• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ५. पहिरोका कारण सडक अवरुद्ध

  • ६. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ७. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लगातरको झरीले देश भरिकै जन-जिबन अस्त ब्यस्त ( मोरंग मा ७५५ परिवार प्रभावित )



  •   शुक्रबार, असार २७, २०७६
  • A
  • A+
  • A++

विराटनगर : डुबानले मोरङका सात सय ५५ परिवार प्रभावित भएका छन् । शुक्रबार साँझसम्ममा सात सय ५५ परिवारका ३५ सय बढी जनसंख्या पूर्ण रुपमा प्रभावित भएका हुन् । विशेष गरेर विराटनगर महानगरपालिका, बुढीगंगा, कटहरी, धनपालथान र जहदा गाउँपालिका बढी प्रभावित भएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

उनका अनुसार लोहन्द्र खोला भरिएर बाढी गाउँ पस्दा कटहरीका धेरै बस्ती डुबानमा परेका छन्। ‘डुबानबाट पीडित भएका घरमा बस्न सक्ने अवस्था नभएपछि विस्थापित नै भएका छन्,’ प्रजिअ केसीले भने, ‘उनीहरुलाई स्कुल, अग्ला स्थान, सामुदायिक भवन, मन्दिर, सार्वजनिक र सुरक्षित स्थलमा राखिएको छ ।’

अहिलेसम्म मानवीय क्षति भने भएको छैन । विराटनगर महानगरपालिकाको १, ६, ८ र १६ नम्बर सबै भन्दा बढी प्रभावित बनेका छन् । विशेष गरेर सुकुम्बासी बस्ती बढी प्रभावित बनेको र सबै जसो घरमा बाढी पसेर डुबान भएको केसीले बताए ।

कटहरीको १, २, ३, ४ नम्बर वडाका अधिकांश बस्ती डुबानमा परेको गाउँपालिका अध्यक्ष रामकुमार कामतले बताए । कटहरी र धनपालथानको सीमाना भएर बग्ने लोहन्द्रा खोलामा आएको बाढी बस्तीतिर पसेपछि धेरै घर डुबानमा परेको उनले बताए । कामतले वडा नम्बर ६ मा पनि पाँचवटा घर कटानमा परेको बताए । कटहरी– ४ स्थित गन्नु टोल चौतर्फी पानीले घेरिदाँ केहीमा मानिस घरभित्रै फसेको र उनीहरुको उद्धार गरिएको कामतको भनाइ छ ।

पानीको सहत बढेसँगै लोहन्द्रा खोलो गाउँ पसेपछि सयौं परिवार असुुरक्षित बनेका छन् । खोलाले बगाएर ल्याएको झ्यासले कटहरी र धनपालथन जोड्ने पक्की पुल थुनिने सम्भावना बढेपछि एक्साभेटरसहितको प्रहरी टोली परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।

कटहरी–३ का अशोक भगतले बिहान ७ बजे आफ्नो घरमा बाढीसहितको पानी पस्न थालेको बताए । कटहरी–३ का उमेशकुमार साहले खोला जस्तै बनेर पसेको बाढीले घर नै बगाउन लागेको बताए ।

कटहरी–३ का वडा अध्यक्ष जदुलाल कामतले वर्षाले धेरै समस्या बनाएपछि पानीको निकासका लागि आफू बिहानैदेखि एक्सभेटरसहित निस्किएको बताए ।

यो समाचार अन्नपुर्ण पोस्ट बाट साभार गरिएको हो .

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.