Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, बैशाख ०३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

अन्ततः यो मितिमा हुने भयो आयुष्मान र प्रियंकाको विवाह

  •   शुक्रबार, माघ १७, २०७६
  • A
  • A+
  • A++

विगत २ वर्षयता प्रेम सम्बन्धमा रहेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले आउँदो फागुनमा घरजम बसाउने भएका छन् । गएको वर्ष नै दुई पटक इन्गेजमेन्ट गरिसकेका उनीहरुले फागुन १७ गते विवाह गर्न लागेको गोप्य स्रोतले फिल्मीखबरलाई जानकारी दिएको छ । विवाहको मिति फाइनल भएपछि अहिले यो जोडी विवाहको तयारीमा जुटेको छ ।

फिल्म ‘कथा काठमाण्डू’ को सेटबाट उनीहरुको प्रेम अंकुराएको थियो । प्रेम सम्बन्धमा रहेको कुरा बाहिर आएपछि यी दुईले पनि कहिल्यै लुकाएर हिँडेनन् । गएको २ वर्ष अगाडि एक अवार्ड कार्यक्रममा खुल्लम खुल्ला चुम्बन गरेपछि उनीहरु गहिरो प्रेममा रहेको प्रमाणित भएको थियो । त्यसयता ‘आयांक’ जोडीले एकअर्काप्रति प्रेम अभिव्यक्त गर्न कुनै माध्यम बाँकी छाडेका छैनन् ।

आयुष्मान र प्रियंका यसै वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । तर, दुवै पक्षका परिवारका सदस्यहरुको समय नमिलेपछि विवाह रोकिएको थियो । गएको मंसिरमा अभिनेत्री ऋचा शर्माको रिसेप्सन पार्टीमा अभिनेत्री प्रियंकाले अर्को वर्ष मात्र विवाह हुने बताएकी थिइन् । दुवै पक्षका परिवारका सदस्यहरुको समय नमिलेपछि अर्को वर्षलाई बिहे सरेको उनको भनाई थियो ।

तर, केही दिन अगाडि आफ्ना घनिष्ट साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड प्रस्थान गरेपछि भने प्रियंकाले यसै वर्ष विवाह गर्न लागेको चर्चा चलेको थियो । दुई पटक इन्गेजमेन्ट भएर पनि विवाह हुन नसक्दा कतिपयले अब उनीहरुको विवाह नहुने अड्कल काटेका थिए । अब भने आयुष्मान र प्रियंकाले आउँदो फागुनमा अग्नि साक्षी राखेर सात फेरा लिने भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.