नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० आउन अब मात्र ३५ दिन रहेको छ। धेरै भन्दा धेरै आन्तरिक र बाहिरि पर्यटक नेपालमा भित्र्याउने लक्ष लिएको नेपाल सरकारले नेपालको बिभिन्न ठाउँहरुलाई घुम्नै पर्ने ठाउँ भनेर सुचित गरेको छ। त्यस्तै मध्यको एक ठाउँहो पुर्बी नेपाल इलाम जिल्लामा अवस्थित सुर्योदय नगरपालिका,कन्याम।
कन्याममा भ्रमण वर्षलाई लक्षित गरेर नयाँ नयाँ व्यावसाय संगै होटल व्यावसाय पनि फस्टाउँदै आएको छ। नेपाल सरकारले लिएको भ्रमण वर्ष २०२० तथा सूर्योदय नगर पर्यटन महोत्सवको अवसर पारेर इलामको सूर्योदय नगरपालिका–६ स्थित कन्याममा होटल ग्रीन कार्पेट सञ्चालनमा आएको छ ।
बिदेशमा गएर आफ्नो सिप र पसिना बाट आर्जन गरेको केहि रकमले नेपालमै केहि गर्ने उदेश्यले युवा व्यवसायी यज्ञराज गिरीले एक करोड ५० लाख रुपैयाँको लगानीमा होटल ग्रीन कार्पेट रेष्टुरेन्ट तथा लज सञ्चालनमा ल्याएका हुन् । उक्त होटेलको उद्घाटनमा प्रदेशसभा सदस्य काजिमान कागतेले होटलको उद्घाटन गरेका थिए ।
होटलको रेष्टुरेन्टमा ५० जना र लजमा २० जनाको क्षमता रहेको होटल सञ्चालक गिरीले बताए । होटलमा लोकल कुखुराको मासु, अर्गानिक सागशव्जी, सुकुटी, सेकुवा र क्याम फायरको व्यवस्था भएको उनले जानकारी दिए । शान्त वातारणमा सञ्चालनमा आएको होटलदेखि माथिको लभडाँडाबाट सूर्योदय दृष्यलोकन साथै नेपालकाको सन्दकपुर, कन्चनजंघा हिमाल, जौवारी, मेग्मागुम्वा, नयाँबजार, पशुपतिनगर, सिद्धिथुम्का, आइतवारेलगायत भारतको खर्साङ, सुनदह, टाइगरहिल गुमपहाड, सिलीगुडी लगायतका स्थानको दृश्यलोकन गर्न सकिने छ ।