काठमाडौं । लोकप्रिय हास्यकलाकार विल्सन राई ‘तक्मेबुडा’ दोस्रो सन्तानको बाबु बनेका छन् । पहिलो सन्तान एक छोराको पिता राईले दोस्रो सन्तान छोरी जन्मिएको खबर खुशी हुँदै सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार जानकारी दिएका हुन् । निकै खुशी हुँदै राईले सन्तानको रुपमा छोरी पाउँदा भाग्यमनी महसुस भएको बताएका छन् ।
यो पनि: अाेमिक्राेन भाइरसलाई लाई जित्न यी दुई खोप प्रभावकारी
जर्मन कम्पनी बायोएनटेक र फाइजरद्वारा विकसित गरी निर्माण गरिएको भाइरसबिरूद्धको खोपको दुई मात्राले ओमिक्रोनको प्रभावबाट बच्न पर्याप्त नहुन सक्ने तर तेस्रो मात्रापछि यो ‘थप प्रभावकारी’ हुने निर्माता कम्पनीहरूले बुधबार जानकारी गराएका छन् । ओमिक्रोन यस पहिले देखिएका खोपभन्दा छिटो सर्न सक्छ भन्ने सङ्केतले विश्वव्यापी चिन्ता उत्पन्न गरेको छ र यसका थुप्रै ‘म्युटेसन’ले खोपद्वारा प्रदान गरिने रोग प्रतिरोधात्मक क्षमताबाट उम्कन सक्छ भन्ने डर छ ।
यस भेरिएन्टका कारण अहिलेसम्म कुनै मृत्यु भएको प्रमाण भने भेटिएको छैन । बुधबार प्रकाशित प्रारम्भिक परिणाममा फाइजर र बायोएनटेकले उनीहरूद्वारा निर्मित खोप कुनै पनि व्यक्तिले तीन पटक लगाएको छ भने कोभिड–१९ को ओमिक्रोन भेरियन्ट रोक्न प्रभावकारी हुनसक्ने दावी गरेका हुन् । खोप निर्माता जर्मन कम्पनीले दुई मात्रा खोपले मात्र ओमिक्रोनको भेरियन्टलाई पूर्णतया तटस्थ पार्न प्रभावकारी नहुनसक्ने धारणा राखेका हुन् ।
खोप लगाएका मानिसहरूको रगतको सीरम प्रयोग गरेर प्रयोगशालामा गरिएको प्रारम्भिक अनुसन्धानअनुसार ओमिक्रोनविरुद्ध एन्टिबडीको एउटै तहमा उत्पन्न हुने हुनाले तेस्रो मात्रा (बूस्टर) खोप आवश्यक भएको बताइएको हो । हालको खोपको दुई मात्रा लगाएका व्यक्तिको र’गतको नमूनाअनुसार भाइरसको प्रारम्भिक प्रभावको तुलनामा एन्टिबडीहरूलाई तटस्थ राख्न औसत २५ गुणा कटौती भएको देखिएको कम्पनीले बताए ।
‘टि’ कोषबाट रोग प्रतिरोधात्मक प्रतिक्रियाको अर्को भाग सम्भवतः अझै पनि यस भेरियन्टविरुद्ध अ’त्यधिक प्रभावकारी हुनसक्ने कम्पनीको दावी छ । साथै खोप लगाएका व्यक्तिहरूलाई अझै पनि यस रोगका गम्भीर रूपहरूबाट जोगाउन सकिने फाइजरले जनाएको छ । तिनीहरूको नतिजाबारे थप गहन अनुसन्धान हुन भने बाँकी नै रहेको बताइएको छ ।