प्रस्तुत सन्दर्भमा बन्दाबन्दिको अवधिमा सवारी साधनलाई ब्यबस्थित गर्न बैशाख ३ गते २०७७ देखि लागु भई बाहिरी जिल्लाका लागि यस कार्यालयबाट वितरण हुदै आएको इ पास मिति २०७७ बैशाख २२ गते देखि अर्को व्यवस्था नभए सम्मको लागि अत्यावस्यक सेवा संचालनमा प्रयोग हुने सवारी साधनका लागि जारी हुने सवारी साधन अनुमति पत्र सम्बन्धि कार्य बिधि २०७६ बमोजिम खाद्यान्न लगायत अत्यावस्यक सामग्री ढुवानीको लागि नजिकको छिमेकि जिल्ला सम्म मात्र , सिकिस्त बिरामीको रिफर कागजात अनुसार तोकिएको स्थान बाहेक बाहिरी अन्य जिल्लाको लागि इ पास जारी नहुने र बाहिरी जिल्लाबाट पूर्ण जानकारी बिना सवारी पास जारी भई आएमा समेत उक्त सवारी अनुमति कार्यन्वयन नहुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।
साथै इ पास बिना सवारी साधन चलाएको पाईएमा सवारी साधन नियन्त्रण मा लिई , प्रचलित कानुन बमोजिम कारबाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।
सपना कुमारी भट्टराई
प्रबक्ता / सूचना अधिकारी
सहायक प्रमुख जिल्ला अधिकारी