• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

चितवनको ‘ड्रागन’ फलमा ढुसिजन्य रोगको समस्या

  •   बिहिबार, साउन १५, २०८२
  • A
  • A+
  • A++

१५ साउन, चितवन। चितवनमा लगाइएको ड्रागन फल (सिउडी फल)मा ढुसिजन्य रोगको समस्या देखिएको छ । जिल्लाका अधिकांश फर्ममा यो समस्या देखिएको हो । जसका कारण उत्पादनमा गिरावट आएको छ ।

पूर्वी चितवनको रत्ननगरमा सिउडी फलको खेती गर्दै आएका धु्रवप्रसाद अधिकारी यस वर्ष उत्पादनमा गिरावट आउने बताउँछन् । ढुसिजन्य रोगका कारण उत्पादनको ५० प्रतिशत मात्र राम्रो भएको उनले बताए । फलको बोक्रामा कालो दागहरु देखिँदा व्यवसायी र प्रयोगकर्ताले समेत कम प्रयोग गर्ने उनले बताए ।उनले भने, ‘अहिले उत्पादनको ५० प्रतिशत राम्रो निस्किएको छ । अन्यमा समस्या देखिएको छ।’ औषधिको प्रयोगले यत्तिको भएको उनले बताए । राम्रो उत्पादन भएका फलहरु व्यवसायीले लैजाने गरेको बताउँदै उनले भने, ‘कालो दागहरु देखिएका फललाई सस्तोमा गाउँघरतीर बिक्री गर्नु परेको छ ।” यो रोग देखिएको फल एक साता भित्र प्रयोग गरिसक्नु पर्ने उनले बताए ।

कृषि विकास कार्यालय चितवनकी बागबानी बिकास अधिकृत स्वस्तीका चौहानका अनुसार जिल्लाको २४ हेक्टर क्षेत्रफलमा लगाइएको यस फलमा समस्या देखिएको हो ।ढुसिका कारण फलमा कोत्रे रोगको संक्रमण देखिएको हो । यो रोगका कारण फल पहेलिने, दानामा खैरो थोपा देखा पर्ने, फल कालो भई चाउरीने जस्ता समस्या देखिने गर्दछ । उहाँले भन्नुभयो “बिरुवामा पहिले संक्रमण भएरपछि फलमा संक्रमण देखिने गर्दछ । बिरुवामा पहिलेनै थोप्ला–थोप्ला देखिने गर्दछ।’

कोलेटोट्रिचम नामक ढुसिले यो रोग लाग्ने गर्दछ । फलमा यो रोग देखिएपछि बिस्तारै फल कालो हुनुका साथै फल फुट्ने गर्दछ । संक्रमित फल बजारमा बिक्रि नहुने हुँदा समस्या आउने गरेको उनले बताए ।

यो रोग लाग्न नदिनका लागि बोटमानै समस्या देखिएको समयमा कपर अक्सिक्लोराईडको प्रयोग गर्न सकिने उनले बताए । प्रतिलिटर पानीमा २ ग्राम यो औषधिको प्रयोग गरेर छर्न सकेमा समस्या नहुने उनको भनाइ छ ।

उनले भने, ‘सुरुआती समयमानै उपचार गर्न सके उत्पादन र बिक्री बितरणमा समस्या आउँदैन।’ बोटमा देखिएको समस्यालाई समाधानका लागि चक्कुले खुर्किएर फङ्गीसाइडको प्रयोग गर्न सके उत्तम हुने उनले बताए ।

यो रोग लाग्न नदिनका लागि समय समयमा निलो तुथो (बोडोपोष्ट एवं वोडो मिश्रण) को प्रयोग गर्न सकिने छ । बिरुवा रोप्दा चोटपटक लागेको बिरुवा नरोप्ने, रोग रहित विरुवा लगाउने जस्ता काममा व्यवसायीक किसानले ध्यान दिनु पर्ने उनले जानकारी दिए । जिल्लामा अहिले बार्षिक २८८ मेट्रिकटन सिउडी फल उत्पादन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.