Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, फागुन २२, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

मानव बेचविखन न्यूनीकरणमा थ्रि एन्जल्स नेपाल

हेटौंडा रबर उद्योग लिमिटेडको पहिलो साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने निर्णय !

टाटा पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नायिका सृष्टी खड्का नियुक्त

श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व,अध्यक्षमा सन्देश घलान सर्वसम्मत चयन

भरतपुरमा माघ १९ गते देखि सातौं अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुने

नारायणी एक्सपो २०८२ मा सुनिल पण्डित, रेजिना बिसी र यश कुमारको प्रस्तुति रहने

लोकप्रिय समाचार

नेपाली अविभावकको परदेशमा रहेका आफन्तलाई चिट्ठी

"'हामी सवैले धैर्य गर्नुवाहेक अर्को उपाय केही छैन ।' "


  •   आइतबार, चैत २३, २०७६
  • A
  • A+
  • A++

मिति: २०७६।१२।२३
प्यारा परदेसमा रहेका आफन्तजनहरु
परदेश ।

विषय: भाइरस संक्रमणवाट जोगिन सचेत हुनेवारे ।
आफ्नो देशमा रहेर समय अनुकुल जीवन निर्वाह गर्नका लागि सहज वातावरण नभएकाले , समय अनुकुल सहज उपयोगी शिक्षा आर्जन गर्ने वातावरण नभएकाले , निर्वाधरुपमा उद्योग तथा व्यवसाय सुचारु गर्ने वातावरण नभएकाले वा समग्रमा भन्दा देशको नेतृत्व लिनेले अविभावकत्व ग्रहण गर्न नसकेकाले परदेश जान वाध्य भएका सम्पूर्ण दाजु भाइ दिदी वहिनीहरुका लागि यो पत्र लेख्दैछु ।

हाल चिनवाट शुरु भएको भनिएको कोरोना भाइरस (कोभिड १९) ले संसारभरका मानवजनलाई त्राहीत्राही वनाएको छ । यो नाङ्गो आंखाले देख्न नसकिने एकवाट अर्कोमा सर्ने र फोक्सोमा संक्रमण भई मानवलाई मृत्युको मुखमा पुर्याउने शक्तिसाली नेटवर्किङ्ग भाइरस रहेछ ।

हालसम्म संसार भर लगभग पैसठ्ठी हजारको ज्यान यस भाइरसले लिइसकेको छ । आजकल हरेक दिन संसारभर पांचहजार भन्दा वढीको ज्यान यस भाइरसले लिएको छ । संसारका शक्तिमान राष्ट्रहरुमा यसको संक्रमणको नेटवर्क अत्यधिक फैलिईरहेको छ ।

पं ज्योतिस रुद्रनाथ अधिकारीका अनुसार यसको प्रभाव चैत्र महिनाभर दिन प्रतिदिन वढ्दै जानेछ र वैशाख महिना देखि यसको संक्रमण घट्दै जानेछ र २३ सेप्टेम्वर सम्ममा पूर्णरुपमा यो भाईरस निश्कृय हुनेछ या गराईने छ भन्ने धारणा आएको छ ।

हामी नेपाल भन्ने देशमा छौं । यहांको नेतृत्व आफ्ना युवा, विद्यार्थी, वेरोजगार दाजुभाईलाई विदेशमा गई जीवन र मृत्यूको दोसांदमा रहेर पठाएको पसिनारुपी रेमिट्रयान्स भित्र्याउनका लागि विदेशसंग अनुमति लिन सफल हुंदा गौरवान्वित हुन्छन् ।

महङ्गो शिक्षा, स्वास्थ्य, सरकारी कर र महङ्गो जनजीवनले लागेको ऋण तिर्न नसक्ने अवस्थाका हामीहरुले मेहनत गरे आम्दानी हुने ठाउं कतै छ भन्ने थाहा पाएपछि केही वर्ष पछि ऋणवाट मुक्त भएर सुखसंग वसौंला भन्ने सपना बुनेर ऋणमाथि ऋण थपेर महङ्गो शुल्कमा आफ्ना मुटुका टुक्राहरुलाई परदेश पठाएको हो ।

यहांका सवै घरवाट परिवारको एक वा वढी सदस्य परदेश गएकै छन । कुनै परिवारका सदस्यहरु एउटै घरमा वा नजिकै वस्ने गरिन्थ्यो भन्ने कुरा एकादेशको कथा भएको छ ।

शुरुमा यस भाइरसवाट संक्रमण हुने डरले चिनवाट त्यहाँ रहेकालाई सरकारले देशमा ल्याउने काम गर्यो । संक्रमणले विश्वव्यापी रुप लिएपछि हाल सवै देशवाट ल्याउन असहज भएको छ । सुनिन्छ यो अवस्थामा परदेशका रोजगारदाताहरुले देश वाहिरवाट आएका कामदारलाई आफ्नो काममा लगाईरहेका छन् ।

उनीहरु आफ्नो व्यवसाय वन्द गर्न चाहंदैनन् । उनीहरु सुरक्षीत रहेर हाम्रा दाजु भाई दिदी वहिनीहरुलाई असुरक्षीत वनाईरहेका छन् । जसका कारण परदेशमा रहेका केही नेपाली दाजु भाई दिदी वहिनीको ज्यान गएको खवर आइसकेको छ ।

कृपया परदेशमा रहेका सम्पूर्ण परदेसीहरु भाइरसको संक्रमणवाट जोगिने एउटै उपाय ‘स्टे होम स्टे सेफ’ रहेछ । यस भाईरसवाट ज्यान जोगाउनका लागि लकडाउनको उपाय अंगाल्नै पर्ने रहेछ । काम छुटे छुटोस वरु पानी मात्र खाएर ज्यान वचाउनुहोस ।

पैसा कमाउने रहर वांचियो भने गरौंला । रोजगार दातालाई सम्झाएर वुझाएर वा केही सिप नलागे जागिर छाडेर भएपनि तपांई सुरक्षीत रहनुहोला भन्न चाहन्छु ।

हामी यहां सञ्चै छौं । आफ्नै घरमा छौं । यहा साग र सिस्नु पाईन्छ । विरामी भए घोलटाप्रे, निमपत्ता लगायतका जडिवुटी पाईन्छ । हाम्रो चिन्ता नलिनु । सकेसम्म अस्पताल जांदैनौं । हामी गए अस्पतालको ढोका लक गर्छन् भन्ने सुनिएको छ । घरमै पनि आफु विरामी भएको खवर छिमेकीलाई दिदैनौं । छिमेकीले थाहा पाए भने आउने जाने वोलचाल नै वन्द हुने गरेको छ ।

आफ्नै घर , गोठ, झुपडी, कोठामा कैद भएर वांच्ने प्रयास गर्ने छौं । मरेपनि आफ्नै माटोमा मरिनेछ । कृपया परदेशमा रहेका हजुरहरु पनि यथासक्य उपाय लगाएर प्राण वचाएर हाम्रो मुटुलाई पूर्ण वनाउने कार्यमा जुट्नुहोला । थाहा छ हजुरहरुलाई त्यहा धेरै तनाव भईरहेको छ । नेपालका परिवारको पनि चिन्ता छ आफ्नो दिनचर्या कष्टकर छ । कोरोनाको वढ्दो प्रभावले संसार त्रास भएको वेला सवै एउटै समस्यामा छौं ।

हामी एक परिवारको समस्या होईन । समाधानका लागि वैज्ञानीकहरु लागिरहेकै होलान । समाधान पक्कै आउंछ । हामि सवैले धैर्य गर्नुवाहेक अर्को उपाय केही छैन ।

वेलावेलामा फोन सम्पर्क गर्दैगर्नु , आफन्तलाई पनि फोन सम्पर्क गरेर सञ्चो विसञ्चो आदान प्रदान गर्दै गर्नु , आवश्यक परे सहयोगको आदान प्रदान गर्नु , सामाजिक संघसंस्थाको सम्पर्कमा रहिरहनु , सरकारको न्यूजहरु थाहापाईरहनु र सरकारको निर्देशनको पालना गर्नु , समयमा उठ्नु , व्यायाम योगहरु गर्नु , समयमा खाना खानु , आफ्नो र आफ्नो सहयोगको आवश्यकता परेकालाई सक्दो सहयोग गर्नु भन्न चाहन्छु । इती ।

नेपालमा रहेका सम्पूर्ण अविभावकहरुको तर्फवाट परदेशमा रहनुभएका आफन्तजनहरुमा समर्पित !

डम्मर राज गौतम

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

चितवन–३ मा रास्वपाका युवा नेता विशाल कोइराला सशक्त दावेदार

ट्रेन्डिङ

सबै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

मानव बेचविखन न्यूनीकरणमा थ्रि एन्जल्स नेपाल

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.