सुनसरीकी एनिशा थापा अहिले टिकटकमा निकै चर्चित छिन् । शारिरीक सुन्दरतासंगै अब्बल अभिनय कलाले उनले धेरैको मन जितेकी छन् । उनका हरेक भिडियोहरु भाईरल बनेपछि अहिले आफुले म्युजिक भिडियोका लागी धेरै अफरहरु आउने गरेकी छन् । प्रस्तुत छ तिनै थापासंग गरिैको संक्षिप्त कुराकानी
अहिले तपाई टिकटकमा निकै भाईरल हुनुुहुन्छ , कस्तो लाग्छ ?
टिकटकले मलाई जुन खुसी दिएको छ । त्यो त म शब्दबाट बर्णन गर्न सक्दिन् ।
यति धेरै खुसी हुनुपर्ने कारण चै के हो ?
म सानैदेखि गीतसंगीतमा रुचि राख्ने मान्छे हो । अझ अभिनयतिर मेरो निकै चासो थियो । तर अवसर कतै पाईन् । अहिले आफुभित्रको कला प्रस्तुत गर्ने अवसरमा पाएकी छु । धेरैले मेरो प्रतिभा, मेरो अभिनय मन पराईदिनु भएको छ । अनि खुसी नहुने त कुरै भएन नी ।
टिकटक एप आएको कति समय पछाडिदेखि चलाउन थाल्नुभयो ?
पहिला शुरुमा त यो एप यस्तो एप हो भन्ने नै थापा थिएन । तर पछि साथीहरुको देखेर र आफैले गर्दै जादाँ । अहिले त सबै कुरा थापा भईसक्यो । अहिले त यो एउटा लत जस्तै भएको छ । मलाई, मलाई मात्रै होईत हुन त धेरैलाई यस्तै भएको होला ।
अहिले त सबैले चिन्ने भएका छन नी तपाईलाई ?
हजुर , अहिले कतै बारिह निस्किदा पनी । आई, यो टिकटक स्टार एनिशा होईन भनेर भन्छन् । खुसी लाग्छ । कसैले टिकटक बनाउन पनी आग्रह गर्छन् । निकै खुसी लाग्छ ।
कस्तो कस्तो परिबेशमा टिकटक बनाउन मन पर्छ ?
हुन त टिकटक बनाउन यस्तो, त्यस्तो परिवेश भन्ने हुँदैन हैन तर पनी म प्राय नयाँनयाँ ठाउँमा घुमीरा हुन्छु । नयाँ नयाँ ठाउमा टिकटक बनाउन मन पर्छ । र खास गरी बिभिन्न पर्यटकीय क्षेत्रहरुमा प्रायः बढी टिकटक बनाउछु । त्यसता ठाउँहरुको प्रचारप्रसार पनी होस भन्ने मेरो चाहना हो ।
यो टिकटकले धेरैलाई सेलिब्रेटी बनाएको छ । धेरैले म्यजिक भिडियो पनी खेल्न पाएका छन् , तपाईलाई अफर आएन ?
आउछनु नी मलाई त झन कत्ति धेरै आउछ । अहिले भाईरस भए पछि महिनामा ४,५ वटा जति आईरहन्छ तर तत्काल म्उजिक भिडियोहरु खेल्ने सोच बनाएकी छैन् । अब के हुन्छ हेरौ ।
तपाईको के देखेर चै म्युजिक भिडियोका लागी अफर गरेजस्तो लाग्छ ?
अभिनय नै होला । जसरी टिकटकमा मन पराउनुहुन्छ त्यसै गरी उहाँहरुले पनी अभिनय नै मन पराउनु भएको होला ।
भनेपछि अब कहिलेदेखि तपाईलाई म्युजिक भिडियोहरुमा देख्न पाईन्छ् ?
अवश्य पनि पाउनुहुन्छ तर समय लाग्छ । म अहिले नृत्य पनि सिकिरहेकी छु । सो अब आफुलाई परफेक्ट बनाएर नै त्यो क्षेत्रमा प्रवेश गर्ने भन्ने हो ताकी लामो समयसम्म टिक्न सिकुँ ।
हवस्त, यो समय र संवादको लागी धन्यवाद तपाईलाई
मेरा कुरा राख्ने अवसर दिनुभयो हजुरलाई पनी धन्यावाद