Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, बैशाख १८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

चितवनमा आजदेखि अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी सुरु, प्रदेश कृषि मन्त्रीले गरे उद्घाटन

१५ गतेसम्म चल्ने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कृषि सम्बन्धी कम्पनीहरुका स्टलहरु रहेका छन् । कृषिका नविनतम औजार, थोपा सिचाई, बिषादी रहित कृषि उपकरण, केराखेती, कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायतका बिषयमा प्रर्दशनी केन्द्रित रहेको छ ।

  •   शुक्रबार, फागुन १३, २०७८
  • A
  • A+
  • A++

चितवन – चितवनमा आज (शुक्रबार) देखि चौथो संस्करणको कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी सुरु भएको छ । चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा सुरु भएको प्रर्दशनीको बागमती प्रदेश कृषि मन्त्रि बसुन्धरा हुमागाईले उद्घाटन गरे ।

उद्घाटन गर्दै मन्त्री हुमागाईले बागमती प्रदेशको कृषि क्षेत्रका बिभिन्न आयोजनालाई समेट्दै ५१ बुँदे मार्गचित्र तयार पारेको बताए । बागमती प्रदेशको कृषि क्षेत्रलाई व्यवस्थित गर्न परिकल्पना गरिएको समेत उनले बताए ।

‘प्रदेश सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालयले कृषिको क्षेत्रमा के-के गर्न सक्छौं भनेर ५१ बुँदे मार्गचित्र बनाएका छौं, उनले भने, ‘बागमतीको कृषि क्षेत्रलाई कसरी व्यवस्थित गर्न सक्छौं भनेर परिकल्पना गरेका छौं ।’

सरकार राम्रो बजेटको सुनिश्चितता गरे बागमती प्रदेशको कृषिमा क्रान्ति ल्याउन सकिने उनको भनाइ थियो । अहिले भएका स्रोत साधनको अधिकतम प्रयोग गरेर किसानलाई सरकार छ भन्ने अनुभुति हुने गरी कार्यक्रम ल्याउन सकिने समेत उनले बताए ।

उनले यस्ता प्रदर्शनीबाट किसानले कृषि यन्त्रका बारेमा बुझ्ने अवसर मिल्ने उनको भनाइ थियो । कृषिमा यान्त्रीकरणले उत्पादन बढ्ने भएकोले कृषकलाई प्रोत्साहन मिल्ने भन्दै उनले यस किसिमको प्रदर्शनी आवश्यक रहेको उनले बताए ।

प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स-साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठू-ठूला उपकरणहरु प्रदर्शनमा राखिएको छ ।

चितवन देशको मध्यभागमा रहेको र कृषिका लागि पनि प्रख्यात भएकोले प्रदर्शनी यहाँ आयोजना गरिएको मिडिया स्पेसका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले बताए । विदेशमा प्रयोग भएका कृषि उपकरणहरुलाई नेपाल भित्राउनु प्रदर्शनीको मुख्य उद्धेश्य रहेको उनले बताए । प्रदर्शनी सबै खाले क्रिसानका लागि उपयोगी हुने उनको भनाइ थियो ।

१५ गतेसम्म चल्ने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कृषि सम्बन्धी कम्पनीहरुका स्टलहरु रहेका छन् । कृषिका नविनतम औजार, थोपा सिचाई, बिषादी रहित कृषि उपकरण, केराखेती, कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायतका बिषयमा प्रर्दशनी केन्द्रित रहेको छ ।

प्रर्दशनीमा होटल तथा रेष्टुँरामा प्रयोग हुने मेसिनहरुको छुट्टै पेरिसर रहेको छ । सो परिसरमा फुड र वेवरेजका ५० वटा स्टल रहेका छन् । प्रर्दशनीमा देशभरबाट उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत कृषकहरुले आधुनिक प्रविधिहरुको अनुसरण र आवश्यक परामर्श लिन सक्नेछन् ।

प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स-साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठू-ठूला उपकरणहरु प्रदर्शनमा राखिएको छ ।

प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगले उत्पादन वृद्धि भई मुलुकलाई आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ । प्रदर्शनीमा कृषकहरुलाई कृषि प्रविधि तथा कृषिका विभिन्न विधाहरुका बारेमा जानकारी तथा कृषि कर्जाको बारेमा परामर्श समेत दिईने छ ।

प्रदर्शनीले पर्यटन, होटल तथा यातायात मार्फत आर्थिक कारोबार बढ्ने भएकोले कोभिड १९ का कारण थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रदर्शनीको पहिलो संस्करण काठमाडौंमा भएको थियो । त्यसयता लगातार तीन संस्करण चितवनमा आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.