चितवन , यतिबेला कोरोनाले विश्वका अति विकसित मुलुक देखि अविकसित मुलुकलाई आक्रान्त बनाएको छ।विश्वको अधिकांश शहरहरुमा जनजीवन ठप्प पारिएको छ भने कतिपय ठाउँमा कडा कर्फु जारी छ। त्यस्तै कोरोनाले नेपालमा पनि जनजीवन अस्तव्यस्त पारेको छ। अहिले पनि देशको धेरै शहरमा लकडाउन जारी छ भने कोरोनाको बिरामी दिनानु दिन बढ्ने क्रम जारी छ।
जनजीवन अस्तव्यस्त हुँदै गर्दा युवा हरुको जोस जाँगरमा के कस्तो परिवर्तन आएको छ भनेर हामीले चितवनका केहि युवायुवतीको अनुवभ यहाँ प्रश्तुत गर्न गईरहेका छौँ।
परिचय – सुधा तिमल्सेना, भरतपुर महानगरपालिका,११- चितवन
पढाइ – वातावरण विज्ञानमा स्नातक अध्ययनरत
लकडाउन अघि के मा ब्यस्त हुनु हुन्थ्यो?
-लकडाउन अघि नियमित अध्ययनका साथै सामाजिक कार्यहरुमा व्यस्त थिए ।
लकडाउन मा के गर्दै हुनु हुन्छ ?
– लकडाउनको समयलाई सृजनात्मक बनाउन कोशिश गरिरहेकी छु । लकडाउनको फुर्सदलाई सदुपयोग गर्नका लागि वातावरण संरक्षण सम्बन्धि विभिन्न अनलाइन गतिविधिहरुमा सहभागी हुनुका साथै यस सम्बन्धि अनलाईन कक्षाहरुमा संलग्न छु ।
कोरोना लाइ कसरि लिनु भएको छ?
-कोरोना हाल सम्पुर्ण विश्वले भोगिरहेको गम्भीर स्वास्थ्य संकटको रुपमा मैले लिएकी छु । भाईरसको संक्रमणले मानव शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउनुका साथै संक्रमित बिरामीको मृत्युु सम्म हुन सक्ने भएकाले यस भाईरसलाई गम्भीर रुपमा लिइनु आवश्यक छ ।
कोरोना को समाधान के हुन सक्ला?
-कोरोना भाइरसको संक्रमणबाट पुर्ण रुपमा मुक्त हुनका लागि खोपको आविष्कार मात्रै स्थायी समाधान मान्न सकिन्छ । यद्यपि भाईरसको आनुवंशिकतामा आउन सक्ने परिवर्तनका कारण खोपको आविष्कार हुन्छ भन्ने कुरामा शंका उत्पन्न गर्ने प्रशस्त आधारहरु छ्न् । तसर्थ, हाम्रा स्वास्थ्य सम्बन्धि मापदण्डहरुमा व्यापक परिवर्तन गर्न आवश्यक छ । यसका साथै व्याक्तिगत सरसफाइ, सामाजिक दुरीको पालना तथा विश्व स्वास्थ्य संगठनले तोकेका आधारभुत मुल्यमान्यताहरुको पुर्ण रुपमा पालनाबाट कोरोना बाट बच्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्दछु ।
सर्ब साधरण लाइ के सन्देश दिन चाहनु हुन्छ ?
– वर्तमान अवस्थामा सम्पुर्ण विश्व कोरोना भाईरस विरुद्धको लडाईमा एक भएर लडिरहेको छ । तसर्थ, हामी सम्पुर्ण नागरिकहरु कोरोना विरुद्धको लडाईमा एक भएर लाग्न आवश्यक छ । विश्वभरका वैज्ञानिकहरु भाईरस विरुद्धको खोप निर्माणमा जुटिरहेका छन् । उक्त खोपको आविस्कार नभएसम्म विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्डहरुको परिपालना गर्न अति आवश्यक रहेको छ । सम्पुर्ण नागरिकहरुले सामाजिक दुरीको पालना, व्याक्तिगत सरसफाईका साथै यस गम्भीर संकटको बेलामा धैर्य भएर बस्न अनुरोध गर्द्छु । हामी नागरिकहरु एकजुट भएको खण्डमा मात्रै कोरोनाबाट मुक्त हुन सकिन्छ भन्ने आशा लिएकी छु ।
****
परिचय – नाम, ठेगाना पढाइ /पेशा
नाम : सिमा सुबेदी
ठेगाना : भरतपुर २८ अन्द्रौली
पढाई : स्नाकोत्तर
पेशा : शिक्षक
लकडाउन अघि के मा ब्यस्त हुनु हुन्थ्यो?
शिक्षण मा नै ब्यस्त थिए।
लकडाउन मा के गर्दै हुनु हुन्छ ?
सामान्य घरको घरायसी कामहरु, केहि सिर्जनात्मक कार्यहरु पनि गर्दै छु जस्तो सिलाई, बुनाई ।
कोरोना लाइ कसरि लिनु भएको छ?
यो एकदम सामान्य भाईरस तर सर्वसाधारण को लापरबाही तथा सरकारको गैर जिम्मेवारी पुर्ण कार्यले गर्दा बिकारल रुप लिईरहेको छ ।
कोरोना को समाधान के हुन सक्ला?
मुख्य समाधान त खोप नै हो तर खोप नबन्ने बेला सम्म, जनताले उच्च सतर्कताका साथ सावधानी र सरकारी तवरबाट ICU, ventilator, RTPCR टेस्ट, र frontline worker लाई बिशेष प्रोत्साहन नै यसको समाधान हो ।
सर्ब साधरण लाइ के सन्देश दिन चाहनु हुन्छ?
यहि कि सरकारको निर्देशन पालना गरौ, अनावश्यक काममा बाहिर नजाऔं र अरुलाई पनि जान नदिउ, सतर्कता अपनाउ, भाईरसबाट बचौ र बचाउ, स्वास्थ्य नै ठुलो धन हो । धन्यवाद ।
**************
नमुना पौडेल
नमुना लेडिज टेलर्स कि संचालिका
लकडाउन को शुरु मा माक्स सिलाएर ब्यस्त भएँ, बैशाख बाट नि:शुल्क माक्स बितरण गर्ने ठाउँ खोज्दै बितरण गर्दै गएँ। कुनै गरिब दुखि र बेसाहारा हरुको मैले देखेको ठाउँ मा माक्स बाँड्न छोडिन ।अहिले लकडाउन को बेला मा पनि कतै कोहि बिना माक्स हिँडेको छ कि भनेर एक चोटि घुम्ने गर्छ्।।प्रशासन लाइ अनेक बहाना बनाएर लकडाउन कै बेला मा देबघाट क्षेत्र वरिपरि जंगलमा भएका बाँदर हरु गाइ हरु र कुकुर हरुलाइ खाना खुवाएकि छु।
कोरोना एउटा सामान्य रुघा खोकि जस्तै रोग हो।हामि सतर्क चाहिँ रहनु पर्छ्। कोरोना को समाधान माक्स लगाउनु हो।माक्स लगाएर सामाजिक दुरि कायम गरे यस बाट बच्न सकिन्छ्। सबैलाइ माक्स लगाउँ, सामाजिक दुरि कायम गरौँ र घरै बसौँ भनि आग्रह गर्न चाहन्छु।
***********
श्रध्दा अधिकारी
प्रशिक्षिका
बोस्टन इन्टर्नेशनल कलेज
लकडाउन अघि पढ्ने पढाउने मा नै ब्यस्त थिएं। लकडाउन भए पछि बोल्न र आफ्नो अघिकार माग्न नसक्ने पशु हरु को अवस्था निकै नै दयनिय भएका ले परिवार र साथि भाइ को साथ र सहयोग मा खाना तयार गरि नारायण घाट, कमलनगर, बाइपास रोड र नारायणि तिर मा रुट बनाइ त्यस एरिया का बेबारिस कुकुर र गाइ हरु लाइ खाना खुवाएउँ र बिरामि भएका पशु को उपचार पनि गरेउँ।
कोरोना भाइरस मानब निर्मित महामारी को रुप मा लिएकि छु। हाम्रो लापरवाही जति बड्छ तेति नै हामि संकट मा पर्ने निश्चित छ्। कोरोना को समाधान खोप नै हो।यद्द्पि यस लाइ फैलिन नदिन हामिले पहल गर्नु पर्छ्। सबैलाइ आत्मबल बडाइ राख्न उच्च सतर्कता अपनाउन र आफ्ना वरिपरि भएका जिब जन्तु को रेख देख गरिदिनु हुन आग्रह गर्दछु।
रेसु खान
शिक्षिका , सरसफाइ अभियान्ता
लकडाउन अघि हरेक हप्ता को शनिबार हस्पिटल क्षेत्र साप्ताहिक सरसफाइ अभियान मा सकृय थिएँ।लकडाउन मा सामुहिक भेला नगरि आफ्नो घर बरपर सडक र खालि ठाउँ सरसफाइ गर्दै आएकि छु भने अभियान कै टिम संग भौतिक दुरि कायम गरि देबघाट क्षेत्र सरसफाइ र बाँदर, कुकुर गाइ हरु लाइ आहारा को ब्यबस्था गरेउँ।कोरोना भाइरस एउटा महामारि को रुप लिँदै गैइरहेको भाइरस हो जस्को उपचार खोप को आबिस्कार नहुन्जेल सम्म असम्भब जस्तै हो।यस भाइरस ले दिर्ग कालिन रुप मा समस्या देखाउन सक्छ्।यसको समाधान का लागि हामिले सरकार को आग्रह को पालना गर्नु पर्छ र आफु नै सतर्क रहनु पर्छ्।सबैलाइ घर मा नै बसौं र सुरक्षित बसौँ भनि आगर्ह गर्दछु।
************
१.नाम : अभियान पाठक ,राप्ती न पा ६ चितवन BSw तेस्रो बर्ष अध्यनरत , मुद्रण सम्बन्धि र पुस्प व्यावसाय गर्दै।
लकडाउन अघि आफ्नो नियमित पेसा र सामाजिक संस्था हरु मा ब्यस्त थिय लकडाउन को अबधी मा नगरपालिका को समन्वय मा covid सचेतना अडियो प्रसारण काम मा नगरपालिका सङ समन्वय गरि तेतै ब्यस्थ रहियो र होम क्वारेन्टाइन मा हाल बसिरहेको छु र विभिन्न अन्लाईन ट्रेनिङ हरु मा भाग लिएको छु । कोरोना भाईरस एक माहा मारी संगै नेपाल जस्तो developing देश को लागि अबसर पनि हुन सक्छ येस्को बाहाना मा देश मा थुप्रै बिकास को काम गर्न सकिने छ र वैदेशिक रोजगारी बाट धेरै युवा देश मा फर्किन सक्ने सम्भावना रहेको बेला कृषि सम्बन्धि तालिम र आधुनिकरण मा ध्यन दिएर कोरोना माहामारी बाट फाइदा लिगेर देश लाई कृषि मा आत्मनिर्भर बनाउने सुनौलो अबसर पनि रहेको छ साथै फ्री पिसिआर र फ्री भिजा दिएर पर्यटक लाई आकर्षित गरेर बिस्वो लाई नै नेपाल को सुन्दरता देखाउन सकिने थियो।।कोरोना को समाधान आबास्यक सुरक्षा साभधानि अपनायर एक घर एक pcr गरेर सन्क्रमित लाई सुरछित राखी न लागेका लाइ पेसा ब्यबसाय मा फर्कन सक्ने बनाउनु नै सामाधान हो ।अफवाह न फैलाउनु होला कोरोना सन्क्रमित लाइ भेद भाब नगरौ अत्मबल बडाउने काम गरौ सतर्क सुरक्षित रहौ।
********
परिचय – आरति घिमिरे, भरतपुर सरसफाइ अभियान्ता
लकडाउन अघि के मा ब्यस्त हुनु हुन्थ्यो?
-लकडाउन अघि हरेक शनिवार सरसफाइ अभियान लाइनिरन्तरता दिन मै व्यस्त थिए ।
लकडाउन मा के गर्दै हुनु हुन्छ ?
– लकडाउनको फुर्सद मा घर भित्र का फोहर लाइ घर मा नै ब्यबस्थापन गर्ने ब्यबहारिक परिवर्तन लाइ अवलोकन गरि रहेकि छु। थोत्रो र पुरानो सामान लाइ डि आइ वाइ गर्दै नयाँ र पुन: प्रयोग मा ल्याउन मिल्ने सामान हरु मा एक्स्पेरिमेन्ट गरिरहेकि छु।लकडाउन को सदुपयोग गरि रहेकि छु।
कोरोना लाइ कसरि लिनु भएको छ?
-कोरोना लाइ चुनौती संग संगै अवसर को रुप मा लिएकि छु। यो समय नितान्त आफुलाइ र आफ्ना का लागि सदुपयोग गर्ने अवसर हो।आफु लाइ सिक्न मन लागेको कुरा, गर्न मन लागेको अधुरो कुरा हरु लाइ पुरा गर्ने अवसर हो यो। त्यस्तै बिश्व मा नै एकैनास को बिपद परेका ले हाम्रो जस्तो बिकासोन्मुख देश ले बेलै मा बुद्दि पुर्याए बिकास को तिब्र गति लिन समय लाग्दैन् ।
कोरोना को समाधान के हुन सक्ला?
– व्याक्तिगत सरसफाइ, सामाजिक दुरीको पालना तथा विश्व स्वास्थ्य संगठनले तोकेका आधारभुत मुल्यमान्यताहरुको पुर्ण रुपमा पालनाबाट कोरोना बाट बच्न सकिन्छ विश्वास व्यक्त गर्दछु ।
सर्ब साधरण लाइ के सन्देश दिन चाहनु हुन्छ ?
– बिशेस गरि स्वास्थ्य कर्मि र सुरक्षा कर्मि लाइ सम्माननीय ब्यबहार गरौं, नभुलौं कि हामि सामाजिक प्राणि हौँ।आफ्ना बालबालिका र बृद्द बुवा आमा को बिशेस ख्याल राखौँ , ब्यक्तिगत सरसफाइ मा ध्यान दिउँ , घर को फोहर घर मा नै ब्यबस्थित गर्ने कोशिस गरौँ, र लगाएको माक्स लाइ जथाभावी नफाल्नुस्।