Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

स्थानिय युवाको सराहनीय कार्य, बिरामीलाई स्वास्थ्य चौकीसम्म पुर्याउन स्टेचर वितरण

  •   मङ्गलबार, मङि्सर १८, २०८१
  • A
  • A+
  • A++

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १६ मा गाउँबस्तीसम्म पुग्ने सडक पूर्वाधार कमजोर छ । ग्रामिण सडक पुगेपनि सवारी साधन गाउँ गाउँसम्म पुग्न नसक्दा स्थानीयले कठिनाइ भोग्दै आएका छन् । विशेष गरी बिरामी परेका बेला एम्बुलेन्स सेवा उपलब्ध नहुँदा सुत्केरी महिला र गम्भीर बिरामीलाई ठूलो असर परिरहेको छ ।

वडा नम्बर १६ मा ९ वटा टोल छन् । अधिकांश टोलमा बिरामीलाई अस्पतालसम्म लैजान स्टेचरकै भरपर्ने अवस्था छ । पर्याप्त स्टेचर नहुँदा कतिपय बिरामीलाई अस्पताल पुर्याउनै समस्या हुने गरेको छ । यही समस्या समाधान गर्न स्थानीय युवा धर्मराज लामिछानेको अगुवाइमा युवाहरुले सहयोग संकलन गरी टोलटोलमा स्टेचर उपलब्ध गराएका छन् ।

सोमबार वडाका ९ ओटा टोल र स्वास्थ्य चौकीका लागि १० ओटा स्टेचर प्रदान गरिएको छ । स्टेचर सहयोग गर्ने व्यक्तिहरुमा वीरेन्द्रनगर १६ का यामबहादुर रास्कोटी, देवीलाल खराल, धर्मराज लामिछाने, टिकाराम राना, वीरेन्द्रनगर १० का प्रकाशकुमार शाही, वीरेन्द्रनगर ४ का विशाल हमाल, वीरेन्द्रनगर १० का मिलन भण्डारी, वीरेन्द्रनगर ११ का योगेश नारायण चपाईँ, सनम शर्मा र हुम्ला सर्केगाड २ का धनबहादुर कार्की रहेका छन् ।

स्थानीय युवाहरुको पहलमा भएको यो स्टेचर वितरणले बिरामीलाई स्वास्थ्य चौकीसम्म पुर्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ । कर्णाली प्रदेशको राजधानीमा पर्ने यो वडा विकासका दृष्टिले अझै पछि परेको अवस्थामा सुत्केरी र बिरामीलाई डोकोमा बोक्नु पर्ने परम्परा अन्त्य गर्न स्टेचर वितरण गरिएको हो । यससँगै स्थानीय सरकारको ध्यानाकर्षण हुने अपेक्षा पनि गरिएको छ ।

स्टेचर वितरण भएपछि स्थानीय नागरिक खुसी भएका छन् । बिरामीलाई समयमा अस्पताल लैजान नसक्दा धेरैको ज्यान जाने समस्या समाधानमा यो कदमले महत्वपूर्ण योगदान गर्ने विश्वास स्थानीयले व्यक्त गरेका छन् । साथै, उनीहरुले गाउँ घरसम्म एम्बुलेन्स सेवा पुर्याउन पहल गर्न युवाहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, टोल विकासका अगुवा, महिला स्वयंसेविका र स्थानीयको उपस्थितिले यसको महत्त्व थप उजागर गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.