• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

नेपाल भारत सिमा विवाद अन्त्यकोलागि हामी सबै एक हुनुको विकल्प छैन ।


  •   मङ्गलबार, बैशाख ३०, २०७७
  • A
  • A+
  • A++

ई सागर कार्की।

त्यतिखेर इस्ट इन्डिया कम्पनी र तिब्बत बीचको व्यापारको लागि नेपाल, निकै गार्हो पर्खाल साबित भएको थियो । नेपालले तिब्बतलाई समेत हराइसकेको अवस्थामा तिब्बतको समर्थनमा नेपालसँग युद्ध गर्न आएका चिनका बलिया विङ सम्राट पनि पछि हटेका थिए । ब्रिटिस भने तिब्बतबाट कपास आयात गर्न चाहन्थे र नेपालले व्यापारको लागि आफ्नो भूमि प्रयोग गर्न नदिने भएपछि इस्ट इण्डिया कम्पनी र नेपाल बिचको युद्धको लागि झन् बलियो आधार तयार भयो ।

इस्ट इण्डिया कम्पनी र नेपाल बीच १८१४ देखि १८१६ सम्म धेरै ठाउँमा युद्ध भयो । आफ्नोभन्दा आधुनिक हतियार सहित आएका सैनिकहरू विरुद्ध वीर नेपालीहरु डटेर लडे । ७० जना नेपाली सैनिक सहिद हुँदा ३०० जना सम्म ब्रिटिस सैनिकहरुलाई युद्द भुमिमा लडाए । त्यही समय धेरै ब्रिटिश सैनिकहरू झाडापखालाका सिकार पनि भएँ ।

तर १७८८ देखि १७९२ सम्म तिब्बतसँगको युद्धमा धेरै आर्थिक र मानवीय नोक्सान बेहोरेको नेपालको घाउ भरिसकेकाे थिएन । त्यस पछि पनि सीमा विवाद र विभिन्न राजनैतिक कारणले नेपालले नोक्सान बेहोरी रहन परेको थियो । तर एङ्लो-नेपाल युद्धबाट नेपाललाई भन्दा बढी नोक्सान इस्ट इन्डिया कम्पनीले बेहोर्नु परेको थियो । मराठी र पिण्डारी दुबैसँगको युद्धको नोक्सान जोडेर हेर्ने हो भनेपनि एक्लै गोर्खालीहरू , ब्रिटिसहरूलाई धेरै भारी परे । फलस्वरूप १८१६ मा सुगौली सन्धि भयो र नेपालले आफ्नो एक तिहाई भूभाग गुमाउनु पर्यो ।

सुगौली सन्धि हुनु अघि दार्जीलिंग, पूर्वमा टिस्टासम्म, दक्षिण-पश्चिममा नैनीताल, कुमाउँ, गडवाल र पश्चिममा बशाहरसम्म नेपालको भूभाग थियो तर वर्तमान कालमा यी क्षेत्र भारतका भूभागमा पदर्छन् । सन्धिमा सीमा रेखा स्पष्ट छैन । नेपालको लगभग ६०००० हेक्टेयर जमीनमा आज पनि भारतले आफ्नो भनिरहेको छ र बेलाबेलामा सीमामा अतिक्रमण गर्ने र सीमा स्तंभ सार्नें काम पनि गरिरहेको छ ।

कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले थोरी आदि यस्ता ५४ वटा क्षेत्रहरू छन् जहाँ भारतले अतिक्रमण गरिरहेको छ । तर १८१६ देखि आजका मिति सम्म विभिन्न तहमा बहस भएँ पनि नेपालले आधिकारिक रूपमा नै आफ्नो सीमा रेखा छुट्याएर ति क्षेत्रहरूलाई आफ्नो नियन्त्रणमा लिन सकेको भने देखिदैन ।

यस्तो अवस्थामा के वर्तमान सरकारले ति विवादित भूमि फिर्ता ल्याउन सक्ला र ? यदि सबै संयन्त्र एक हुने हो भने अवश्य सकिन्छ । राष्ट्रको सीमाको विषयमा प्रतिपक्ष पनि निकै सकारात्मक देखिन्छ । त्यति खेर राष्ट्र जोगाउन जसरी सबै राज्य एक भएर लागे यतिखेर सबै शक्तिहरू एकहुनु आवश्यक देखिन्छ । हामी बलियो हुने हो भने भारत पछाडि हट्नै पर्छ र अवश्य हट्नेछ ।

(ई सागर कार्की बेटर चितवनको संस्थापक तथा सामाजिक अभियानता हुनु हुन्छ ।)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

के नेपालमा काङ्ग्रेसको सान्दर्भिकता सकियको हो ?

एक इन्जिनियरको आँखामा बिझाईरहेको देश

रुस र युक्रेनबीच शान्तिवार्ता सुरु, युद्ध अन्त्य गर्ने विषयमा छलफल हुँदै

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.