• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

लगातरको झरीले देश भरिकै जन-जिबन अस्त ब्यस्त ( मोरंग मा ७५५ परिवार प्रभावित )


  •   शुक्रबार, असार २७, २०७६
  • A
  • A+
  • A++

विराटनगर : डुबानले मोरङका सात सय ५५ परिवार प्रभावित भएका छन् । शुक्रबार साँझसम्ममा सात सय ५५ परिवारका ३५ सय बढी जनसंख्या पूर्ण रुपमा प्रभावित भएका हुन् । विशेष गरेर विराटनगर महानगरपालिका, बुढीगंगा, कटहरी, धनपालथान र जहदा गाउँपालिका बढी प्रभावित भएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

उनका अनुसार लोहन्द्र खोला भरिएर बाढी गाउँ पस्दा कटहरीका धेरै बस्ती डुबानमा परेका छन्। ‘डुबानबाट पीडित भएका घरमा बस्न सक्ने अवस्था नभएपछि विस्थापित नै भएका छन्,’ प्रजिअ केसीले भने, ‘उनीहरुलाई स्कुल, अग्ला स्थान, सामुदायिक भवन, मन्दिर, सार्वजनिक र सुरक्षित स्थलमा राखिएको छ ।’

अहिलेसम्म मानवीय क्षति भने भएको छैन । विराटनगर महानगरपालिकाको १, ६, ८ र १६ नम्बर सबै भन्दा बढी प्रभावित बनेका छन् । विशेष गरेर सुकुम्बासी बस्ती बढी प्रभावित बनेको र सबै जसो घरमा बाढी पसेर डुबान भएको केसीले बताए ।

कटहरीको १, २, ३, ४ नम्बर वडाका अधिकांश बस्ती डुबानमा परेको गाउँपालिका अध्यक्ष रामकुमार कामतले बताए । कटहरी र धनपालथानको सीमाना भएर बग्ने लोहन्द्रा खोलामा आएको बाढी बस्तीतिर पसेपछि धेरै घर डुबानमा परेको उनले बताए । कामतले वडा नम्बर ६ मा पनि पाँचवटा घर कटानमा परेको बताए । कटहरी– ४ स्थित गन्नु टोल चौतर्फी पानीले घेरिदाँ केहीमा मानिस घरभित्रै फसेको र उनीहरुको उद्धार गरिएको कामतको भनाइ छ ।

पानीको सहत बढेसँगै लोहन्द्रा खोलो गाउँ पसेपछि सयौं परिवार असुुरक्षित बनेका छन् । खोलाले बगाएर ल्याएको झ्यासले कटहरी र धनपालथन जोड्ने पक्की पुल थुनिने सम्भावना बढेपछि एक्साभेटरसहितको प्रहरी टोली परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।

कटहरी–३ का अशोक भगतले बिहान ७ बजे आफ्नो घरमा बाढीसहितको पानी पस्न थालेको बताए । कटहरी–३ का उमेशकुमार साहले खोला जस्तै बनेर पसेको बाढीले घर नै बगाउन लागेको बताए ।

कटहरी–३ का वडा अध्यक्ष जदुलाल कामतले वर्षाले धेरै समस्या बनाएपछि पानीको निकासका लागि आफू बिहानैदेखि एक्सभेटरसहित निस्किएको बताए ।

यो समाचार अन्नपुर्ण पोस्ट बाट साभार गरिएको हो .

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.