Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज १६, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

रत्ननगर नगरपालिकाकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक

पोखरामा चट्याङ लागेर एकको मृत्यु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

लोकप्रिय समाचार

  • १. मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको



  •   आइतबार, फागुन २१, २०७९
  • A
  • A+
  • A++

आइसिसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) विरुद्धको खेलमा घरेलु टिम युएई ९७ रनमै अलआउट भएको छ।आइतबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा पिएनजीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएई २६.२ ओभरमा ९७ रनमा अलआउट भएको हो।

युएईका लागि वृत्य अरविन्दले सबैभन्दा बढी २६ रन जोडे। युएईका पुछारका सात ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।युएईको ब्याटिङ ध्वस्त पार्ने क्रममा पिएनजीका रिले हेकुरेले ५ विकेट लिए। उनले ४.२ ओभरमा १ मेडन राख्दा १३ रन खर्चिए। चाड सोपरले ३ केट लिँदा चार्ल्स अमिनीले १ विकेट लिन सफल भए।

आइसिसी विश्वकप लिग-२ अन्तर्गत अहिले दुबईमा नेपाल, पिएनजी र युएईबीच त्रिकोणात्मक एकदिवसीय सिरिज भइरहेको छ।सिरिजमा नेपालले अन्तिम खेल सोमबार युएईसँग खेल्नेछ। यसअघिका दुवै खेलमा नेपालले पिएनजीलाई पराजित गर्दा युएईविरुद्धको पहिलो खेलमा भने हार बेहोरेको थियो।

यी तीनै टिमबीच नेपालमा फागुन २५ देखि लिग-२ को अन्तिम सिरिज हुँदैछ।लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ। युएई ३० खेलबाट ३१ अंक जोड्दै पाँचौ स्थानमा छ।छैटौं स्थानको नेपालको ३१ खेलबाट ३० अंक जोडेको छ। पुछारको ‍पिएनजीको ३१ खेलबाट ७ अंक छ।अब नेपालले लिग-२ को शीर्ष तीन स्थानमा पुग्न बाँकी रहेका ५ खेलबाट जित हात पार्नु पर्दा एकदिवसीय मान्यता जोगाउन ३ खेलमा जित निकाल्नु पर्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

एमबाप्पे बने पीएसजीको सर्वाधिक गोलकर्ता

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति

सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने आदेशविरूद्ध सर्वोच्चले माग्यो प्रतिवेदन

ट्रेन्डिङ

सबै

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.