• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ५. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • १०. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

उत्तर कोरियासँग नेपालले खाएको त्यो १९ गोल…



  •   आइतबार, साउन २५, २०८२
  • A
  • A+
  • A++

२५ साउन, काठमाडौं । भुटानमा जारी एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत नेपाली यू२० टोलीले आज विश्व च्याम्पियन बनिसकेको उत्तर कोरियाको यू२० टिमसँग प्रतिस्पर्धा गर्दैछ ।

सिनियर फुटबलमा खासै बलियो नभएपनि जुनियर फुटबलमा उत्तर कोरिया निकै बलियो टिम हो । यू-२० उमेर समूहका एसियन कप र विश्वकपको उपाधि जितिसक्नुले पनि यस कुरालाई पुष्टी गर्छ ।यू-२० मात्र होइन उत्तर कोरिया यू-१७ एसियन कप र विश्वकपको पनि साविक विजेता हो । त्यसैले उत्तर कवरिया कस्तो टिम कति बलियो छ भनेर धेरै चर्चा गरिरहनु नै परेन ।

अहिले भइरहेको छनोट प्रतियोगितामा पनि उत्तर कोरिया सबैभन्दा बलियो टिम रहेकोमा कुनै शंका रहेन । समूह ए मा उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५-० र आयोजक भुटानलाई १०-० ले हराएर आफ्नो शक्ति देखाइसकेको छ ।अहिलेसम्म २५ गोल गर्दा कुनै गोल नखाएको उत्तर कोरियासँग खेल्नु नेपालको लागि सामान्य कुरा होइन । अर्कोतर्फ नेपालले भने अहिलेसम्म जम्मा दुई गोल मात्र गरेको छ । भुटानसँग १-१ को बराबरीमा रोकिएको नेपालले साउदीलाई अन्तिम समयमको गोलममा बल्ल तल्ल १-० ले पराजित गरेको थियो ।

उत्तर कोरिया ६ अंकसहित समूहको शीर्ष स्थानमा छ र यू-२० महिला एसियन कपमा छनोट हुने संघारमा छ । अर्कोतर्फ नेपाल भने ४ अंकसहित दोस्रो स्थानमा छ ।

समूह विजेता बन्दै एसियन कप पुग्ने महत्वाकांक्षी लक्ष्यसहित थिम्पु पुगेपनि नेपालले मैदानमा त्यो अनुसारको प्रदर्शन गर्न सकेन । भुटानलाई र साउदीलाई सहजै हराउने र उत्तर कोरियालाई बराबरीमा रोकेर समूह विजेता बन्दै छनोट हुने नेपालका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङको भनाइ थियो ।

सुरुको दुई खेलमै उनको भनाइ धर्मराएको छ । अब उत्तर कोरियालाई हराउनु मात्र होइन बराबरीमा रोक्नु पनि नेपालको लागि निकै कठिन छ । नेपालले छनोट हुने उत्तर कोरियालाई हराउनैपर्नेछ भने बराबरीमा रोक्न सके उपलब्धि मात्र हुनेछ ।

समूहमा दोस्रो हुने टिमको पनि यू२० महिला एसियन कपमा छनोट हुने सम्भावना बाँकी नै रहन्छ । छनोटमा ८ समूहबाट समूह विजेता बन्ने टिम सिधै छनोट हुनेछ भने उपविजेता मध्ये उत्कृष्ट ३ टिमले पनि अन्तिम चरणमा खेल्ने अवसर पाउनेछन् ।

तर नेपाललाई भने छनोट हुन समूहविजेता नै बन्नुपर्ने अवस्था छ । बराबरी गरेमा नेपालको ५ अंक मात्र हुनेछ भने अन्य ४ समूहको दोस्रोमा हाल रहेका टोलीहरूको ६ अंक पुगिसकेको छ । त्यसकारण नेपाल विजयी भए समूहविजेता बनेर एसियन कपमा जानेछ भने बराबरी वा हारले बाहिरिनेछ ।

अहिले नेपाली महिला टोलीले उत्तर कोरियासँग खेल्न लाग्दा यसले दुई दशक अघिको विगतलाई पनि सम्झाएको छ । जहाँ नेपालको यही उमेर समूह टोलीले उत्तर कोरियासँग खेलेको थियो र त्यो बेला फराकिलो अन्तरले पराजित भएको थियो ।

सन् २००४ मा नेपालले एएफसी यू-१९ महिला एसियन च्याम्पियनसिपको नाममा हुने प्रतियोगिताको अन्तिम चरण खेलेको थियो । त्यसबेला छनोट चरण खेलाउने चलन थिएन । त्यसैले नेपालले सिधै अन्तिम चरण खेल्ने मौका पाएको थियो ।

समूह डी मा नेपालसहित उत्तर कोरिया, थाइल्याण्ड र उज्बेकिस्तान एकै समूहमा थिए । पहिलो खेलमै नेपालले उत्तर कोरियासँग खेलेको थियो । त्यसमा नेपाल १९-० को फराकिलो अन्तरले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा थाइल्याण्डसँग ६-१ र तेस्रो खेलमा उज्बेकिस्तानसँग ४-१ ले पराजित भएको थियो । नेपालले जम्मा २ गोल गर्दा २९ गोल खाएको थियो ।

त्यो बेला अहिलेजस्तो अनलाइन पोर्टलहरू, सामाजिक सञ्चाल खासै चर्चित नभएकोले नेपालको त्यो प्रतियोगिताबारे खासै धेरै तथ्याङ्कहरू भेटिएन । त्यसैले त्यसबारे जानकार भएका धेरै मानिस भेटिन कठिन थियो । तर संयोगवश त्यही प्रतियोगिता खेलेकी राष्ट्रिय टिमकी पूर्व कप्तान समेत रहेकी अनु लामासँग यसबारे कुराकानी गर्ने अवसर मिल्यो ।

त्यो च्याम्पियनसिप खेलेर पछि चर्चित स्टार भएकी खेलाडी हुन अनु । यस्तै उनीसँगै हाल प्रशिक्षक बनिसकेकी भगतवी थापा, अहिले यू२० टिमकी व्यवसथ्पक रहेकी इन्दु दुवाल पनि त्यस बेला यू१९ महिला च्याम्पियनसिप खेलेको टिमको सदस्य थिए ।

‘हामीले चीनमा सन् २००४ मा एएफसी यू-१९ महिला एसियन च्याम्पियनसिप खेलेको थियौँ । त्यतिबेला म पनि १६-१७ वर्षको थिएँ । पहिलो पटक खेल्न गएको अनुभव पनि थिएन’ अनुले भनिन् ।

त्यस बेला नेपालमा महिला फुटबल अहिले जस्तो खासै चर्चित थिएन । सिनियर टिमले समेत नखेल्ने त्यस समयमा जुनियर टिमले खेल्नु चानचुने कुरा पक्कै थिएन ।

‘एकपटक मात्र सेलेक्सन भएर गएको हामी । एक महिना मात्र प्रशिक्षण तयारी गरेको थियो’ अनुले तयारी बारे भनिन्, ‘हामीले खेलेको सबै खेल हार्‍यौँ । उत्तर कोरियासँग १९ गोल खायौं । थाइल्याण्डसँग ६ उज्वेकिस्तानसँग ४ गोल ।’

त्यो समयमा महिला फुटबलको खेलहरू खासै नहुने हुँदा सामान्य तयारी गरेर नै नपाली टोली चीन खेल्न गएको थियो ।

‘त्यतिबेला नेपालमा म्याचहरू पनि हुँदैनथ्यो । त्यसको दुई वर्षअघि २००२ मा नर्वे खेल्न गाको रैछ । त्यसअघि हामीले नेपालमा एउटै मात्र म्याच खेलेको स्कुल स्तरिय खेलेका थियौं’ अनुले भनिन् ।

अनुका अनुसार त्यसबेला खेलेको टिममा उनीसहित एपीएफकै भगवती थापा, इन्दु दुवाल, मधु थापा, प्रमिला राई, शोभा तेज, तुलसा सिंह, विमला जोशी, दीपा क्षत्री, कल्पना लिम्बु, मिरा महर्जन, सरस्वती ठकुरी लगायत थिए ।

सन्तोष बानियाँ मुख्य प्रशिक्षक तथा कल्पना पिया श्रेष्ठ मिरा चौधरी लगायत अफिसियल रहेको अनुले बताइन् ।

‘त्यतिबेला पत्रपत्रिकाहरू धेरै थिएन । गोरखापत्र र कान्तिपुरहरू थियो । अनलाइनहरू थिएन । त्यसैले धेरै जानकारी पनि छैन । पुराना पत्रकारहरूसँग होला भए पनि’ अनुले भनिन् ।

महिला यू-२० फुटबल टिम

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

ट्रेन्डिङ

सबै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.