राख्ने कामलाई कसैले ठूलो मानेको हुँदैन।

एकछिन पछि त्यस घरमा आउना पाहुनाको आगमन हुन्छ। छोरीचेली र भान्जाभान्जी आइपुग्छन्। आफु आएको बाटो अप्ठ्यारो भएको, गाडी नपाएको, बल्लतल्ल बाँचेर आइपुगेको जस्तो नानाभाँती गफ सुनाएर पुजाको अन्तिममा पाइने खाम अलि बाक्लो होस् भन्ने मानोवैज्ञानिक उपचार गरिदिन्छन्। त्यो भिडमा एकजना बुढा फुपाजु हुन्छन्। फुपाजु नयाँ चेलीबेटी र नयाँ ज्वाईहरुको बिचमा आफु पुरानो बुढोले भाउ नपाएको महशुस गरेर धुम्म पर्छन्। त्यस्ता बुढालाई चाहिँ अलि पर दुर्गमबाट आइपुगेकी त्यस घरकी बुहारी पर्ने महिला जसको काम केवल भाँडा मस्काउनु मात्र हुन्छ, उसले ‘दर्शन भिनाजु’ भनेर भन्दिन्छे। बुढालाई त्यो दर्शन पनि खासै जम्दैन।

हलक्क बढेका भान्जाहरुलाई उस्तै उमेरका एकजना दाईले आँखा सन्काउँछन्। त्यसपछि केटाहरुको त्यो टोलि घरछेउको कुनै आफ्नो गोप्य गल्लीमा गएर चुरोट तान्न थाल्दछन्। भान्जाहरु कता गए भन्ने हल्लाखल्ला हुन्छ। त्यसपछि घाँटी चिसो पार्ने चकलेट मुखमा खेलाउँदै भान्जाहरुको डफ्फा आइपुग्छ। ‘यसो मावली गाउँ घुम्देको नि मामा’ भनेर एउटा चलाख भान्जाले भनिदिन्छ।

उता बल्लतल्ल भेट भाका ज्वाईहरुलाई आफु बिशेष देखाउने लहड चल्छ। कोहि बिजनेसका, कोहि शेयरका त कोहि राजनीतिका कुरा गर्छन्। राजनीतिका कुरा गर्ने ज्वाईसाबको आवाज ठूलो हुँदै जान्छ। उसकी श्रीमती ‘बाबा यता आइस्यो त’ भन्न आइपुग्छे। उसलाई स्वास्नीको पनि मतलब हुँदैन। छेउमा बसेका फुपाजुलाई चुरोटको तलतल लाग्छ। उनी त्यहि घरको आठ दश बर्षको फुच्चेलाई ईशारा गर्छन्। दश रुपियाँको चुरोट किन्न बिस रुपियाँ ज्याला दिएर पसल पठाउँछन्।

सबै आइपुग्दा पनि को आएन को आएन भन्ने हुन्छ। त्यसपछि सबै थर्कमान हुन्छन्। माइली फुपु आइनन्। बीचबजारको चोकैमा घर भएकी फुपुको रवाफ बेग्लै हुन्छ। फोन डायल हुन्छ। ‘ग्यास्टि बढेर सुतिराछु’ भन्ने बिरक्तलाग्दो आवाज आउँछ फुपुबाट। घरकाले बुझ्छन्। फुपुलाई लोकल बस चढेर आउन गाह्रो लाग्यो। हत्तपत्त हट्टाकट्टा छोरो एकजना भिनाजुसँग बाइकको चाबी मागेर फुपुलाई लिन निस्किन्छ।

साँझ पुजा सकिन्छ। सबैले खान्छन्। त्यसपछि लाखापाखा लाग्ने सुरसार हुन्छ। पहेँलो टिका लगाएको देखेर छक्क पर्छ अन्तरजातीय बिहे गरेकी छोरीको दुलाहा। ‘सराद्धेमा पहेँलो टिका लगाउँछन् क्या बुद्धु।’ उसकी दुलही सम्झाउँछे। ऊ बुझेजसरी मुन्टो हल्लाउँछ। अनि सोच्छ, ‘बाहुन भन्या साँच्ची नै लोभी हुँदारैछन्। यत्रो सराद्धे भोजमा जाबो एउटा चिकेन आइटम पनि राखेनन्!’

एकजना झण्डै छुटेको! त्यहि पुजामा एकजना छिमेकी हजुरामा पनि आएकी हुन्छिन् जसलाई आउँदा आउँदै चप्पल कता फुकालुँ, कता लुकाउँ हुन्छ। बिचरालाई नयाँ चप्पल अर्काले साट्देलान् भन्ने पीर हुन्छ। घरमा नुन पिरो बार्ने हजुरामा छिमेकमा चिल्लो पिरो सब सिनित्तै पारेर खान्छिन्। साँझमा, त्यसमाथी बृद्ध आँखा, ठम्याउन गाह्रो पर्छ। बुढिमाउ आफ्नो नयाँ चप्पल छोडेर त्यो घरमा भकारो सोहोर्दा लगाउने थोत्रो चप्पल उनेर घर फर्किन्छिन्!

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

नायिका श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश

भोलि हेटौंडामा एमालेको आमसभा, ओलीले सम्बोधन गर्ने

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.