सृजन घिमिरे । चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलिले राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलिले आज बिहान ११ बजे सम्बोधन गर्नेहुने छ ।
कोरोना संकटका कारण विश्व नै आतंकित बनिरहेको सन्दर्भमा सरकारको पछिल्लो तयारिको विषयमा सम्बोधन केन्द्रित हुने बुझिएको छ । कोरोना रोकथामका लागि सरकारले गरेका प्रयासहरु विवादित बनेका बेला प्रधानमन्त्रीको सम्बोधनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्री ओलिले नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण मार्फत बिहान ११ बजे सम्बोधन गर्नुहुनेछ ।