• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बिहिबार, जेठ ०५, २०७९
☰
बिहिबार, जेठ ०५, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौंको बसन्तपुरबाट अचम्मकी महिला पक्राउ


  •   मङ्गलबार, मङि्सर २८, २०७८
  • A
  • A+
  • A++

२७ मंसिर, काठमाडौं । आफूलाई सेलीब्रेटी पत्रकार भन्दै लामो समयदेखि विभिन्न सहकारीबाट पैसा असुल्दै आएकी एन्जिना कार्की पक्राउ परेकी छिन् ।

कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते नगद एक लाख सहित महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको हो । उनले एक सहकारीसँग लामाे समयदेखि ठूलो रकम माग्दै आएकी थिइन् ।

कार्कीले सहकारीसँग ८ लाख बैंकमार्फत लिएकी थिइन् भने विभिन्न समयमा गरेर ७ लाख लिइसककेकी थिइन् । यसरी पटक पटक पत्रकारको भेसमा रकम असुलेपछि सहकारीले प्रहरीलाई खबर गरी एन्जिनालाई स–प्रमाण पक्राउ गरेको हो । कार्कीमाथि सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको समेत आरोप छ ।

एन्जिना लामो समय देखि पत्रकारितामा थिइन् । कार्कीले तीन वर्ष तराइ टेलिभिजनमा काम गरेकी थिइन् । त्यस पछि हिमाल टेलिभिजन हुँदै भारतको जि टिभीमा नेपालबाट स्टीन्जरको रुपमा कार्यरत थिइन् । भारतीय टेलिभिजन जि–टिभीमा काम गरेपछि उनले नेपाल रहेर केही अनलाइन न्यूज पोर्टलसँग मिलेर सहकारीहरुबाट पैसा असुल्ने काम शुरु गरेकी थिइन् ।

अहिले एन्जिना कुनै पनि सञ्चारमाध्यममा आवद्ध छैनन् तर पत्रकारिता पेशाको नाममा उनले ठगी गर्दै आइरहेकी थिइन् । उनलाई ठगी कार्यमा उनको फेसबुकमा रहेका नेपालका सञ्चारकर्मी, व्यवसायी र राजनीतिक पार्टीका व्यक्तीहरुसँग खिचाएको तस्वीरले सहयोग गरेको थियो ।

ठगी धन्दामा उनी भने एक्लै छैनन् । उनको सात, आठ जनाको समूह रहेको छ । अहिले एन्जिना कार्कीलाई सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको छ । उनले विभिन्न काम बनाइदिन्छु भन्दै रकम समेत असुल्ने गरेको स्रोहखुट्टे प्रहरीले जनाएको छ । कार्कीलाई हिरासतमा राखिएपछि अनुसन्धान भने जारी रहेको प्रहरी जनाएको छ ।

प्रहरीका अनुसार कार्कीविरुद्ध ठगी गरेर आपराधिक लाभ लिएको कसूरमा अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

नायिका वर्षा शिवाकोटीले गरिन् सुटुक्क विबाह : वर्षाका पति आशिष हुन् इन्जिनियर, हेर्नुहोस् तस्विरहरु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.