• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जनजाति कल्याण आश्रम र सेवा इन्टरनेशनलद्वारा कोभिड अस्पताल सञ्चालनमा सहयोग


  •   बुधबार, जेठ २६, २०७८
  • A
  • A+
  • A++

मिडिया नेटवर्क । जनजाति कल्याण आश्रम नेपाल एवं सेवा इन्टरनेशनल नेपालद्वारा धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकालाई कोभिड अस्पताल सञ्चालनमा सहयोग पुर्‍याइएको छ ।

कोभिड महामारी फैलिएसँगै गाउँपालिकाद्वारा सञ्चालनमा ल्याइएको १५ सय्याको कोभिड अस्पतालमा मेट्रेस, सिरानी, आई.बी.स्ट्याण्ड सहितको १० सेट मेडिकल फोल्डिङ बेड र दस लिटर क्षमताको १ एवं पाँच लिटर क्षमताको चार गरी जम्मा पाँचवटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।

सहयोग स्वरूप प्रदान गरिएको सामग्री रुबी भ्याली गाउँपालिकासम्म पुर्‍याइ हस्तान्तरण गर्न गाउँपालिका एवं सिङ्ला पर्यटन क्षेत्र विकास समाजका प्रतिनिधिसँगै जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय संगठन सचिव मिलन भट्ट पनि रुबी भ्याली पुगेका छन् ।

उक्त सामग्री पुर्‍याउन काठमाडौँबाट धादिङ बेसी हुँदै बोराङसम्म सवारी साधनमा ढुवानी गरिएको थियो भने त्यहाँबाट पिठ्यौँमा बोकेर लापा गाउँसम्म पहाडी मार्गमा पाँच घण्टाको पैदल यात्रापछि पुर्‍याइएको लापा मा.विमा सञ्चालित आइसोलेशन सेन्टरबाट मिलन भट्टले जानकारी दिए । यससँगै आवश्यक औषधि सहितको पाँच सय थान मेडिसिन किट तयार रहेको र आगामी कार्यक्रममा हस्तान्तरण गरिने सेवा इन्टरनेशनल नेपालका प्रोजेक्ट कोओर्डिनेटर प्रसन्न वैद्यले जनाएका छन् ।

रुबी भ्याली गाउँपालिकाको कोभिड अस्पतालमा उपचाररत विरामी तथा तिनका कुरुवा समेतलाई गरी आगामी एक महिनाको भोजन व्यवस्था पनि सेवा एवं कल्याण आश्रमका तर्फबाट गरिँदै छ ।

सेवा इन्टरनेशनल नेपालले हिन्दू स्वयंसेवक संघ नेपाल संगको सहकार्यमा काठमाडौँ, नेपालगञ्ज, भैरहवा, लमजुङ लगायतका स्थानमा पनि अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरूप पठाइसकेको छ भने महेन्द्रनगरस्थित महाकाली अस्पताललाई एक महिनासम्म अक्सिजन आपूर्तिमा सहयोग पर्‍याइरहेको छ ।

यसबाहेक विभिन्न सञ्चालनमा सञ्चालनमा रहेका औषधि आपूर्तिका लागि औषधि बैंक, खाद्यान्न आपूर्तिका लागि फूड बैंक आदिमा पनि सेवाले सहयोग पुर्‍याइए रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

आज देशभर बदली, दिउँसाे यी प्रदेशमा चट्याङ सहित वर्षा हुँदै

नारायणी बचत तथा ऋण सहकारी संस्था लि. ले गर्यो दुई सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.